Wednesday, September 5, 2012

औषधिको प्रयोग विना दिमाग तिक्ष्ण वनाउने तरिका के के छ ?

मानिस जहिले पनि आफुलाई अरुको सामुन्ने आकर्षक व्यक्तित्वको रुपमा राख्न चाहन्छ । यसको लागि मानसिक स्वास्थ्य स्वस्थ मानसिकता र चम्किलो अनुहारमा ध्यान पु¥याउनु आवश्यक हुन्छ । यो वैज्ञानिकको सत्यताबाट प्रमाणित भैसकेको छ की क्रियाशील दिमाग र इमान्दारिता एवं चम्किलो अनुहार जस्ता प्रतिभाको कारण कुनै पनि मानिस समाजको अगाडि स्थापित भएर रहन सक्छ । जसमा इमान्दारिता र सदैब क्रियाशील दिमाग रहन्छ उनीहरुले साथीहरु पनि धेरै बनाउन सक्छन् । यस्तो हुनु मानिसमा रहेको विलक्षण प्रतिभाको कारण नै हो । तिखो एवं तिक्ष्ण वुद्धिका मानिसहरु सदैव अरुमा सामुन्ने आकर्षक विन्दुका रुपमा रहन सफल हुन्छन किन भने इमान्दारिता आफैमा एउटा आकर्षक गुण हो । त्यसको साथै आफुसँग भएको तिक्ष्ण दिमागले आफनो जीवनको दौडमा सदैव अगाडि पु¥याउन ठूलो मद्दत पु¥याई रहेको हुन्छ । प्रकृतिले सवै मानिसहरुलाई दिमागी तिक्ष्णता दिएको हुन्छ । तर सबै मानिसहरु उही प्रकृति र मेधावी प्रतिभा भने वन्न सक्दैनन् । त्यस कारण सवै मानिसहरु आफुलाई तिक्ष्ण दिमागको रुपमा प्रस्तुत गर्न डाक्टरी औषधिको सेवन गरेको पाइन्छ तर वास्तवमा यो त्यति प्रभावकारी तरिका भने होइन । वुद्धिमान दिमाग सधै विलक्षण एवं तिक्ष्ण राख्नका लागि डाक्टरी औषधिको प्रयोग विना नै वैज्ञानिक तरिकाहरुको वर्णन यसमा गरिएको छ । सर्व प्रथम तपाईले आफनो दिमागलाई तिक्ष्ण वनाउनु भन्नाले चुनौती पूर्ण कार्य भनेर भन्न सकिन्छ । यसलाई चुनौती दिनका लागि सधै चेस, पजल्स त्यसै गरी बुद्धिचाल जस्तो दिमागी खेल खेल्नु आश्यक हुन्छ । यी खेलहरु केवल मनोरञ्जनको लागि मात्र नभएर दिमागलाई तिक्ष्ण वनाउनका लागि वनाईएको हो । तिक्ष्ण दिमागको लागि शारीरिक अभ्यास एउटा उत्तम उपाय हो । शारीरिक अभ्यासले हाम्रो शरीर र दिमाग लगायत विभिन्न भागहरुमा रगतको प्रवाहमा तिव्रता ल्याउने काम गर्दछ । वैज्ञानिकहरुको भनाई अनुसार शारीरिक अभ्यासको कमीमा दिमागको क्षमतामा पनि ह्रास आउने हुनाले यसो हुन नदिनका निमित्त सामान्यतया दिनको ३० मिनेट जति कुनै पनि शारीरिक अभ्यास गर्नाले शारीरिक तथा मानसिक क्षमतामा वृद्धि हुन्छ । त्यसै गरी तिक्ष्ण दिमागका लागि हामीमा भएका शव्द भण्डारहरुमा दैनिक रुपमा नयाँ नयाँ शव्दको अर्थ पत्ता लगाई शव्द भण्डारको वृद्धि गर्दै लैजानु पर्दछ । वैज्ञानिकहरुको भनाई अनुसार शव्दको भण्डारले हाम्रो दिमाग जहिले पनि क्रियाशील हुन मद्दत पुग्दछ । हामी कही कतै हिडिरहेको समय वा चुपचाप वसिरहेको समयमा हामीले हाम्रो वरीपरीका वातावरणको अध्ययन गर्नु पर्दछ । यसरी वरीपरीको वातावरणको अवलोकन गरी सधै भरि दिमागलाई क्रियाशील वनाउनु आवश्यक छ । एउटा स्वथ्य दिमागको लागि दैनिक रुपमा हामीले पिउन योग्य पानी प्रसस्त मात्रामा पिउनु पर्छ किन भने हाम्रो दिमागको सम्पूर्ण भागमध्ये ८५ प्रतिशत भाग पानीले भरिएको हुन्छ । मानिसले दैनिक कार्यव्यस्तताको क्रममा विभिन्न किसिमका हरहिसावहरु गर्नु पर्ने हुन्छ । आजकल प्रविधिको विकास क्रमले प्रत्येक मोवाइलमा क्याल्कुलेटर हुनाले सानो तिनो हिसाव पनि यसकै माध्यमले गर्ने वानी वसिसकेको छ । तर वास्तवमा यो दिमागलाई तिक्ष्ण वनाउने तरिका भने हैन । त्यस कारण विद्युतीय माध्यममा पूर्ण भर नपरी दिमागवाट नै क्याल्कुलेशन वा हिसाव गर्ने हो भने हाम्रो दिमाग सदैव क्रियाशील एवं तिक्ष्ण भइ रहन्छ ।

