Thursday, October 11, 2012

रातो खुर्सानीले घटाउँछ मोटोपन

खुर्सानी नभएपनि भान्सा अडि्कँदैन भन्ने उखान त छ तर पिरो खुर्सानी धेरैको भान्साको अनिवार्य परिकार हो । धेरै मानिसलाई खुर्सानी नभैकन खाना रुच्दैन । खुर्सानी पिरो भएपनि हामी धेरैजनाले यसको पिरोपन रुचाउँछौँ । हामीलाई यसको फाइदा थाहा नहुन पनि सक्छ तर फगत यसको स्वादका लागि हामी खाइरहेका हुन्छौँ । तर अब भने खुर्सानीको स्वाद मात्र नभएको यसको गुण पनि बुझिहालौँ ।

वास्तवमा खुर्सानी खाने मानिसले मोटोपनबाट छुटकारा पाउँछ । रातो-पिरो खुर्सानीले विभिन्न ३ तरिकाबाट सरीरको मोटोपन घटाउने बताइन्छ । सरीरको बोँसो दहन गर्ने, भोक घटाउने तथा सरीरको क्यालोरी खपत हुने दर बढाएर खुर्सानीले मोटोपन घटाउने पछिल्लो अध्ययनले देखाएको हो ।

बेलायतको म्यानचेष्टर विश्वविद्यालयका खाद्य विशेषज्ञ स्टेफेन हि्वटिङले खुर्सानीमा भएको क्याप्साइसिन नामको तत्वले व्यक्तिको मोटोपन नियन्त्रण गर्नमा सघाउ पुराउने तथ्य पुष्टि गरेका हुन् । यो तत्वले सरीरमा एडि्रनलिन हर्मोनको उत्सर्जन बढाउने र त्यसले सरीरमा बोसोका कोषको दहन गर्न मस्तिष्कलाई निर्देशन दिने उनको भनाइ छ । खुर्सानीले पेटमा जम्मा हुने बोँसोलाई पगाल्न ठूलो सहयोग पूराउने अध्ययनको ठहर छ ।

साथै खुर्सानीले भोक कम गर्ने तथा सरीरको उर्जा खपत हुने गतिलाई बढाउने हि्वटिङले बताएका छन् ।

‘ यदि तपाइँले आफ्नो भोजनमा खुर्सानी छुटाउनुभएन भने त्यसले तपाइँको तौल नियन्त्रण गर्न सघाउ पुग्नेछ’, अनुसन्धानकर्ता हि्वटिङले भनेका छन् ।

एउटी महिलाले श्रीमानसंग भन्न नहुने १० कुरा

साइकोथेरापिस्ट ‘एबरि डे लव’ का लेखक जुडी फोर्डले एउटा रिपोर्ट बनाएका छन् । यस रिपोर्टमा उनले 

श्रीमतिले श्रीमानलाई भन्नै नहुने कुराको सुची नै तयार पारेका छन् । सूचीमा श्रीमानसंग गर्न नहुने १० वटा 

कुराहरु उल्लेख गरिएको छ ।

फोर्डका अनुसार यस्ता छन् एउटी महिलाले श्रीमान संग गर्न नहुने १० कुरा..

१.’म आज शारिरीकरुपमा पुर्ण रुपमा सन्तुष्ट भए’- भन्न नहुने

२. ‘तिमी त ठ्याक्कै तिम्रो बाउ जस्तै छौ’ – भन्नबाट बच्नु पर्ने

३.’तिमी नयाँ जागिर खोज’- यसले पनि पुरुषको चित्त दुखाउन सक्छ ।

४.’मलाई मेरो आमा ले त पहिलै भनेको हो नि तिमिले यसो गर्छौ भनेर..’- भन्न नहुने

५.’भैहाल्यो मै गर्छु अव’- यसले पनि पतिको चित्त दुखाउन सक्छ ।

६. ‘तिमि जहिले पनि… ‘ (यतिमै रोकिने) र ‘तिमी कहिले पनि ….’ (यतिमै रोकिने)

७.’ के तिमिलाई लाग्छ यो लुगा तिमिलाई राम्रो देखिएको छ र’ यसले पनि पतिलाई अपमानित बनाउन सक्छ।

८.’ओ हो, तिमि फेरी तिनिहरु संगै बाहिर गयौ है’ यसले पनि समस्या ल्याउन सक्दछ ।

९.’ वच्चालाई राम्रो संग हेर्नु, ..त्यो नगर्नु , ..यो गर्नु,.. यस्तो मात्र हो, ..यस्तो होइन’ यस्ता कुराले पनि पतिको चित्त दुख्न सक्छ ।

१०. `फलानो आइमाईसंग तपाइको कस्तो सम्बन्ध छ ?

जानि राखे राम्रो


• मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
 

• हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
 

• हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
 

• महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
 

• मह नै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
 

• कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
 

• हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
 

• संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर बढी हुने गरेको छ ।
 

• धेरै मानिसहरुलाई अरु खाना बाट भन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।

जमिनमा बसेर खाना खानुका फाइदाहरू

अहिलेको आधुनिक समयले हाम्रो दिनचर्यालाई धेरै नै परिवर्तन गरिसकेको छ । हामीले गर्ने हरेक कामको तरिकाहरू फरक हुँदै गएका छन् । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबलमा बसेर खाना खान रूचाउँछौ । हामी पहिले जमिनमा पलेटी कसेर खाना खाने गर्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् ।
 
 यदी जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने उनीहरूको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।
 

जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त:
- जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
- जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
- सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
- यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउछन्
- यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
- यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।

मन परेको मान्छे लाई आफ्नो मायालु बनाउने केहि टिप्स :

' 'Make Anyone Fall in Love With You''
तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन,"How to Make Anyone Fall in Love with You" जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन। ति मध्ये केही टिप्स हरु यस प्रकार छन:

 १  उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु। यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ किनकी दुवै चाहान्छन कि कोही आफु लाई राम्रो ठानेर हेरीरहोस र आफु प्रती उसको ध्यान आओस।
 २  एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला।
 

३ आफ्नो कपडा लगाउने स्टाईल र अन्य तरिका तर्फ ध्यान दिनुहोस जुनतरिका उसलाई मन परोस। यो गर्दा पुरुषहरु र महिला दुवैले आफुले लगाएको कपडा बढी भल्गर छैन भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ।
 ४ डेटमा जानु भन्दा पहिला राम्ररी बुझ्नुहोस कि उसलाई के मन पर्दछ र के मन पर्दैन।

५ तपाईले उसलाई यस्तो पार्नुहोस कि तपाईले उसको भावनालाई राम्ररी बुझेको मात्र हैन भित्रै देखी अनुभव गरीरहनु भएको छ र उसले त्यस प्रती जस्तो प्रतिक्रिया दिन्छ त्यस्तै प्रतिक्रिया दिने प्रयास गर्नुहोस।
 

