Thursday, October 11, 2012

यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ होला ?

महिलाहरुमा यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ होला ? जर्मनीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरु महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वाधिक सेक्स चाहना राख्ने र पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको छ । युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । अनुसन्धानकर्ताहरुकाअनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । अध्ययनमा सामेल महिलाहरुलाई कुन समय यौनसम्बन्ध राख्दा बढी आनन्द महसुस हुन्छ ? भन्ने प्रश्न सोधिएका थियो । अनुसन्धानकर्ताहरुले महिनावारी पूरा ५ देखि ७ दिनसम्म यौनसम्पर्कमा लागि महिलाहरु सबैभन्दा धेरै सक्रिय हुने बताएका छन् । जसको कारण उनीहरुले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने गरेको बताएका छन् । यो समयमा उनीहरुमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा सम्पर्कको तीव्र इच्छा हुने देखिएको छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आनन्ददायक हुन्छ । अध्ययनमा महिनामा तीन दिन सेक्स गरे सम्बन्ध बढी समुधुर हुने गरेको पनि पाइएको छ ।

No comments:

Post a Comment