अमिलो खानेकुराले मुखमा ऱ्‍याल उत्पन्न कसरी हुन्छ ?

अमिलो खानेकुराले मुखमा ऱ्‍याल उत्पन्न कसरी हुन्छ ? 

हाम्रो मुखभित्र तीन जोडी ऱ्‍यालका ग्रन्थीहरू हुन्छन : एक जोडी कान
नजिक, एक जोडी जिब्रो मुनि र अर्को तल्लो बङ्गारा मुनि । यी ग्रन्थीहरू
यान्त्रिक तरिकाबाट संचालन हुदैनन् । यिनीहरूको मस्तिष्कसित सीधा सम्पर्क
रहेको हुन्छ । यसकारण मस्तिष्कले कुनै कुराको अनुभूति पाएपछि त्यसको असर
ग्रन्थीमा पर्छ र त्यसबाट मुखमा रस (ऱ्‍याल) निस्कन्छ ।

हामीलाई ज्वरो कसरी आउँछ ?

ज्वरो आफैं रोग होइन, यो त अरू नै कुनै रोगको लक्षण मात्र हो । तर ज्वरो कसरी आउँछ त ?
हाम्रो शरीरमा कुनै रोगको किटाणु पसेर संक्रमण गर्नथाल्यो भने हम्रो शरीरभित्र पहरा दिइरहेका रोगप्रतिरोधात्मक क्षमता समुहमध्ये एक माइक्रोफेजले थाहा पाइहाल्छ, बाहिरका शत्रुहरूले हमला गरेका छन भनेर । त्यसपछि माइक्रोफेजले भ्याएसम्म किटाणुहरूलाई निल्न थाल्छ । माइक्रोफेजको चहलपहल बढेपछि अर्को शरीरको सुरक्षादल टी सेल र इन्टरफेरोन्सले थाहा पाउछन र तिनीहरू पनि शत्रुसितको युद्धमा सामेल भइ लड्न थाल्छन । यसरी युद्ध गर्दा पनि शत्रु नसकिएमा टी सेलको युद्धको चाल पाएर अर्को शरीर रक्षादलका सदस्य बी सेल लगायत अन्य सेलहरू पनि सामेल हुन्छन । बी सेलले एण्टीबडीको निर्माण गर्दछन । एण्टीबडी भनेको Y आकारको प्रोटिनकै पिण्ड हो, जसले भाइरस वा व्याक्टेरियालाई राम्ररी चिन्छन र उनीहरूसँगै मिलेर शत्रुलाई निस्तेज गरिदिन्छ । यदि यस्तो गर्दा पनि शत्रुपक्ष हारेनन् भने युद्धको अन्तिम रणनीति अनुसार साइटोक्सिन टी सेलले घातक रासायनिक हतियाररूपी अर्को प्रोटिन-पिण्ड प्रहार गर्दछन र शत्रुपक्षलाई धराशयी गराउँछन ।
यसरी कुनै रोग लाग्दा शरीरमा लडाइ हुन्छ । शरीरमा अधिक इन्जाइम, हर्मोन र रक्तकोषहरूको निर्माण गर्नुपर्ने हुन्छ । फलस्वरुप शरीरमा रगतको प्रवाह बढ्न जान्छ । यहि कारणले गर्दा शरीरको तापक्रम सामान्य अवस्थाको तापक्रम ९८.६ भन्दा वृद्धि हुनपुग्छ । शरीरको यही तापक्रम बढ्ने प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं ।

