Tuesday, April 23, 2013

महिनावारी सम्बन्धि जानकारीमुलक ज्ञान

म र मेरी गर्लफ्रेन्ड २२ वर्षका भयौं। हामीबीच प्रायःजसो कन्डम नलगाई (सेक्सको अन्तमा शुक्रकीट बाहिर फ्यालिन्छ) सेक्स हुन्छ। दुई-तीन महिनादेखि मिन्स पछि सर्ने समस्या भएको छ। जस्तो कि ४ गते हुनुपर्ने नभएर ६ गते त कहिले ७/८ गतेतिर हुन्छ। यस्तो किन भएको होला ? के मिन्स सर्दै जाँदा स्वास्थ्यमा कुनै समस्या आउँछ ? के मिन्स पछि सर्नु सामान्य हो ? …..


महिनावारी महिलाहरूमा हुने एक सामान्य प्रक्रिया हो। निषेचित डिम्बको डिम्बरोपण (पाठेघरको भित्तामा टाँसिने प्रक्रिया)का लागि बाक्लो भै तयार भएको पाठेघरको भित्री तह गर्भधारण नभएको स्थितीमा तुहिएपछि योनिमार्गबाट रगत आउनुलाई हामी सामान्यतः महिनावारी, नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर चिन्दछौं, तर यसको सञ्चालन विशेष गरेर अन्तःश्रावी प्रणाली (हार्मोनहरूको एक जटिल प्रणाली) बाट हुन्छ। चिकित्सा क्षेत्रमा नलागेकाहरूलाई यो कुरा बुझ्न अलि गाह्रो पर्ने भए पनि पहिले यसैलाई बुझ्ने प्रयास गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयवाट निस्कने हार्मोनहरूले यसलाई सञ्चालन गर्छ। Hypothalamus बाट निस्कने gonadotropin releasing hormone (GRH) को प्रभावमा पिटयुटरी ग्रन्थीले follicular stimulating hormone(FSH) तथा luteinizing hormone (LH) निकाल्छ। यी हार्मोनहरूको प्रभावमा प्रजनन अंगहरूले काम गर्छन्। महिनावारीको चक्रलाई हेर्ने हो भने मुख्यतयाः तीन चरणमा बाँड्न सकिन्छ। पहिलो चरण (Follicular Phase) मा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठे घरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। महत्त्व निकै भए पनि वास्तवमा सामान्यतः ६० देखि ९० मिली मात्र रगत बग्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ, जसले FSH सँग मिलेर डिम्ब निस्कासनका लागि तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ। दोस्रो चरण (डिम्ब निष्कासन) ः डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ। तेश्रो चरण (Luteal phase) भन्नाले डिम्ब निष्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समयलाई बुझाउँछ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।
महिनावारी ढिला भएको हो ? माथि चर्चा गरिएको सञ्चालन प्रक्रियामा गडबडी भए महिनावारी ढिलो वा चाँडो हुनसक्छ। यसका अनेक कारण हुन सक्छन्। त्यतातिर जानुभन्दा पहिले के तपाईंको केटी साथीको महिनावारी साँच्चिकै ढिलो भएको हो वा होइन, विचार पुर्‍याउनुपर्छ। तपाईं दुवैलाई थाहा भएकै कुरा हो, महिनावारी सामान्यतः २८ दिनको हुन्छ र केही दिनको चाँडो-ढिलोलाई पनि सामान्य नै मानिन्छ। कुनै-कुनै महिलामा महिनावारी प्रत्येक २१ दिनमा पनि हुन सक्छ भने कसैमा यो ३५ दिन वा सोभन्दा बढी हुनसक्छ। तपाईंको हकमा कुरा गर्दा १ गते सुरु भएको महिनावारी अर्को महिनाको ४ गते भए त्यो यस्तै ३५ दिनभित्रै पर्न सक्छ र त्यस पछि ४ गते शुरु भएको महिनावारी ७-८ गते हुन जाँदा पनि सो ३५ दिनभित्रै पर्छ। यस्तो कुरा नियमित रूपमै भैरहेको छ भने केही चिन्ता लिनु पर्दैन। महिनावारी गडबडी हुनुको स्वास्थ्यमा असर पर्नेभन्दा पनि यसले पाठेघर वा त्यस वरिपरि वा अन्य शरीरमा भएका खराबीको संकेत दिन्छ। तपाइर्ंले अन्य लक्षण जस्तै कि तल्लो पेट वा ढाड दुख्ने, रगतमा चोक्टा जस्तो आउने, रगत कम वा बढी आउने वा यौनसम्पर्कमा दुख्ने उल्लेख गर्नु भएको छैन। त्यस्तो केही भए लेख्नुहोला ताकि स्वास्थ्यमा के कस्तो असर पर्छ भन्न सकियोस्। बाह्य वीर्य स्खलन कति प्रभावकारी ? वीर्य स्खलन हुनुभन्दा अघि लिङ्ग योनिबाट झिक्ने र वीर्यलाई बाहिर स्खलन गर्ने (जसमा शुक्रकीट पनि हुन्छ) विधि धेरै जनाले अपनाउने गरेको देखिन्छ। प्रभावकारिताको कुरा गर्दा यो कन्डमको दाँजोमा आउन सक्ने पनि बताइएको छ। उत्तम तरिकाले प्रयोग गरे ४ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ भने सामान्य तरिकाको प्रयोगमा १९ प्रतिशत भन्ने कुरा अहिलेका अध्ययनहरूले देखाएका छन्। यो विधि अपनाउँदा पुरु षले वीर्य स्खलन हुन लागेको कुरा पहिले नै थाह पाउनु र त्यसैअनुसार लिङ्ग झिक्नु आवश्यक छ। वास्तविक वीर्य स्खलन हुनुभन्दा पनि पहिले पुरुषको लिङ्गबाट आउने रसमा पहिलेका स्खलनका कारणले शुक्रकीट रहन सक्ने भएको हुँदा कहिलेकाहीं राम्रोसँग लिङ्ग बाहिर निकाल्दा पनि प्रभावकारी नहुन सक्छ। चरमसुखमा पुग्नै लागेका बेला पुरुष (अनि महिलाको पनि) चेतनशीलता केही रूपमा भए पनि धमिलिन सक्छ र त्यति बेलाको क्रियाकलापमा चेतनमनको नियन्त्रण नहुन सक्छ भने यो विधिबाट यौन रोग तथा एआईभीजस्ता संक्रमणबाट बच्च सकिँदैन। साभार:khabarchautari.com

