Monday, October 8, 2012

तनावबाट मुक्त हुने ५ तरिकाहरु

भागदौड तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनशैलीमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सिमित तलब अर्थात् पैसाले घर व्यवहारका असिमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि आदि घरेलु तथा बाह्य तनावहरु मान्छेले झेलिरहेको हुन्छ । विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन । आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले यहाँ केही टिप्स प्रस्तुत गरेका छौँ ।

 १. बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।

२. खानपान बदल्नुहोस् : तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।

३. नङलाई बनाउनुस् कलात्मक : अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।

४. विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।

५. पूराना कपडाको रिडिजाइन । के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ । यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ । onlinekhabar

दाँत कसरी जोगाउने?

दसैं-तिहार र छठजस्ता ठूला चाड नजिकिँदै छन् । यस्ता चाडपर्वहरूमा हामी माछामासु, मिठाई र अरू खानेकुरा अरू बेलाभन्दा बढी खान्छौं । स्कुल जानुपर्दैन, घरै बस्ने त हो नि भनेर बिदाको बेला तिमीहरूमध्ये धेरैले समयमै दाँत माझ्दैनौ होला । यसो गर्दा दाँत किराले खान सक्छ । यसै पनि पछिल्लो एक दशकमा स्कुले विद्यार्थीको दाँत किराले खाने, गिजावाट रगत निस्कने समस्या बढिरहेको छ । दाँत कुहिँदा त्यसको सतहमा हुने प्वाललाई क्याभिटी भनिछ । बोलीचालीको भाषामा यसलाई दाँत मा किरा लाग्नु वा दाँत किराले खानु भनिन्छ । दाँत मा कालो खैरो दाग छ र दाँत दुख्छ भने किरा लागेको हुन सक्छ । यस्तो भएमा दन्त चिकित्सककहाँ जानुपर्छ ।
दन्त विशेषज्ञहरूका अनुसार सहरिया बालबालिकाको दाँत मा किरा लाग्ने समस्या धेरै छ । फास्टफुड, चकलेट, बिस्कुट, कुकिज धेरै खानाले यस्तो भएको हो । ग्रामीण बालबालिकाकामा गिजाको समस्या धेरै देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा केही वर्षअघि मुलुकका विभिन्न भागका एक र दुई कक्षामा पढ्ने विद्यार्थीको दन्त स्वास्थ्यस्थिति जान्न अध्ययन गरिएको थियो । यो अध्ययनमा ७० प्रतिशत बालबालिकाको दाँत मा किरा लागेको देखिएको दन्त विशेषज्ञ सुशील कोइराला बताउँछन् । 