खुर्सानी किन पिरो हुन्छ ?

तपाइँलाई पक्कै पनि खुर्सानी पिरो हुन्छ भन्ने कुरा थाहा छ - तर यसको पछाडि के कारण छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ । खुर्सानीमा 'क्याप्साएसिन' नामक रसायन हुन्छ । त्यसले नै हामीलाई पिरो स्वादको अनुभूति गराउँछ । क्याप्साएसिन रसायनको मात्रा जिरे खुर्सानीमा अत्याधिक हुन्छ । त्यसैले जिरे खुर्सानी निकै पिरो हुन्छ र भेडे खुर्सानीमा यो रसायन थोरै परिमाणमा हुन्छ । त्यसैले भेडे खुर्सानी खासै पिरो हुँदैन । खुर्सानी पदार्थले र्‍याल ग्रन्थीलाई सक्रिय पारेर र्‍याल उत्पादनमा वृद्धि ल्याउँछ र त्यही र्‍यालले 'क्याप्साएसिन' पदार्थलाई बगाउँछ र हामी पिरो अनुभूतिबाट छुट्कारा पाउँछौं ।

कसरी चलाउने मोबाईलबाट कम्प्यूटरमा जसरी फेसबुक ??

- सबैभन्दा पहिला आफ्नो मोबाईलको वेब ब्राउजरमा गई फेसबुक खोल्नुहोस् र आफ्नो एकाउन्टमा Log In गर्नुहोस् ।

- Log In गरीसकेपछि ब्राउजरको Address Bar मा www.facebook.com/home.php टाईप गरेर ok गर्नुहोस्, काम सकियो ।
अब तपाईको मोबाईलमा फेसबुक कम्प्युटरकै जसरी खुल्नेछ र तपाईले मज्जाले चलाउन सक्नुहुनेछ । कुनै समस्या आईपरेमा हाम्रो फेसबुक पेज वा तलको कमेन्ट बक्स प्रयोग गर्न सक्नुहुन्छ ।

गीत बाट भोकल हटाएर संगीत मात्र राख्ने सफ्त्वार

http://bigyan-prabidhi.blogspot.com/2012/05/vocal-track-software.html

राशि अनुसारको प्रेम सम्बन्ध

१. मेष राशि
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभाव यो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ ।
२. वृष राशि
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु यो राशिका महिलापुरुषको कमजोरी हो । वृष राशिका मानिसले मेष, वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।
३. मिथुन
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ । खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक राशिसँगको प्रेम भने असफल हुन्छ ।
४. कर्कट राशि
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् । विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल हुने देखिन्छ ।
५. सिंह राशि
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् । तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष, मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।
६. कन्या राशि
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् । तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् ।  वृष र सिंह राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।
७. तुला राशि
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक हुन्छ ।
८. वृश्चिक राशि
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् । भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् । शंका गर्ने बानीका कारण प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।
९. धनु राशि
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ । यिनीहरु आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् । आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल हुन्छ ।
१०. मकर राशि
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । प्रेम प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् । यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ । यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै हुन्छ ।
११. कुम्भ राशि
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार हुन्छन् । तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।
१२. मीन राशि
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन् । यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध भने असफल हुने सम्भावना धेरै हुन्छ ।
(विभिन्न ज्योतिषिय आलेखहरुमा आधारित)