६ केटाहरुको लागी: कुनै कुरामा छलफल भईरहेको बेला उसको भनाई लाई सकेसम्म अगाडी  ल्याउने प्रयास गर्नुस र अरुको भन्दा बढी प्राथमिकता दिने प्रयास गर्नुहोस किनकी केटीहरु चाहान्छन कि उसको कुरा कसैले सुनोस र राम्रो मानोस।
 

७ केटीहरुको लागी: केटाहरुको समुहमा हुँदा गरेको कुनै रमाईलो कामको लागी सबैभन्दा पहिले धन्यवाद दिने र हाँस्नेकाम गर्नुस
ता कि उसलाई अनुभव होस तपाईलाई उसले गरेको काम प्रती गर्व छ र तपाई त्यस कार्य देखी खुसी हुनुहुन्छ।
 

८ उसको लागी तपाईले सकेसम्म राम्रो गर्ने प्रयास त गर्नुस नै साथै आफ्नो लागी केही गर्न चाहेको खण्डमा नरोक्नुस।
 

९ सकेसम्म उसको नजिक रहने प्रयास गर्नुसर केही समयको लागी उ बाट टाढा जानुस। यसोगर्दा उसलाई लागोस कि तपाई सँग बिताएको क्षण निकै नै स्पेशल थियो। याद राख्नुस, यो गर्दा धेरै टाढा हैन त्यसो ठाउँमा जानुस जहाँ बाट तपाईको अनुपस्थिती बाट उसको मुहारमा कतिको बेचैनी छाउँछ मज्जाले हेर्न सकियोस।

बढि सुत्नेहरु अब होसियार

वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

तर निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि भएन । आवश्यकता भन्दा बढि सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन् त ?
 

१. मधुमेह – अध्ययनले के देखाएको छ भने एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने मानिसहरुमा मधुमेहको समस्या देखापर्ने खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५० प्रतिशत बढि हुन्छ।
 

२. मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घण्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढि हुन्छ ।

३. मुटुरोग – बढि सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ । अध्ययन अनुसार हरेक रात ९ घण्टाभन्दा बढि सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।
 

४. डिप्रेसन – बढि सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

५.  टाउको दुखाइ – बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

६. ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढि समयसम्म सुत्दा ढाडको भागमा बढि चाँप पर्ने भएकाले रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।

७. यसका साथै आवश्यकता भन्दा बढि सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् ।

कति समय सुत्नु उपयुक्त ?

· नवजात शिशु दिनमा १८ घण्टासम्म

· स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म

· किशोरकिशोरी १० घण्टा

· वयस्क ७ देखि ८ घण्टा

निराशाबाट बच्ने २० उपाय

निराशाबाट बच्ने २० उपायहरु बुदागत रुपमा निम्न छन्:

१. असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट खुशी हुन् सिक्नुपर्छ जसले गर्दा आउने समय राम्रो होस्।

२. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।

३. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।

४. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

५. आलोचनाको सामना गर्नुपर्दा चुप लागेर बस्नुपर्छ आफूलाई राम्रो र सफल बनाएर आलोचकको मुख बन्द गर्न सकिन्छ।



६. बिहान उठेर पूर्णरूपमा काममा लाग्नुभन्दा पहिले मर्निङ वाक गनुपर्छ। मनमनै ती सबैलाई धन्यवाद दिनुपर्छ जसका कारण आफूले सफलता प्राप्त गरिएको छ। बिहानको घुमफिरले मनमस्तिष्क स्वस्थ र ताजा हुन्छ अनि एउटा तन्दुरुस्त मस्तिष्कका साथ सफलतातर्फ अग्रसर हुन सकिन्छ।

७. जब आफूलाई डरको आभास हुन्छ तब आफूप्रति विश्वास राख्नुपर्छ र आफ्नो विश्वासलाई आफ्नो डरभन्दा ठूलो बनाउनुपर्छ, जसले गर्दा विश्वास डरमाथि हावी होस्।

८. असफलताबाट अत्तालिनुको साटो त्यसबाट पाठ सिक्नुपर्छ, आफ्नो अहिलेसम्मको सफलतामा गर्व महसुस गर्नुपर्छ जसले गर्दा आफूभित्र उत्साह र जोशको सञ्चार भैरहोस्।

९. जुनसुकै काममा हात हाल्दा त्यसमा आफ्नो सफलतालाई नै लक्ष्य मान्नुपर्छ। सफलताका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुँदैन।

१०. भूत र भविष्यको चिन्ता छोडेर आफ्नो वर्तमानमा पूरै ध्यान केन्दि्रत गर्नुपर्छ, किनभने न त कसैले आफ्नो विगतलाई बदल्न सक्छ, न आउने समयलाई नै रोक्न सक्छ। वर्तमानका बारेमा सोच्नुपर्छ जसमा आफू बाँचिएको छ, किनभने यो समयमा जित हासिल गर्न सकिन्छ।

११. गुनासो गर्नुको साटो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। यसले समस्याको स्थायी समाधान फेला पार्न सकिन्छ।

१२. जब आफ्नो सफलता प्रतिसन्देहको स्थिति उत्पन्न हुन्छ तब आफ्नो मनमस्तिष्कमा आउने नकारात्मक विचारलाई उखालेर फ्याँक्नुपर्छ र सकारात्मक

विचार भर्नुपर्छ।

१३. जब आफूलाई लाग्न थाल्छ कि सबै कुरा असम्भव हुँदै गएको छ भने के सोच्नुपर्छ भने लगन र निष्ठाका बलमा सबैथोक सम्भव छ, त्यसैले यसलाई सधैं कायम राख्नुपर्छ।

१४. लक्ष्यबाट बिमुख हुने स्थितिमा आफ्नो मुटुको गतिमाथि ध्यान केन्दि्रत गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरणको अवलोकन गर्नुपर्छ। आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै त्यो सकारात्मक दिशातर्फ पाइला चाल्नुपर्छ, जुन आफूले आफ्ना लागि बनाइएको छ। ध्यान केन्दि्रत गर्नाले लक्ष्य मात्र देखापर्छ।

१५. एक्लोपन महसुस भैरहेको छ भने ती सबै व्यक्तिलाई याद गर्नुपर्छ जो यहाँसम्म आफ्नो साथ हिँड्यो र जसले अहिले पनि आफूलाई माया, स्नेह र सहयोग दिइरहेको छ। यसले एक्लोपन महसुस हुँदैन।

१६. जब लाग्छ कि आफ्नो लक्ष्यबाट विमुख हुन थालिएको छ वा फेरि जीवनमा लगातार हारको सामना गर्नुपरिरहेको छ भने आफ्नो मागर् दर्शन आफैँ गर्नुपर्छ।

१७. थाकेको वा हारेको महसुस हुन्छ भने मनमनै के सोच्नुपर्छ भने म कहिल्यै हिम्मत हार्दिनँ। बिना कुनै डर, हिचकिचाहट हिम्मतका साथ ती सबै काम गर्नुपर्छ जुन आफूले गर्न चाहिएको छ।