'पोखराको एउटा बोर्डिङ स्कुलमा एक र दुई कक्षामा पढ्ने ८५ प्रतिशत बालबालिकाको दाँत किराले खाएको पायौं,' डा. कोइराला भन्छन्, 'त्यो स्कुलमा एकदिन बिराएर बालबालिकालाई बिस्कुट र कुकिज दिने गरिएको थियो ।' जंकफुड नखाने र घरमै खाजा बनाएर टिफिन लाने जनकपुरको एउटा स्कुलमा भने बालबालिकाको दाँत राम्रो देखिएको डा. कोइराला बताउँछन् । तर सोलुखुम्बु, नाम्चेको एउटा स्कुलमा भने ७८ प्रतिशत बालबालिकाको दाँत मा किरा लागेको देखियो । त्यहाँ विदेशी पदयात्रीले बालबालिकालाई प्रशस्त चकलेट दिने गरेका रहेछन् । काठमाडौं उपत्यकाका बालबालिकाको दाँत पनि त्यति स्वस्थ छैन । काठमाडौंका सबैभन्दा राम्रा मानिएका स्कुलहरूमा ७० प्रतिशत विद्यार्थीका दाँत मा किरा लागेको देखिएको डा. सुशील कोइराला बताउँछन् । डब्लूएचओको नयाँ आकलनले विश्वभरका ९० प्रतिशत स्कुले विद्यार्थीको दाँत मा किरा लागेको छ । 'बालबालिकाले चकलेट वा गुलियो खानै हुँदैन भन्ने होइन,' डा.कोइराला भन्छन्, 'तर ललिपपभन्दा जेरी राम्रो हुन्छ किनभने यो चपाएर निलिन्छ ।' उनका अनुसार गुलियो चिज धेरै समयसम्म मुखमा रहँदा धेरै असर पुग्छ । चकलेट, कुकिज खइसकेपछि कुनै फलफूल खानु राम्रो हुन्छ । त्यसले दाँत मा टाँसिएको चकलेट, कुकिज, बिस्कुटको अंश हटाउँछ । डा. कोइराला आइसक्रिमभन्दा कुकिजलाई दन्त स्वास्थ्यको दृष्टिले खराब मान्छन् । कुकिज मुखको कुनाकुनामा गएर बस्छ, जब कि आइसक्रिम पग्लन्छ । पाँच वर्षसम्मका भाइबहिनीले आफ्ना अभिभावकको सहयोगमा दाँत माझ्नुपर्छ । दाँत माझ्दा खाने पानीको प्रयोग गर्नुपर्छ । दिनको दुई पटक ब्रस गर्नु राम्रो मानिन्छ । तीन मिनेटसम्म ब्रस गर्नुपर्छ । ब्रसलाई गिँजाबाट दाँत तर्फ लग्नुपर्छ । काइँयो ब्रसले सफा गरेजस्तै गिँजाबाट दाँत तर्फ ब्रस लग्नुपर्छ । यसले गर्दा काइँयोबाट फोहर निस्के जस्तै दाँत मा अड्किएका खाद्य कण, रेसालगायत कुरा सजिलै बाहिर निस्किन्छन् । भाँडा माझेजस्तै बल लगाएर ब्रस गर्नु हुँदैन । ब्रसमा बदामको दानाजति पेस्ट राखेर बिस्तारै सफा गर्नुपर्छ । प्ले ग्रुप नर्सरीका भाइबहिनीको सास गन्हाउने समस्या छ भने टङ क्लिनरबाट जिब्रो सफा गर्नुपर्छ । अनि एउटै ब्रसले महिनौंसम्म दाँत सफा गर्नु स्वस्थकर हुँदैन । हरेक साढे दुई महिनामा ब्रस फेर्नुपर्छ । ब्रस गरिसकेपछि त्यसलाई राम्ररी धोएर छोपेर राख्नुपर्छ । हरेक साता कडा घाममा एक घन्टा ब्रस राख्नु अझ फाइदाजनक हुन्छ । डा. कोइराला खानेबित्तिकै कुल्ला गर्ने हाम्रो चलनलाई कायम राख्नुपर्ने बताउँछन् । कुल्ला गर्नु पनि एक प्रकारले दाँत सफा गर्नु जस्तै हो । यसैगरी गाउँघरमा ब्रस नहुने भाइबहिनीहरूले निमलगायत अन्य दतिवनको समेत उपयोग गर्न सक्छन् । यस्तै नुनले दाँत माझ्नु पनि राम्रै मानिन्छ । तर गाउँघरमा दाँत बढी सेतो बनाउन खरानी, बालुवा आदिले सफा गर्ने चलन पनि हुन्छ । त्यसले चाहिँ दाँत लाई हानि पुर्‍याउँछ ।