चर्चित र रोचक प्रेमवाणीहरु

प्रेम सम्बन्ध चाहे त्यो हप्तादिनमा टुटोस्, वर्षदिन सम्म चलोस् वा जिवनभरको लागि किन नहोस् यो मान्छेले सबैभन्दा चाहना गर्ने विषय हो । प्रेमका अर्थ विविध हुनसक्छन् वा सम्बन्धका आयाम भिन्न हुनसक्छन् तर प्रेमलाई सबैभन्दा पवित्र नाता भनिन्छ । प्रेममा विश्वका महापुरुष पनि आयलकायल थिए र छन् । प्रेमका विषयमा विश्वका चर्चित व्यक्तिहरुले आ–आफ्ना परिभाषा दिएका छन् । प्रस्तुत छ प्रेमको विषयमा भनिएका केही चर्चित भनाइहरुः

१. यदि तपाईं मानिसहरुलाई मुल्यांकन गर्न थाल्नुभयो भने तपाइँसँग उनीहरुलाई प्रेम गर्ने समय बाँकी रहनेछैन । -मदर टेरेसा
२. प्रेममा परेपछि सबै मान्छे कवि बन्दछन् । -प्लेटो
३.अनुपस्थितिले धैर्यलाई दबाउँछ र चाहनालाई बढाउँछ जसरी हावाले मैनवत्तीलाई निभाउँछ तर भुग्रोबाट आगो सल्काउँछ । – फ्रान्सेली लेखक फ्रान्कोइस डे ला रोचेफोकाल्ड
४. प्रेमको उपचार भनेको अझै बढि प्रेम गर्नु हो । -हेनरी डेभिड थोरेउ
५.प्रेम त्यो अवस्था हो जहाँ तिम्रो लागि अर्काको खुसी आवश्यक पर्छ ।-रोबर्ट ए हेनलीन
६. प्रेम पूर्ण इमान्दारिता हो । मानिस निरास हुनसक्छ, निरास देखिन सक्छ तर इमान्दारिता कहिल्यैपनि ओइलाउँदैन । तपाइँ कुनै व्यक्तिमाथि धेरै आश्रति हुनसक्नुहन्छ र उसैको आधारमा आफ्नो समय तय गर्नसक्नुहुन्छ । हो प्रेम भनेको त्यहीँ इमान्दारिता हो जुन हेर्दा उतिसारो उत्तेजनापूर्ण नहुन सक्छ । – सिल्भेस्टर स्टालोन
७.प्रेम त्यो हो जहाँ तिमीले मेरो कानमा होइन मुटुमा साउती मार्छौ र ओँठमा होइन आत्मामा चुम्बन गर्छौ । – जुडी गार्लान्ड
८.तपाइँको सम्पूर्ण चाहना नै प्रेम हो । – जोन लेनोन
९. यदि तपाइँले कोहीबाट प्रेम चाहनुहुन्छ भने उसलाई प्रेम गर्नुस् र मायालु बन्नुस् । – बेन्जामिन फ्रान्कलिन
१०. साँचो प्रेमको मार्ग सरल हुन्छ । – विलियम शेक्सपियर
११. प्रेममा तपाइँ निदाउन सक्नुहुन्न किनभने सपना भन्दा विपना नै राम्रो हुन्छ ।
१२. प्रेम किन्नु पर्दैन र आकर्षण अमुल्य हुन्छ ।
१३· प्रेमीको एक पल सामान्य मान्छेको जीवनभर भन्दा पनि मुल्यवान हुन्छ ।
१४· गुलाबले प्रेमको भाषा बोलिरहेको हुन्छ जुन भाषा मुटुले मात्र बुझ्दछ ।
१५· चुम्बन प्रकृतिले सिर्जना गरेको यस्तो हतियार हो की शव्दहरु अनियन्त्रित हुँदा त्यसलाई रोक्न यसको प्रहार हुन्छ ।
१६· प्रेमको अंकगणितमा १ प्लस १ बराबर सबैचिज हुन्छ भने दुई माइनस एक बराबर शुन्य हुन्छ ।
१७· प्रेममा दुई चिज हुन्छन्, शव्द र शरीर
१८· प्रेम आत्माको सौन्दर्य हो ।
१९· प्रेमको सुरुवातमा हुने चुम्बन सबैभन्दा मीठो हुन्छ ।
२०· कसैलाई गहिरो प्रेम गर्दा शक्ति प्राप्त हुन्छ भने प्रेम पाउँदा उत्साह प्राप्त हुन्छ ।
२१· प्रेम त्यस्तो कपडा हो जुन दुःख र प्रतिकुलताको पानीले जति धोएपनि खुइलिँदैन ।
२२· तिम्रै कारण मेरा रातहरु घमाइला बिहानी बनेका छन् ।
२३· दुनियाँमा पुरुषका लागि बनेको सबैभन्दा महंगो चिज नै महिलाको हृदय हो ।
२४· प्रेम खुसीको ढोका खोल्ने साँचो हो ।
२५· सपना र प्रेममा असम्भव भन्ने चिज केहीपनि हुँदैन ।
२६· तिमीभित्र म हराउँछु, तिमी नहुँदा फेला पर्छु तर फेरी हराउन चाहन्छु ।
२७· मलाई चुम्बन गरे तिमीले तारा देख्नेछौ । यदि माया गर्यौ भने तिमीलाई मैले तारा दिनेछु ।
२८· दुनियामा यस्ता मानिसहरु पनि हुन्छन् जसले तिम्रो मुस्कानको सपना देख्छन् ।
२९· प्रेम आगोमा बालिएको मित्रता हो ।