१८. यो काम गर्न सक्दिनँ भन्ने महसुस हुँदा त्यो सकारात्मक शक्तिको सहयोग लिनुपर्छ जसको सहयोग अहिलेसम्म लिँदै आइएको छ।

१९. जब परिस्थिति नियन्त्रणबाहिर गैरहेको छ र आफ्नो बसमा केही पनि छैन भने मात्र त्यसलाई नियन्त्रण गर्नुपर्छ, जुन गर्न सकिन्छ र त्यसलाई छाडिदिनुपर्छ जुन आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको छ।

२०. कुनै कामलाई लिएर जब अधिक दबाबमा परिएको छ, लक्ष्य मात्र केही दूरीमा छ र प्रत्येकको आँखा आफूंमाथि छ भने नहडबडाइ बिना कुनै मानसिक दबाब आफ्नो काम गम्भीरताका साथ सम्पन्न

श्रीमतीलाई खुसी राख्ने केही टिप्स

तारिफ गर्नुहोस्
हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर दुई शब्द मात्रै भनिदियो भने पनि ऊ साह्रै खुसी हुन्छ । प्रशंसा या तारिफको यही नियमलाई श्रीमती -या प्रेमिकाका) हकमा भरपूर प्रयोग गर्नुहोस् । हरेक कुरामा उनको तारिफ गर्नुहोस् । श्रीमतीको रूपको तारिफ गर्नुहोस् । फिगरको तारिफ गर्नुहोस् । उनले लगाएको लुगाको तारिफ गर्नुहोस् । उनको घर सजाउने कलाको तारिफ गर्नुहोस् । खाना पकाउने कलाको तारिफ गर्नुहोस् । तर, तारिफ गर्दा ध्यान दिनुहोला— तपाईं कतै झुटो या नपच्ने कुरा त बोलिरहनुभएको छैन ? आफ्नी श्रीमतीलाई ‘तिमी त ऐश्वर्या रायभन्दा पनि सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईं खुस्किनुभो । बरु, ‘मेरा लागि तिमी ऐश्वर्या रायजत्तिकै सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईंको तारिफ सन्तुलित हुन जान्छ । तारिफका नाममा अर्थ न बर्थका, उडन्ते अभिव्यक्ति प्रयोग गर्नुभयो भने उनलाई व्यंग्य गरेजस्तो हुन जान्छ । त्यसैले ढंग पुर्‍याएर तारिफ गर्नुहोस् ।
उनको कामलाई कम नआँक्नुहोस्
तपाईंकी श्रीमती जागिर खान्नन् र शुद्ध गृहिणी हुन् भने तपाईंमा ‘म कमाउने मान्छे हुँ’ भन्ने अहम् हुन सक्छ । उनका घरायसी कामलाई तपाईंले सम्मानजनक दृष्टिकोणले हेर्नुभएन भने उनी दुःखी हुनेछिन् । घर चलाउनु निकै गाह्रो काम हो । तपाईंले कमाउनु मात्रै घरपरिवारका लागि पर्याप्त हुँदैन । घर चलाउन तपाईंकी पत्नीले प्रयोग गर्ने सीप या कौशललाई तपाईंले कम आँक्न पाउनु हुन्न । सत्य के हो भने तपाईंको कामको आर्थिक मूल्य जति छ, उनको कामको आर्थिक मूल्य त्योभन्दा कम हुँदैन । तपाईंले उनलाई खुसी राख्न उनको कामको यथोचित कदर गर्नैपर्छ । तपाईंकी श्रीमती कामकाजी महिला हुन् भने तपाईंले उनलाई घरायसी काममा पनि सहयोग गर्नुपर्छ ।
सधैँ प्रेम प्रकट गर्नुहोस्
विवाह गरिसकेपछि मायाप्रीतिका कुरा किन गरिरहनुपर्‍यो र भन्ने सोचाइ राख्नुभएको छ भने त्यो एकदम गलत हो । श्रीमतीलाई सधैँ प्रेमिकाका रूपमा ग्रहण गर्नुहोस् । वेला-मौकामा उनलाई भनिहाल्नुस्— ‘म तिमीलाई माया गर्छु,’ या ‘तिमीविना म एकदम अपूरो र अधुरो छु ।’ यसरी प्रेम दर्साइरहुनभयो भने उनले आफ्नो महत्त्वबोध गर्नेछिन् । उनलाई विश्वास दिलाउनुहोस् कि तपाईं उनलाई दिलोज्यानले प्रेम गर्नुहुन्छ र उनको असाध्यै ख्याल गर्नुहुन्छ ।
रोमान्स कायम राख्नुहोस्
विवाहको सफलतामा रोमान्सको अहम् भूमिका हुन्छ । रोमान्स यस्तैै हुनुपर्छ भन्ने छैन । श्रीमतीलाई महिनाको एकचोटि फिल्म देखाउन लैजानु, या बाहिर खान लैजानु या उनको चुल्ठोमा एक थुंगा फूल सिउरिदिनु, यी सब रोमान्स हुन् । प्रत्येक प्रेमपूर्ण व्यवहार रोमान्स हो ।
आर्थिक मामिलामा बोस हुन नखोज्नुहोस्
कम बचत या अधिक खर्चका लागि श्रीमतीलाई दोष नदिनुहोस् । श्रीमतीलाई खटाई-खटाई पैसा दिने बानी राम्रो होइन । घर चलाउन महिनाको निश्चित रकम उनको हातमा राखिदिनु राम्रो हुन्छ । यसले उनमा बजेटभित्र रहेर खर्च गर्ने जिम्मेवारी बढाउँछ । हरेक दिन उनले तपाईंसँग पैसा मागिरहनुपर्‍यो भने उनले हीनताबोध महसुस गर्न सक्छिन् । तपाईंले उनलाई उनी पूर्णतः तपाईंप्रति निर्भर छिन् भन्ने अनुभूत गर्न दिनु हुन्न । पैसाका सन्दर्भमा आफूलाई बोस साबित गर्न खोज्नुभयो भने तपाईंले श्रीमतीलाई खुसी राख्न सक्नुहुन्न । त्यसैले श्रीमतीको बोस होइन, पार्टनर बन्नुहोस् ।
वेलाबखत उपहार दिने गर्नुहोस्
श्रीमतीलाई खुसी राख्ने राम्रो उपाय उपहार पनि हो । उपहार महँगो हुनुपर्छ भन्ने जरुरी छैन । एक दर्जन चुरा, पाउजु जस्ता सामान्य उपहारले पनि उनलाई खुसी बनाउन सक्नुहुन्छ । उपहार दिनका लागि जन्मदिन, विवाहको वर्षगाँठ, तीज, या दसैँजस्ता विशेष अवसर हुनैपर्छ भन्ने पनि छैन ।
सल्लाह लिनुहोस्
हरेक कुरामा उनको सल्लाह लिनुहोस् । एक्लै निर्णय नगर्नुहोस् । नयाँ टिभी किन्दै हुनुहुन्छ, या घरमा तला थप्दै हुनुहुन्छ, या कुनै नयाँ काम सुरु गर्दै हुुनुहुन्छ, अनिवार्यतः उनको सल्लाह लिनुहोस् । यसो गर्नुभयो भने तपाईं उनलाई कति महत्त्व दिनुहुन्छ, त्यो उनले थाहा पाउनेछिन् । साथै, तपाईंले विचार नपुर्‍याएको कुरामा उनले विचार पुर्‍याएकी हुन सक्छिन्, जो फलदायी हुन सक्छ ।
उनको यौन सन्तुष्टिको ख्याल गर्नुहोस्
हेक्का राख्नुहोस्— यौनका मामलामा तपाईं आफ्नी श्रीमतीबाट जति सन्तुष्टि चाहनुहुन्छ, त्यत्ति नै सन्तुष्टिको अपेक्षा उनले पनि राखेकी हुन्छिन् । दाम्पत्य जीवनको सफलताको महत्त्वपूर्ण कडी हो यौन । र, यो कुनै पनि हालतमा एकतर्फी खेल होइन । आफ्नो यौन सुखका लागि तपाईंले श्रीमतीको यौन सुखलाई पनि महत्त्व दिनुपर्छ ।

