Thursday, October 11, 2012

जमिनमा बसेर खाना खानुका फाइदाहरू

अहिलेको आधुनिक समयले हाम्रो दिनचर्यालाई धेरै नै परिवर्तन गरिसकेको छ । हामीले गर्ने हरेक कामको तरिकाहरू फरक हुँदै गएका छन् । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबलमा बसेर खाना खान रूचाउँछौ । हामी पहिले जमिनमा पलेटी कसेर खाना खाने गर्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् ।
 
 यदी जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने उनीहरूको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।
 

जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त:
- जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
- जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
- सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
- यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउछन्
- यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
- यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।

No comments:

Post a Comment