प्रेम प्रसँग

विश्वका चर्चित ५ प्रेम प्रसँग :

भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेत दाउमा राखे । त्यहीँ त्याग र समर्पणका कारण उनीहरु अमर प्रेमी बने प्रेमजोडीहरुले अहिले पनि सम्भिmरहन्छन् र आफुहरुको प्रेमसँग तुलना गर्छन् । त्यस्ता अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-
एन्टोनी र क्लियोपेट्रा
इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी समर्पणको उच्चनमुना मानिन्छ । इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन् उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो जसबाट मै हुँ भन्ने पुरुषसमेत हायलकायल हुन्थे । उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए । उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक जनरल मार्कससँग मिलेर सासन चलाउन थाले । सत्ताका सर्वेसर्वा रहेका एन्टोनीले इशापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे । आखिर क्लियोपेट्राको सोही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो । एन्टोनी प्रेममा यति पागल बने कीउनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्ट आए ।
एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनी विवाह गरिसकेका थिए । त्यसैले बहिनीज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्रा विरुद्ध युद्ध घोषणा गरे । आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रुपमा अघि बढ्यो र त्यसमा इजिप्टले हार्यो र एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे । उनीहरुलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो खबर सुनाइयो । प्रेमिकाको मरणको खबर सुन्ननसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमा तरबार घोँचे । मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि जेलमालगियो जहाँक्लियोपेट्रा थिइन् । एन्टोनीले जेलमै क्यिलोपेट्राको काखमाअन्तिम स्वास फेरे । प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले कोहीव्यक्तिमार्फत जेलमाविषालु सर्प मगाइन् । उक्त सर्पलाई आफ्नो छातिमा राखेर डसाइन् र मृत्युवरण गरिन् । त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव गाडेको ठाउँमै लगेर गाडियो ।
नेपोलियन र जोसेफाइन
फ्रान्सका सासक नेपोलियन बोनापार्ट र एकजना सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय छ । नेपोलियन जब सेनाको सामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२ वर्षकीविधुवाजोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन् १९७६ मा उनीहरुको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन् । श्रीमतीको बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियनआगो भए र डिभोर्सको प्रस्ता गरे तर जोसेफाइनले गल्तीको लागि माफी मागिन् र तत्कालकालागि सम्बन्ध विच्छेद हुनपाएन ।
जब नेपोलियन सन् १८०४ मा प|mान्सको सर्वोच्च सासक बने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो । तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन र उनीहरुबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्टि्रयाकी म्यारीसँग विवाह गरे र छोरो पनि पाए । तर दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिगि्रन थाल्यो । उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुपर्यो । जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी व्यक्तित्व नेपोलियनले जोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए । तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो ।