स्मरणशक्ति बढाउने विधि

सबैले आ-आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ ।

मनको कल्पना र पुनः स्मरण गर्ने शैली ः
स्मरणमा शक्ति राम्रो भएका व्यक्तिहरूमा यो गुण हुन्छ, यो विधिअनुसार स्मरण गर्दा स्मरण गर्नुपर्ने कुरालाई कुनै विषयसँग वा घटनासँग अन्तरसम्बन्ध कायम गरिन्छ । जस्तै- शरीरका भागहरू बाटो, रूखका भागहरू आदिसँग स्मरण गर्नुपर्ने कुराका बुँदाहरू अन्तरसम्बन्ध गराइन्छ । मानौं एउटा पाठमा भएका दसवटा चीजको नाम घोक्नुपर्ने छ । यस्तो अवस्थामा ती दसवटा नाम शरीरका अङ्गहरूमध्ये दसवटा नामाकरण गर्ने ?आँखा- न्युटन, मुख- हेनरी, अनि शरीरका अङ्गहरूको नाम अनुसार ती चीजहरूको नाम स्मरण गर्न सकिन्छ ।

रुसमा एक जना सम्वाददाता थिए जसले यो विधिअनुसार हजारौं संख्यात्मक सूत्रहरू वषार्ंैसम्म कन्ठ भन्न सक्थे । आफूलाई सजिलो हुने प्रकारले यो विविधअनुसार स्मरण राम्रो बनाउँदै जानुपर्छ ।
सुसंगठन गर्ने वानी, स्मरण प्रक्रिया, एउटा लुगा बुन्ने तानझैं हुन्छ । यसलाई जति राम्रो बुन्यो, मिलायो, खाँद्यो, कपडा त्यति नै राम्रो र बलियो हुन्छ । स्मरण पनि ठीक त्यस्तै हो । यसलाई मिलाउने र खाँद्ने काम विद्यार्थीको हो । जस्तै- ३० प्रकारका नाम घोक्नु वा स्मरण गर्नु छ भने ती नामहरू लहरै घोक्नुभन्दा सुसंगठन गरेर जस्तै- धातु एकातिर, पशु एकातिर, पक्षी एकातिर छुटयाएर घोकेमा स्मरण राख्न सजिलो हुन्छ ।
धेरै बुँदा स्मरण गर्नुपर्दा तिनीहरूको अघिल्लो अक्षरबाट आफूलाई मन पर्ने गीत, नक्सा कविता वा कुनै नौलो नाम बनाई पढे स्मरण दीर्घ हुन्छ ।

कन्ठाग्र गर्ने र अभ्यास गर्ने ः
यो विधि अनुसार पढ्दा ८० प्रतिशतसम्म स्मरण भएको कुरा अनुसन्धानहरूबाट पुष्टि भएको छ । स्मरण बढाउन यो एउटा राम्रो विधि हो । कुनै कुरा पढ्दै जाँदा वा पढिसकेपछि त्यसलाई कन्ठ भन्ने र अभ्यास गर्ने काम गर्नुपर्छ । जति धेरै अभ्यास गर्‍यो स्मरण त्यति नै बलियो हुँदैजान्छ । कतिपय विद्यार्थीले पढ्ने र दोहोर्‍याउने काम लेखेर गर्छन् । यो पनि राम्रो विधि हो ।
बढी सिकाइ ः कुनै पनि कुराको दीर्घकालीन स्मरण राख्न त्यसलाई पटक-पटक पढ्नु र दोहोर्‍याइरहनुपर्छ । बिनापरिश्रम जान्ने बन्न खोज्नु मूर्खता हो । जहाँ मानिसको बल, बुद्धि, परिश्रम र रुपैयाँ-पैसाको लगानी हुन्छ, त्यहाँ अवश्य सफलता मिल्छ ।

अभिरुचि र सकारात्मक धारणा ः
आफ्नो रुचि नभएको विषयभन्दा रुचि भएको विषय पढ्दा बढी स्मरण हुन्छ । त्यसैले आफ्नो रुचिमा परिवर्तन र परिमार्जन गरी जुनसुकै विषय पनि सुरुचिका साथ पढनुपर्छ । यसका साथै आफूमा भएका नकारात्मक धारणाहरू जस्तै- म कमजोर छु, मेरो स्मरण शक्ति राम्रो छैन, पढेर पनि बुभि+mदैन, पढ्न सक्दिन जस्ता विचारहरू हटाई म केही गर्न सक्छु र ममा त्यो खुबी छ भन्ने मनोबल लिएर पढ्ने बानी बसाल्नुपर्छ । यसले स्मरण शक्ति बढ्दै जान्छ । जुनसुकै विषय पढ्दा पनि सुरुचि र सकारात्मक धारणा हुनु आवश्यक छ ।

प्रतिफल वा इनाम ः मानिसले गर्ने हरेक काममा स्वार्थ जोडिएको हुन्छ । जुन काम गरेर राम्रो र बढी प्रतिफल पाइन्छ, मानिसले त्यही काम गर्छ वा गर्न चाहन्छ । इनामले केटाकेटीहरूलाई मात्र होइन सबै उमेरका व्यक्तिलाई आकर्षण गर्छ । इनाम उमेरअनुसार फरक-फरक हुन्छन् । जस्तै- खेलौना, बिस्कुट, राम्रो कलम, लुगा, घर-जग्गा, सम्पत्ति, राम्रो नाम, इज्जत, परोपकार, सेवा आदि तर उमेर पुगेपछि आफै प्रेरित भै असल र सत्य कुरा पाउनेछु भन्ने विचारका साथ अघि बढ्नुपर्छ ।