दाँत जोगाउने उपाय राति सुत्नुअघि र बिहान खाना खाएपछि ब्रस गर्नुपर्छ । गुलियो, कोल्ड ड्रिंक्स, चलकेट बढी खानु हुँदैन । गुलियो खानेकुरा खाएपछि दाँत सफा गर्नुपर्छ । सागसब्जी, फल, चिज, दूध, दही सेवन गर्नुपर्छ । फ्लोराइड भएको टुथपेस्टले दाँत माझ्नुपर्छ । www.ekanipur.com.np

किड्नीलाइ खराब हुन बाट जोगाउने तरिका

हाम्रो शरीरमा दुइटा मृगौला हुन्छन् । हरेक मृगौला १५० ग्रामको हुन्छ । मृगौला ठूलो सिमीको बियाँ वा राजमाको आकारको हुन्छ । हरेक मृगौला ११ देखि १४ सेन्टिमिटर लामो, ६ सेन्टिमिटर चौडा र ४ सेन्टिमिटर मोटो हुन्छ । यो हाम्रो तल्लो पेटमा ढाडको दुईपट्ट िरहेको हुन्छ ।
हरेक मृगौलाभित्र १० लाख नेफ्रोनहरू हुन्छन् । नेफ्रोनले हाम्रो रगतलाई छान्ने अर्थात रगतमा रहेको विकार वस्तुलाई निकाल्ने काम गर्छ । यसरी निकालेका विकार वस्तुहरू मिलेर पिसाब बन्छ । एउटा वयष्क मानिसमा एक दिनमा समान्यतया २ लिटर पिसाब बन्छ । मृगौलाले छान्ने विकार वस्तुहरूमा युरिया, केरेटेनिन प्रमुख हुन् । मृगौलाले रगतमा रहेको विकार वस्तुलाई छान्नेबाहेक शरीरमा अम्ल र क्षारको मात्रालाई सन्तुलन गर्न पनि मद्दत गर्छ । मृगौलाले रेनिन, इरेथ्रोपोइटिन जस्ता हर्मोन पनि निष्कासन गर्छ । यस्ता हर्मोनहरूले हाम्रो रक्तचापलाई नियन्त्रण गर्छन् । यसले रगत बनाउन पनि मद्दत गर्छ । मानिसको शरीरमा दुईटा मृगौलामध्ये एउटा खराब भए पनि अर्कोले काम गरिरहन्छ । तर दुवै मृगौला एकै पटक खराब हुन पनि सक्छ । दुवै मृगौलाले काम गर्न छोडेको अवस्थामा शरीरमा विकार वस्तुको मात्रा बढेर जान्छ । यसले गर्दा मृत्यु पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रो रगतलाई मेसिन लगाएर सफा गर्नुपर्छ । यसरी रगत सफा बनाउने प्रक्रियालाई डायलासिस भनिन्छ । यसरी डायलसिस गर्नु धेरै महँगो पर्छ । त्यसैले हामीले मृगौला बिग्रनबाट जोगाउनुपर्छ ।
मृगौला जोगाउन हामीले धेरै पानी पिउनुपर्छ । नानीहरू स्कुल जाँदा पनि पानी लानुपर्छ । स्कुलमा प्रशस्त पानी पिउनुपर्छ । हामीले नियमित रूपमा ताजा फलफूल खानुपर्छ । पिसाबमा कुनै खराबी आएमा तुरुन्त डाक्टरकहाँ गएर जचाउनुपर्छ । समयमा नै ध्यान पुर्‍याएमा मृगौला बिग्रिनबाट जोगाउन सकिन्छ ।
मन पर्यो भने Share गर्नुहोस :

अब बिबाहितहरु मर्निगवाक किन जाने??

आफ्नो जीउलाई तन्दुरुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्न मर्निङवाक गर्ने प्रचलन आम छ। कतिपयले मर्निङवाकसँगै बिहानीपख कसरत पनि गर्छन्। मर्निङवाक वा कसरत दुवै स्वास्थ्यका लागि फाइदाजनक नै छन्, तर बढी परिश्रमबिना नै स्वास्थ्यलाई फाइदा पुर्‍याउने अर्को कर्मका बारेमा चाहिँ हामी धेरैलाई जानकारी नहुन सक्छ। विज्ञहरूले बिहानीपख यौनसम्पर्क गर्नु मर्निङवाक वा व्यायामभन्दा पनि हितकर हुने बताएका छन्। बिहानीपखको यौनसम्पर्कले शरीरका मांसपेशीलाई तन्दुरुस्त बनाउनुका साथै रक्तसञ्चार र मुटुलाई समेत स्वस्थ राख्छ। क्यानाडाको क्विन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले बिहानीपखको यौनसम्पर्कका अरू विभिन्न फाइदासमेतभएको पत्ता लगाएको छ ।
बिहानीपखको सेक्सले माइग्रेनजस्तो टाउको दुख्ने समस्यालाई कम गर्छ। यौनसम्पर्कको एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा कम हुन्छ। बिहानीपखको यौनसम्पर्कले शरीरमा रक्तसञ्चार सन्तुलित गर्दै उच्च रक्तचापको खतरा कम गर्छ। कन्डम नलगाई गरिने यौनसम्पर्कले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्छ। जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानीपखको यौनसम्पर्कले कम गर्छ। बिहानीपखको यौनसम्पर्कले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्छ। यौनसम्पर्कका क्रममा व्यक्तिमा त्यस्तो हार्मोन निस्कन्छ।