जार निकोलस द्धितिय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर दुबैप्रेम गहिरो प्रेम बस्यो र एकअर्कामा छुटिन नसक्ने अवस्थामा पुगे । उनीहरुबीच सन् १८९३ माइन्गेेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रुसका राजा बने । राजगद्धी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्धितियको विवाह भयो । तर विवाहपछि जार निकोलस रानीअलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताप्रति ध्यान दिन छाडे । फलतःजनतामा असन्तुष्टी बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राज दम्पत्तीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए । रुसी जनताले साइबेरिया भागेका जार निकोलस र रानीअलेक्जेन्ड्रा लगायतअन्य राजपरिवारलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा सबै राजपरिवारको हत्या गरे । यसले जार निकोलसको प्रेम कहानीमात्र सकिएन रुसमा सदियौँदेखिको जार शासनपनि समाप्त भयो ।
राजकुमार इडवार्ड र वालिस
बेलायती वेल्सका राजकुमार इडवार्ड र अमेरिकी महिला वालिसको प्रेमप्रसँग पनि निकै चर्चित छ । इडवार्डले वालिसको प्रेमकालागि राजगद्धी नै त्यागेका थिए । विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए । राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहितसँग प्रेम गर्नु सामान्य कुरा थिएन । त्यो प्रेम प्रसँगले बेलायती संसदमै ठूलो हंगामा मच्चाएको थियो । बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा त बने तर राजा रहिरहनको लागि उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो । इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम रोजे र रेडियोमार्फत राजगद्धी त्यागेको घोषणा गरे ।
भोल्तेयर र इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर र सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेम सम्बन्ध पनि निकै चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो र दुबैजना सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयरबीचको प्रेम सम्बन्ध बौद्धिक र दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो ।

मह र मौरी सम्बन्धी केही रोचक जानकारी

मह बनाउने मौरी एक घण्टामा औसत रूपमा 13 देखि 15 माइलसम्म उडन सक्छ ।
एक औन्स मह उत्पादन गर्नको लागि एउटा मौरीले औसत रूपमा 1600 चक्कर यात्रा
गर्ने गर्छ । त्यसले एक चक्कर काट्नको लागि करीब 6 माइलको यात्रा गर्ने
गर्छ । यस हिसबले हेर्ने हो भने एउटा मौरीले 2 पौण्ड मह उत्पादन गर्नको
लागि पृथ्वीलाई चार पटक चक्कर लगाउन लाग्ने बराबरको दूरी यात्रा गर्ने
गर्छ ।
एक पौण्ड मह उत्पादन गर्नको लागि मौरीहरुको समूहले 20 लाखवटा फूलहरूको
चक्कर काटेको हुन्छ ।
मौरीको एउटा घारमा 40-45 हजार मौरीहरू हुन्छन ।
मानिसको लागि खानेकुरा उत्पादन गरिदिने एउटै मात्र कीरा मह उत्पादन गर्ने
मौरी हुन ।
एक पौण्ड मैन उत्पादन गर्नको लागि मौरीले 8 पौण्ड मह खाएको हुन्छ ।
मौरीको घारको औसत तापक्रम 93.5 डिग्री हुने गर्दछ ।
रानी मौरीले एक दिनमा करीब 2 हजार वटा अण्डाहरु पार्ने गर्छे ।

७ रोचक कुराहरु

१.सुन्ने शक्ति
यस पृथ्वीमा भएका प्राय सबै प्राणिहरु कानले सुन्ने गर्दछन । तर कृकेट्स नामक जिव घुडाले सुन्द्छ भन्ने सिकडा नामक समुन्द्री जिव पेट्ले सुन्ने गर्दछ ।
___________________________________________________