शारीरिक स्वास्थ्य ः स्मरण शक्ति बढाउन शरीर स्वस्थ राख्नुपर्छ । शरीर स्वस्थ राख्न खानपान, बानी-व्यवहार तथा रहनसहनले पनि ठूलो भूमिका खेल्छ । स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्छ । ध्यान दिन सक्छ र बुद्धि प्रयोग गर्न सक्छ, एउटा रोगी, अस्वस्थ र कमजोर व्यक्तिले परिश्रम गर्न सक्दैन, साथै उसको ध्यान अध्ययनमा भन्दा शरीरमै केन्दि्रत हुन्छ ।

अठोट ः यो एउटा मनोवैज्ञानिक बल हो । जहाँ मनोबल र दृढ इच्छा हुन्छ त्यहाँ सफलता पनि हुन्छ । किनभने दृढ इच्छा भएका व्यक्तिहरूले त्यसैअनुसार मेहनत पनि गर्छन् । तर यस्तो लक्ष्य वा अठोट धेरै व्यक्तिमा हुँदैन । प्रेरणा पाएका वा चोट परेका व्यक्तिहरूले यस्तो निर्दिष्ट अठोट लिएका हुन्छन् तर पनि अन्त्यसम्म थोरै व्यक्ति मात्र स्थिर रहन्छन् । किनभने धेरैले बीचमा पुगेर हरेस खान्छन् । बाटो छोड्छन् र लड्छन् । यदि तपाईंमा स्मरण बढाउँछु भन्ने अठोट छैन भने अब यसका निम्ति पनि अठोट गर्नुहोस् ।

लक्ष्य ः जीवनमा लक्ष्य हुनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील बनाउँछ । लक्ष्य बनाउँदा वा राख्दा अरू थुप्रै कुराहरूमा पनि ध्यान दिनुपर्छ, जस्तै- आफ्नो खुबी, समय, परिस्थिति र कमजोरीहरू, जब कुनै लक्ष्य राख्नुहुन्छ तब त्यसलाई पूरा पनि गर्नुहोस् । किनभने कुनै पनि काम प्रारम्भ गरेर पूरा नगर्नुभन्दा गर्दै नगर्नु असल हो ।