धनिया - स्वास्थ्य को लागि औषधि

चाहे पात होस् वा गेडा तरकारीमा धनिया राखेर खाँदा निकै स्वादिलो हुन्छ । अचारमा धनियाको पात मिसाउँदा निकै सुगन्धित तथा स्वादिलो हुन्छ । हामीले खानालाई स्वादिलो बनाउनका लागि धनियाको प्रयोग गर्छौँ । तर धनियाले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन । धनियामा औषधीय गुण पाइन्छ अर्थात् यसको नियमित सेवनले हामीलाई धेरै खालका स्वास्थ्य समस्याबाट जोगाउँछ । आखिर धनियाका गुन के के छन् त ?
जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस विरामीका लागि धनिया निकै लाभदायी हुन्छ । धनियाका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ । जसले जोर्नी सुन्निने तथा दुख्ने समस्या कम गर्छ ।
आँखालाई स्वस्थ राख्न पनि धनियाको नियमित सेवन गर्नुपर्ने हुन्छ । धनियाको पात पानीमा उमाल्ने र त्यसलाई छानेर पानी बोतलमा खन्याउने । त्यो पानी चिसो बनाएर दुइ थोपा नियमित आँखामा राख्ने गर्दा आँखा पोल्ने तथा दुख्ने र बढि आशु आउने समस्या कम हुन्छ ।
गर्भावस्थामा आउने वान्ता रोक्न पनि धनिया उपयोगी हुन्छ । गर्भवती महिलालाई आउने वान्ता र वाकवाकीको समस्या कम गर्न धनियाको पात पानीमा पकाउने अनि त्यो पानीलाई छानेर चिसो बनाएर पिसेको मिश्री राखेर खाने गर्नुपर्छ ।
छालाको सुन्दरताका लागि पनि धनिया लाभदायी हुन्छ । धनियाको पातले छालालाई सुन्दर र स्वस्थ बनाउँछ । धनियाको पात मज्जाले पिँधेर अनुहारमा लगाउने र केही बेर राखेर सफा पानीले अनुहार पखाल्नुपर्छ । धनियाको पातको रसमा हलेदोको रस मिलाएर अनुहारमा लगाउँदा विभिन्न खालका खटिरा तथा अन्य खाले छालाका रोग पनि निको हुन्छ र अनुहारमा चमक बढ्छ ।
धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ । यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ ।@खबरचौतारी.कम 

के तपाई स्लीम हुन चाहनुहुन्छ ?