२.कछुवलाई मृत्युदण्ड
हत्याको अभियोगमा जुलाई 1981 मा एक कछुवालाई मृत्युदण्ड्को सजाए सुनाइएको थियो । द्क्षीणि अफ्रीका को क्यासिनको एक गाउँमा त्यहाँका आदिवासिहरुको ६ जना मानिसको हत्याको शंकामा एक कछुवालाई दोषी ठहप्याएको थियो । उनिहरुको विश्वास थियो कि कुनै जादुद्रारा कछुवाले नै ति मानिस हरुलाई मारेको हुनु पर्दछ । त्यो कछुवालाई साङ्लोद्रारा रुखमा बाँधियो पछी सरकारले त्यो मृत्युको जाँच गर्ने कसम खाएपछी मात्र उक्त कछुवालाई मुक्त गराइ जीवनदान दिएको थियो ।
___________________________________________________


३.दुई प्रकार को दुध
पोथी रातो कंङगारू एकै समयमा आफ्नो स्तन वाट दुइ प्रकारको दुध दिने गर्दछ । यस्तो प्रकारको कंङगारू प्राय अष्ट्रेलियामा पाइन्छ ।
___________________________________________________
३.भाले आमा
जन्तु जगतमा समुद्री घोडा एक यस्तो प्रजाती हो, जसमा भालेले वँच्चा जन्माउँछ वास्तवमा भालेको पेटमा एक प्रकारको थैली हुन्छ । जहाँ पोथिले निकालेको अण्डा भालेले राख्दछ । जव ति अण्डाहरुबाट वच्चा निस्कन्छ्न तव यस्तो लाग्छ कि भालेले वच्चा जन्माउँदो रहेछ ।
___________________________________________________
४. सर्वाधिक टाटु
न्युजिल्यान्डका लक्की डाइमण्ड रिच को शरिरमा सर्वाधिक टाटु भएका व्यक्ती हुन । उनको शरिर मा छाला देखिने भागभरी टाटु छ । उनको आफ्नो शरिरमा १ सय भन्दा बढी टाटु आटिस्ट्को सहयोगमा १ हजार भन्दा बढी घन्टा खर्चेर टाटु खोपाएका हुन ।
___________________________________________________

५.सबैभन्दा लामो रोष्ट
मेक्सिकोमा वार्षिक रुपमा आयोजना हुने रोष्ट डि रियास महोत्सवमा यो वर्ष तयार पारिएको रोष्ट अहिले सम्मकै सवार्धिक लामो मानियो । ६ सय २० मिटर लामो रोष्ट १२ हजार किलोग्रामको थियो । उक्त परिकार २ लाख ५० हजार व्यक्तिलाई खान दिइएको थियो ।
___________________________________________________
५.तिब्र गतिको पौडि
सबैभन्दा तिब्र गतिले पौडी खेल्न सक्ने मनिसले प्रतिघन्टा सढे ९ किलोमिटर दुरी पार गर्न सक्छ भने सोही समयमा डल्फिन्ले ५६ किलोमिटर दुरी पार गर्न सक्छ ।
___________________________________________________
६.मुसा
पानी नपिई लामो समय सम्मा वाँच्चने प्राणी उटँलाई मनिए पनि अनुसन्धानले उटँभन्दा मुसा लामो समय सम्म पानी नपिई वाँच्न सक्ने देखाएको छ ।
___________________________________________________
७.बढी तौलको मस्तिष्क
मनिसको मस्तिष्कको तौल सरदर १ हजार ३ सय ७५ ग्राम हुन्छ । रुसका उपन्यासकार तुर्गनेमको मस्तिष्कको तौल २ हजार २१ ग्राम थियो ।

...रेखालाई प्रचण्डको...