आफ्नो शरीरको बारेमा जानकारी राख्नुहोस्

तपाईको बढ्ने उमेर अर्थात १० देखि २४ वर्षको उमेर तपाईको जीवनको महत्वपूर्ण समय हो, जुनबेला तपाई विभिन्न प्रकारका परिवर्तनहरु (शरीर र सोचाइमा) महसुस गर्नुहुन्छ ।
यसका साथै तपाई नौला–नौला कुराहरु जस्तै मानव जीवनका विभिन्न क्षणहरुका बारेमा अन्वेषण गर्न रुचाउन थाल्नुहुन्छ र तपाई आफ्नो जीवनको बारेमा आफैं निर्णय गर्न सिक्न थाल्नुहुन्छ । वास्तवमा तपाईले जीवनमा पहिलो पल्ट यस्ता शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरुको महसुस गर्नु भएको कारणले तपाईलाई यस सम्बन्धमा धेरै प्रश्नहरु सोध्न मन लागेको हुन सक्छ । यस उमेरमा तपाईको जिज्ञासा मेटाउन आफू भन्दा ठूला व्यक्तिहरु जस्तै आमाबाबु, दिदी, दाइ, नातेदार, स्वास्थ्यकर्र्मी, परामर्शदाता, शिक्षक र साथीहरुले मद्दत गर्न सक्छन् । त्यसैगरीयस पुस्तकले पनि तपाईंका केही जिज्ञासाहरुको उत्तर अवश्य नै दिन सक्नेछ । सबैभन्दा पहिले तपाईंले आफ्नो शरीरको बारेमा जान्न आवश्यक पर्ने हुन्छ । हुन सक्छ तपाईलाई यसो भन्दा आश्चार्य पनि लाग्न सक्छ तर पनि आफूस“गैको साथी किन अग्ली छिन्, आफू किन होची छु, कोही साथीको जिउ खाइलाग्दो छ आफू किन दुब्ली छु आदिबारे विभिन्न जिज्ञासाहरु मनमा आएको हुन सक्छ । तर निराश नहुनुहोस्, तपाई अग्लो, होचो, दुब्लो, पातलो वा मोटो जे भए पनि तपाईको बढ्ने क्रम प्राकृतिक रुपमा हुने गर्दछ । प्रत्येक मानिसका आ–आप्mनै बढ्ने समयचक्र हुन्छ र सोही अनुसार ऊ बढ्छ । कोही अलि ढिलो त कोही अलि छिटो बढ्ने पनि हुन्छन्, यो अस्वभाविक होइन । प्रायः गरेर यो बढ्ने क्रम जन्मेको बेलादेखि सुरु भएर चौबीस–पच्चीस वर्षको उमेरसम्म हुन्छ । यसबाहेक पनि मानिसको शारीरिक विकास हुनलाई पौष्टिक पदार्थ, खानपान, जातीय, वंशानुगत र जैविक विभिन्नताले पनि असर गरिरहेको हुन्छ । आफ्नो शरीरको बारेमा जान्ने क्रममा तपाईले आफ्नो प्रजनन अंगका बारेमा पनि जान्नु अति आवश्यक हुन्छ । 
चित्रमा देखाएजस्तै किशोरीहरुको बाहिरी प्रजनन् अंगहरु मूत्रद्वार, योनिद्वार र मलद्वार हुन् । मूत्रद्वार पिसाब आउने प्वाल हो, त्यस्तै योनिद्वार महिनावारी हु“दा रगत बाहिर आउने र शिशुको जन्म हु“दा बच्चा बाहिर आउने प्वाल हो । यो प्वाललाई ‘हाइमेन’ भनिने पातलो जालोले छोपिराखेको हुन्छ । मलद्वार पेटमा भएको मललाई बाहिर निकाल्ने प्वाल हो । तपाईहरुको भित्री प्रजनन अंगमा पाठेघर, डिम्बनली, योनीमार्ग र डिम्बग्रन्थीहरु पर्दछन् । पाठेघर पेटको तलपट्टि रहेको हुन्छ र गर्भधारणको बेला शिशु यही हुर्किन्छ । सामान्यतः हरेक किशोरी वा स्वास्नी मानिसहरुका दुईवटा डिम्बनलीहरु हुन्छन् र यिनीहरुले हरेक महिना डिम्बग्रन्थीबाट निस्किएका एक एक वटा फुल अर्थात डिम्बलाई आलोपालो गरी पाठेघरसम्म ल्याइपु¥याउने काम गर्दछन् । योनिमार्ग, योनिद्वारदेखि पाठेघरसम्म जोेडिएको हुन्छ, जहा“बाट महिनावारी भएको बेलामा रगत बाहिर निस्कन्छ ।
किशोरी अवस्थामा तपाईमा आउने परिवर्तनहरुः
ड्ड उचाई बढ्न थाल्ने ड्ड दूधका फा“चा वा स्तन बढ्न थाल्ने ड्ड काखी र गुप्ताङ्गमा रौं आउन थाल्ने ड्ड पसिना बढी आउने ड्ड तिघ्रा सोली आकारमा डोलो हु“दै जाने ड्ड अनुहारमा डन्डीफोर आउन थाल्ने ड्ड कम्मरभन्दा तलको भाग डोलो आकारको हु“दै जाने ड्ड योनीबाट पानीजस्तो तरल योनिरस बग्न थाल्ने ड्ड महिनावारी सुरु हुने 
तपाईहरुले आफ्नो मन र व्यवहारमा निम्न कुराहरुमा फरक आएको महसुस गर्नुहुन्छ ः
राम्री हुन मन लाग्नु ः यस्तो बेलामा घण्टौंसम्म ऐना अगाडि बसेर के गर्दा आफूलाई बढी राम्री पार्न सकिन्छ भनेर सिंगारपटार गर्न र कपालको वनावट परिवर्तन गर्न मन लाग्छ । राम्रा र नया“ फेशनका लुगामा सजिएर अरुलाई आफूप्रति आकर्षित गराउन मन लाग्छ ।
केटाकेटीहरुप्रति आकर्षण बढ्नुः यो उमेरमा केटाहरुस“ग संगत बढाउन मन लाग्छ । यो कुनै नौलो कुरा भने होइन, यो उमेरमा सबैजसो यस्तै हुन्छ । तर केटाहरुस“ग केहीबेर हिडडुल वा उठबस हुने बित्तिकै गहिरो माया–प्रिति बसेको ठानेर विवाह गर्न हतार गर्नु हु“दैन ।
काल्पनिक कुराहरु सोंच्नुः यस्तो उमेरमा विभिन्न कुराहरु कल्पना गर्ने र त्यस कल्पनामा आफूलाई पात्र बनाई रोमाञ्चित भएर रमाउने वा डराउने क्रम बढ्न सक्छ । विशेषगरेर आफूलाई मन परेका कतिपय फिल्मका हिरो, खेलाडी, मोडेल आदिस“ग आफूले बिताएका क्षणको कल्पना गरेर रमाउने गरिन्छ । यस्तो अवस्थामा किशोरीहरु प्रायः एकान्त ठाउ“मा एक्लै बसेर आफ्ना मनका भावनाहरुस“ग खेल्न रुचाउ“छन् ।
बढी स्वतन्त्रताको चाहना हुनुः आमा बाबुले यस उमेरको संवेदनशीलतालाई महसुस गरी स्वतन्त्रतामा बन्देज लगाउन खोज्दा किशोरीहरुमा स्वतन्त्रताको चाहना झन् बढ्ने हुन सक्छ । 
बढी संवेदनशील वा भावुक हुनेः आफ्नो काम, छवि र प्रेम प्रसंगबाट किशोरीहरु ज्यादा खुशी वा दुःखी हुने हुन्छन्, यसरी अति दुःखी र भावुक हु“दा नकारात्मक विचार बढ्दै गएर कहिलेकाही उनीहरु आत्महत्या गर्नेसम्मको मनस्थितिमा पुग्न सक्छन् । 
आदर्श व्यक्तिप्रति आकर्षक हुनुः किशोरीहरु कुनै पनि साथी, नातेदार, अभिनेता वा अभिनेत्री, राजनीतिज्ञ, वैज्ञानिक, खेलाडी आदिलाई आफ्नो आदर्श ठानी उनीहरुको नक्कल गर्ने पनि हुन्छन् ।
मन परेको विपरीत लिङ्गीप्रति नजिकिने बहानाको खोजी गर्नुः यस उमेरमा किशोरकिशोरीहरु आफूलाई मनपर्ने विपरीत लिङ्गीप्रति आकर्षित भई उपहार, फुल, पुस्तक आदि दिने अथवा पत्रपत्रिका, संगीत, एल्बम, सिनेमाका क्यासेट वा सीस्डीजस्ता सामग्रीहरु आदान–प्रदान गर्ने बहानामा एक आपसमा नजिकिने प्रयास गर्दछन् ।
आफू जान्नेसुन्ने भएको ठानेर बहस गर्न खोज्नुः यो उमेर भनेको वाल्यवस्था र वयस्क अवस्थाको बीचको अवस्था भएको हु“दा यस उमेरमा प्रायःगरेर तपाई किशोरीहरुलाई जुनसुकै कुरामा पनि आफू अलि जान्ने सुन्ने भएको महसुस भएर आउने हु“दा त्यस विषयमा आफूभन्दा ठूलास“ग बहस एवं तर्कवितर्क गरेर आफू पनि जान्ने सुन्ने भएको देखाउन मन लाग्ने हुन्छ । 
आफ्ना समस्याहरुलाई अरुले ध्यान नदिएको महसुस गरी आफू एक्लो भएको जस्तो लाग्नुः आफूलाई लागेको कुरा प्रष्ट नभन्दा वा समस्याको संवेदनशीलतालाई राम्ररी व्यक्त गर्न नसक्दा आफ्ना भावनालाई अरुले नबुझेको ठानेर कतिपय किशोरीहरु आफू एक्लो भएको महसुस गर्ने गर्दछन् ।
सोचाइ तथा लक्ष्य परिवर्तन भइरहनुः यस उमेरमा मन चञ्चल हुने र अरुले केही राम्रो गरेको देख्दा आफूलाई पनि त्यस्तै हुन मन लाग्ने भएको हुनाले लक्ष्य तथा सोंचाइहरु समय–समयमा परिवर्तन भइरहन सक्छन् ।
यौन सम्बन्धी जिज्ञासा हुनु र यौन साहित्य वा पत्रपत्रिका पढ्न मन लाग्नुः
तपाईको उमेरमा यौन सम्बन्धी कुराहरुमा जिज्ञासा लाग्नु स्वभाविक हो । तपाईहरुमध्ये कतिपयले यौन साहित्य वा पत्रपत्रिका लुकिछिपी पढ्ने गर्नु भएको पनि होला ।

रक्त समुह र ब्यक्तित्व बारे रोचक प्रसंग

के तपाईंलाई थाह छ, तपाईंको रक्त समुह (blood group) कुन हो भन्ने? यदी थाहाछ भने आउनुहोस् तपाईंको रक्त समुहले के भन्छ तपाईंको ब्यक्तित्त्वको बारेमा भन्ने कुरा हेरौ। रक्त समुहको बारेमा एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यक्तित्व पनि फरक फरक हुन्छ। तपाईंले यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ?