तौल घटाइसकेपछि सबभन्दा गाह्रो भनेको त्यसलाई कायम राख्नु हो । यहाँ सेपमा नै रहिरन मद्दत गर्ने चार कुराहरु दिइएका छन् जसलाई अपनाउँदा तपाईंलाई फाइदा पुर्याउने छ ।
धेरै बेरसम्म नबस्नुहोस्
यदि तपाईं टिभि र कम्प्युटरको अगाडि धेरै बेरसम्म बसिरहनुहुन्छ भने त्यो समयलाई छोट्याउनु होस् र आफ्नो काम गर्ने समयको बिचतिर र घरमै पनि यताउती हिँड्नुहोस् । यसो गर्नाले तपाई नमोटाउने सम्भावना बढि हुन्छ र तपाईंलाई सेपमा नै राख्न मद्दत गर्छ दैनिक व्यायामको लागि समय छुट्याउनुहोस्
तपाईं राम्रो सेपमा नै हुनुहुन्छ भने पनि दैनिक रुपमा व्यायामको लागि आफ्नो समय छुट्याउनुहोस् । तौल घटाउनको लागि प्रयोग गर्नुभएको व्यायाम नै तपाईंले अपनाउनुपर्छ भन्ने छैन तर, केहि न केहि व्यायामले तपाईंलाई सेपमा राख्ने पक्का छ ।
फास्ट फुड खान छोडिदिनुस्
तौल घट्नेबित्तिकै आफूलाई मन लागेको सबैकुरा खान हुन्छ भन्ने भ्रमलाई हटाइदिनुस् । दैनिक आफूले के कुरा खाइरहेको छु भन्ने कुरा याद गरिरहनुपर्छ । चिल्लो खानेकुरा धेरै नखानुहोस् । फास्ट फुड खान छोडिदिनुभयो भने यसले तपाईंलाई राम्रो सेपमा रहिरहन मद्दत गर्दछ ।
सोडा नखानुहोस्
डाइट ड्रिङ्क्स र सोडाले तपाईंलाई मोटो बनाउँछ । त्यसको सट्टा ताजा फलफूलको जुस खानुहोस् । आफ्नो उद्देश्य के हो त्यसलाई याद राख्नुहोस् र खान हुँदैन भन्ने कुरा नखानुहोस् ।@khabarchautari

Saturday, February 23, 2013

पोर्चुगलमा नेपाली कामदारका लागि धमाधम माग

काठमाण्डौं, माघ २४, पोर्चुगलमा नेपाली कामदारका लागि धमाधम माग हुन थालेको छ । नयाँ आकर्षक गन्तव्य मुलुकका रुपमा पोर्चुगलमा माग आउन थालेपछि वैदेशिक रोजगारमा जान चाहने कामदारले त्यसतर्फ अभिरुचि देखाउन थालेका छन् ।

एलाइन्स ह्युमन रिसोर्सेस प्रालिले २६ मंसिरमा एकैपटक ३५ जना नेपाली कामदार पोर्चुगल पठाएर सफलता पाएपछि अन्य व्यवसायीले पनि त्यहाँको रोजगारको मागपत्र धमाधम ल्याइरहेका छन् ।
पोर्चुगलको रोजगरा व्यवसाय गरिरहेका एलाइन्स र ह्युमन रिसोर्सेसका प्रवन्ध सञ्चालक सुदीप श्रेष्ठले पोर्चुगलको रोजगारबाट नेपाली कामदारको पहुँच युरोपेली मुलुकसम्म पुगेको बताएका छन् ।
‘हामी पोर्चुगलमात्र नभएर अन्य युरोपेली मुलुकमा पनि कामदार पठाउन प्रयत्नशील छौं,’ उनले भने, ‘तर युरोपेली मुलुक नेपाली कामदार र्फकने ग्यारेन्टी नेपाल सरकारसँग मागिरहेका छन्,’ उनले भने ।
पोर्चुगल जोन कामदारका लागि त्यहाँ बसोबास गर्ने वातावरण पनि कानुन अनुसार सहज छ । पोर्चुगलले कृषिका लागि आएका नेपाली कामदारलाई ६ देखि ९ महिनाभित्र आवासीय भिसा उपलब्ध गराउने खबर नयाँ पत्रिकाले छापेको छ ।

इजरायल र लिबिया मा फेरी नेपाली का लागि रोजगारी खुल्दै

काठमाण्डौं, फागुन २, नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक इजरायल र लिबियाको रोजगार पुनः खुल्ने भएको छ । यी दुई मुलुकको रोजगार खुलाउन श्रम मन्त्रालयले आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खुड्काले लिबियाको रोजगार खुलाउन वैदेशिक रोजगार प्रवद्धन बोर्डलाई जिम्मेवारी दिईसकेको बताए ।
‘बोर्डको नेतृत्वमा व्यवसायीसमेत लिबियाको वस्तुस्थिति बुझ्न त्यसतर्फ जाने कार्यक्रम छ,’ उनले भने, ‘लिबियामा नेपाली कामदारको माग प्रशस्तै छ ।’
इजरालयलको रोजगार खुलाउन भने नेपाल र इजरायल सरकारबीच समझदारी गर्न कुटनीतिक तहबाट वार्ता अन्तिम चरणमा पुगेको मन्त्रालयलले जानकारी लिएको छ ।
सरकारले खाडी र मलेसियामा केन्दि्रत रोजगारलाई विविधीकरण गर्ने उद्देश्यका साथ इजरायल, लिबियामात्र नभई युरोपेली मुलुकसम्म श्रम गन्तव्यका रुपमा बजारीकरण गर्ने कार्ययोजनालाई अघि बढाईरहेको छ ।