समुह 'ओ': यो रक्त समुहका मानिसहरु नेत्रित्व गर्न चाहन्छन। इनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ। र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ। नेत्रित्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यक्तित्व हो। यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुनु हो।
समुह 'ए': यो रक्त समुहका मानिसहरु सद्भभाब, शान्ती र संगठन मन पराउछन। अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ। यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यक्तित्वका हुन्छन। यो रक्त समुहका मानिस हरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु हो।
समुह 'बी': यो रक्त समुहका मानिसहरु केही फरक ब्यक्तित्वका हुन्छन। जस्को आफ्नै फरक बाटो हुन्छ, र हरेक काम आफ्नै तरिकाले गर्छन्। यो समुहका मानिसहरु रचनात्मक र लचिलो स्वभाबका हुन्छन। र जस्तो सुकै बातावरणमा समायोजित हुनसक्छन। तर यो समुहका मानिसको स्वोतन्त्र ब्यक्तित्वले उसलाई कहिलेकही परिस्थिती भन्दा निकै टाढा पुर्याउछ र यो नै कमजोरी बन्छ।
समुह 'एबी': यो रक्त समुहका मानिसहरुको ब्यक्तित्व निकै शान्त र नियन्त्रित हुन्छ। सबैले मन पराउने स्वोभाबले कसैको आँखामा गढ्दैनन। बिनम्र, मनोरन्जनात्मक र निस्पक्ष यो समुहका मानिस हरुको ब्यक्तित्वको प्राकृतिक हो। तर यो रक्त समुहका मानिसहरु केही बोधो दिमागका र चिसो प्रक्रितीका हुन्छन, र आफ्नो निर्णयले कहिलेकही आँफै अप्ठ्यारोमा पर्नु इनीहरुको कमजोरी हो।

फ्राइ अण्डा खानेमा यौन इच्छा तिब्र

तपाइँलाई उसिनेको अण्डा मन पर्छ की फ्राइ गरेको ? वा अरु कुनै परिकारको रुपमा बनाइएको अण्डा मन पर्छ ? के अण्डालाई कसरी खाइन्छ भन्ने कुराबाट तपाइँको यौन झुकावका बारेमा पत्ता लगाउन सकिन्छ होला ? सायद नसकिनु पर्ने हो ।
तर बेलायतको अण्डा उद्योग परिषदले हालै गरेको एक अध्ययनले अण्डालाई कुन रुपमा खाइन्छ भन्ने कुराबाट व्यक्तिको व्यक्तित्व तथा यौन चरित्रको बारेमा जानकारी लिन सकिने देखाएको छ ।
परिषदको अध्ययन अनुसार आधा उसिनेको वा हाप ब्वाइल अण्डा मन पराउनेहरु घुमघाम गर्न रुचाउने प्रवृत्तिका हुन्छन् । संगठित हुने वा राजनीतिमा लाग्न नचाहनेहरु पूरै उसिनेका अण्डा मन पराउँछन् । त्यस्तै तिब्र यौन इच्छा भएका व्यक्तिहरुले फ्राइ अण्डा रुचाउने गरेका छन् । अध्ययनले अमलेट खान मन पराउनेहरु आत्मअनुशासनमा रहने खालका हुन्छन् ।
अध्ययन अनुसार आधा उसिनेको अण्डा खानेहरु अरु भन्दा बढि खुसी हुन्छन् भने पूरै उसिनेको अण्डा मन पराउनेहरुको वैवाहिक जिवन तनावपूर्ण रहन्छ र सधै डिभोर्सको डर हुन्छ ।
अध्ययनकर्ताहरुले अण्डा कुन रुपमा खाइन्छ भन्ने कुराले मान्छेको यावत् सामाजिक तथा मनोवैज्ञानिक स्थितिमा असर भने नपार्ने स्पष्ट पार्दै यो अध्ययनले मान्छेको अण्डा खाने रुचीबाट र उसको शारीरिक तथा मनोवैज्ञानिक अवस्थाको अनुमान गर्न सकिने कुरालाई मात्र दर्शाउन खोजेको प्रष्ट पारेका छन् । onlinekhabar

यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ होला ?

महिलाहरुमा यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ होला ? जर्मनीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरु महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वाधिक सेक्स चाहना राख्ने र पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको छ । युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । अनुसन्धानकर्ताहरुकाअनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । अध्ययनमा सामेल महिलाहरुलाई कुन समय यौनसम्बन्ध राख्दा बढी आनन्द महसुस हुन्छ ? भन्ने प्रश्न सोधिएका थियो । अनुसन्धानकर्ताहरुले महिनावारी पूरा ५ देखि ७ दिनसम्म यौनसम्पर्कमा लागि महिलाहरु सबैभन्दा धेरै सक्रिय हुने बताएका छन् । जसको कारण उनीहरुले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने गरेको बताएका छन् । यो समयमा उनीहरुमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा सम्पर्कको तीव्र इच्छा हुने देखिएको छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आनन्ददायक हुन्छ । अध्ययनमा महिनामा तीन दिन सेक्स गरे सम्बन्ध बढी समुधुर हुने गरेको पनि पाइएको छ ।

दिमागबारेका केही रोचक तथ्य

मस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ ।
त्यसैले सोही जानकारीका लागि हामीले यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौँ ।
१. कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । सरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।
२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।
३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।
४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।
५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।
६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।
७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसकेा टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् ।

सेक्सका लागि सबैभन्दा राम्रो बिहीबार

यौन मानिसको आधारभूत चिज हो । बिश्वमा सबैभन्दा बढी चर्चा र खोज भएको छ भने यौनकै लागि भएका होलान् । मान्छेले सबैभन्दा चासो दिने पनि यसैमा रै'छ । यहाँले यो समाचारपनि यौनकै बिषयमा भएकाले पक्कै पढ्न हतारिनुभएको होला हगि ? हा--हा-- । कुरा महत्वपूर्ण छ । यौनसम्पर्कका लागि सबैभन्दा उत्तम बार कुन होला ? कहिले, कुन बेला र कुन दिन यौन सम्पर्क राख्दा सबैभन्दा बढी यौनसन्तुष्टी प्राप्त होला ? यस बिषयमा बिभिन्न समयमा बिभिन्न तथ्य, प्रतिवेदनहरु सार्वजनिक भएका छन् ।
यौनसम्पर्कका लागि बिहानी पखको समय सबैभन्दा उत्तम भएको तथ्य यसअघिनै सार्वजनिक भइसकेको छ ।
हालै यौन सम्पर्कका लागि बिहीबार सबैभन्दा राम्रो दिन भएको तथ्य सार्वजनिक भएको छ । लन्डन स्कूल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यौनसम्पर्कका लागि सबैभन्दा उत्तम दिन बिहीबार रहेको तथ्य सार्वजनिक गरेको हो । अध्ययन अनुसार बिहीबारको दिनमा पुरुष र महिलाको सेक्स हर्मोन अरु बारको तुलनामा झन्डै पाँच गुना बढेको हुन्छ । जसका कारण पुरुष तथा महिलाले सो दिन यौन सम्पर्क राखेमा अरु बारेको तुलनामा पाँच गुना बढी आनन्द लिन सक्छन् । साताका प्रत्येक दिन कुनै खास कुराका लागि महत्वपूर्ण रहेका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ । तर अरु बारको तुलनामा मानव यौन जीवनका लागि सबैभन्दा र महत्वपूर्ण रहेको छ । यो दिन यौन सम्पर्क राख्ने जो कोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।
लन्डनकै हजारौँ व्यक्तिसित गरिएको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा आइतबार घरको भन्दा बाहिरको खाना खान राम्रो रहेको, सोमबारको दिन मानिसलाई मुटुसम्बन्धी रोग धेरै लाग्ने गरेको, मंगलबारको दिन कामका लागि सबैभन्दा उत्तम दिन रहेको, बुधबारको दिन माया, प्रेमका लागि उत्तम रहेको, बिहीबार यौनसम्पर्क गर्नेका लागि, शुक्रबार धुम्रपान गर्नेहरुलाई छाड्न उत्तम दिन रहेको, शनिबार बच्चा पाउन सबैभन्दा उत्तम दिन रहेको उल्लेख गरिएको छ ।

स्याउ खानेको मुटु स्वस्थ

एक नयाँ अध्ययनले प्रत्येक दिन स्याउ खाने मान्छेमा मुटुरोगको खतरा कम हुने तथ्य पत्ता लगाएको छ । नियमित स्याउ खाँदा रगतमा कोलेस्टेरोलको मात्रा घट्ने र त्यसले मुटु तथा रगतसम्बन्धि रोगको खतरा कम गराएर मुटुलाई स्वस्थ बनाउन सहयोग गर्ने शोधकर्ताहरुको निष्कर्षछ ।
शोधका क्रममा एक महिनासम्म दिनहुँ एक दाना स्याउ खाने मान्छेको रगतमा खराब कोलेस्टेरोलको मात्रा ४० प्रतिशतले घटेको पाइयो । स्याउमा पोलिफेनोल्स नामक तत्व सहितको एन्टीअक्सिडेन्ट हुने हुनाले त्यसले कोलेस्टेरोललाई हटाउन सहयोग गर्ने विज्ञहरुको भनाइ छ ।
अमेरिकाको ओहियो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा स्याउको नियमित भोजनले हानिकारक लिपो प्रोटिनलाई अक्सिडाइज हुनबाट रोक्ने र त्यसले रक्तनलीका भित्तालाई कडा हुनबाट जोगाउने तथ्य पत्ता लगाए । स्याउको नियमित सेवन कोलेस्टेरोल घटाउने अरु औषधि तथा भोजनभन्दा बढि प्रभावकारी हुने निष्कर्षशोधकर्ताहरुको छ । उनीहरुका अनुसार स्याउको नियमित सेवनले दाँतको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने तथ्य फेला परेको छ, तर यस बारेमा भने विस्तृत अध्ययनको खाँचो छ ।

गोलभेँडाले बचाउँछ हृदयाघातबाट

गोलभेँडाको नियमित सेवन मुटुका लागि लाभदायी हुने र यसले हृदयाघात लगायतका मुटुरोगको खतरा कम गर्ने एक अनुसन्धानले देखाएको छ ।
फिनल्याडमा गरिएको अनुसन्धानले गोलभेँडामा हुने लाइकोपिन नामको तत्वले हृदयाघात तथा मुटु र रगत सम्बन्धि विभिन्न रोगको खतरा कम गर्ने र रक्तसंचारलाई नियमित गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
न्यूरोलोली नामक म्यागेजिनमा छापिएको अनुसन्धान रिपोर्टका अनुसार रगतमा लाइकोपिन नामक तत्व जति बढि भयो हृदयाघातको खतरा उती कम हुन्छ । यो तत्व गोलभेँडाका साथै खरभुजा लगायतका फलमा पनि पाइन्छ ।
१२ वर्षम्म १ हजार भन्दा बढि मानिसमा गरिएको निरन्तरको अध्ययनपछि यस्तो निष्कर्षनिकालिएको शोधकर्ताहरुको भनाइ छ । शोधकर्ताहरुले गोलभेँडा तथा लाइकोपिन तत्व भएका फलफूल तथा तरकारी नियमित खाने मानिसमा हृदयाघातको खतरा ५५ प्रतिशतले घट्ने दाबी समेत गरेका छन् । onlinekhabar

अब कम्प्युटरको माउसले नै गर्नेछ मसाज

यदि तपाइँलाई लगातार कम्प्युटरमा काम गरिरहनुपर्ने कारणले गर्दा दिक्क महसुस हुने गरकेो छ भने अब चिन्ता नगर्नुहोस् । किनकी अब बजारमा यस्तो अनौठो माउस आउँदैछ जसले तपाइँको सरीरमा मालिस समेत गरिदिनेछ ।
अमेरिकी कम्पनी आर्ट फ्याक्ट्रीले यस्तो मसाज गर्ने माउस तयार गरेर बजारमा ल्याउन लागेको हो । यो माउसमा शक्तिशाली मसाजर जडित गरिएको हुन्छ जसले लगातार कम्प्युटरमा काम गर्दा थाकेकाहरुलाई मसाज गरिदिएर केही आनन्द दिनेछ । आउँदो जनवरीमा अमेरिकाको लस भेगासमा हुने एक समारोहका बीच कम्पनीले मसाज गर्ने माउस र्सार्वजनिक गर्नेछ ।
यो माउसको स्टाइलिस डिजाइन हुनुका साथै १० भाइब्रेसन मोड,२ प्रकारका भाइब्रेसन प्याट्रन, वायरलेस प्रविधि तथा विन्डोज तथा म्याकिन्टोस प्रविधि सपोर्ट गर्ने खालको रहनेछ ।
कम्प्युटरमा काम गर्दागर्दै थकाइ लागेमा यो माउसको मसाज मोड अन गरेपछि चाहेको ठाउँमा मसाज गर्ने, दुखाइ भगाउने र फेरी स्फर्ूर्तीका साथ काम गर्न थाल्ने कुरा अब यो मसाज माउसबाट सम्भव हुने दाबी गरिएको छ ।onlinekhabar

यौन : केही रोचक तथ्य

हाम्रो समाजमा अझै पनि यौनका बिषयमा खुलेर कुरा गर्न सक्दैनौ हामीहरु ।जसले जे भने पनि यौन आवशयकता हो र यो बिषयमा सबैलाइ थाहा पनि छ ।बिश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन ।लुकी कुकी यौन सम्बन्धिका किताब पडने यौन कृयाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा फटाहलाज लाग्दैन भन्नु हाम्रो बानी भइसकेको छ ।तर यौन लुकाउने बिषय होइन ।यौन सम्बन्धिका केहि रोचक तथ्यहरु

1) हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
2) विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।
3) एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
4) पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।
5) २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।
6) रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् ।
7) आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणि मानिस र डल्फिन मात्र हुन् ।