राजनीतिक रुपमा तयार हुन रेखालाई प्रचण्डको आग्रह:

एकिकृत नेपाल कम्युनिष्ट पार्टि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नायिका रेखा थापालाई राजनीतिक रुपमा तयार हुन आग्रह गरेका छन् ।

चलचित्र विकास वोर्डको अध्यक्ष बन्नका लागि प्रचण्ड निवासमा लविङ गर्न पुगेकी नायिका थापालाई प्रचण्डले राजनीतिमा आउन आग्रह गरेका हुन् । श्रोतका अनुसार, राजनितीक रुपमा तयार भए रेखालाई माओवादी पार्टिले चुनावका लागि टिकट दिने संकेत गरेको छ ।
प्रचण्डले रेखालाई पश्चिमको कुनै जिल्लाबाट चुनावमा उठाउने सोचाई बोकेका छन् । तर यसका लागि रेखा राजनितीक रुपमा तयार हुनु पर्ने प्रचण्डको भनाई थियो ।
प्रचण्डको भनाई उर्द्धत गर्दै श्रोतले भन्यो, ‘सामाजिक छवि उच्च रहेकाले तपाई सम्भावना छ, यसैले तपाई राजनीतिमा आउनुपर्दछ ।’ नायिका थापाले आफु राजनीतिमा आउन चाहेको बताउदै पार्टिले सहयोग गर्नुपर्ने धारण प्रचण्डसामु राखेकी थिईन् ।
सिनेमा क्षेत्रबाट बिस्तारै टाढा हुदै नायिका थापा राजनीतिमा आउने सोचाईमा छिन् । यसका लागि उनले पहिलो खुड्किलोको रुपमा विकास वोर्ड ताकेकी हुन् ।

नेपाली समय

http://www.clocklink.com/

तास सम्वन्धी रोचक जानकारी

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।
अर्थात  :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थात  १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । Leap Year अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाकी रहेको एउटा थप जोकरा Leap Year को लागी हो ।
 
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

माया प्रेम नाप्ने डिग्री

http://www.love-calculator.org/love-10.htm

पति–पत्नीबीचको रोचक प्रसंग

मानव जातिद्वारा विकसित सँस्कारहरुमध्ये विवाह सबैभन्दा महत्वपूर्ण सँस्कार रहेको पाइन्छ । विवाहको बन्धन भावनात्मक तथा कोमल हुन्छ । आपसी समझदारीको अभावमा जब दाम्पत्य जीवनमा फाटो उत्पन्न हुन्छ, त्यसैको फलस्वरुप पारपाचुकेले जन्म लिन पुग्दछ । पारपाचुकेको पृष्ठभूमि हेर्ने हो भने प्रायशः व्यक्तिगत, आर्थिक तथा सामाजिक कारणले गर्दा भएका पाइन्छन् । यहा“ पारपाचुकेका यिनै अनौठा परम्पराहरुबारे उल्लेख गरिएको छ ।
केही समयअगाडि नीस (फ्रान्स) निवासी ९९ वर्षीया वृद्ध महिलाले अखबारमा वैवाहिक विज्ञापन छपाएकी थिइन्–‘आवश्यक छ, ज्यादाभन्दा ज्यादा २२ वर्षीय एक सुन्दर स्वस्थ युवकको । मैले अहिलेसम्म ६४ जनास“ग छोडपत्र गरिसकेकी छु ।’



उडिसाको औराली गाउ“का ६२ वर्षीय उदयनाथले अहिलेसम्ममा ८० पटक विवाह गरिसकेका छन् । उदयनाथका ५९ जना पत्नीहरुले विवाह गरेको केही समयपश्चात् पारपाचुके गरिसकेका छन् । १४ वटी पत्नीहरु मरेर गइसकेका छन्, १० जना उनलाई छाडेर गइसकेका छन् भने ५ जना उदयनाथस“गै बसिरहेका छन् ।
प्रागका तीन वर्षीय कार्ल लुन्माकले आप्mनो विवाहको केवल ९० मिनेटपछाडि आप्mनी पत्नीस“ग पारपाचुके गरेका छन् । पारपाचुकेको प्रार्थनापत्रमा पारपाचुके गर्नुपर्ने कारण के थियो भने उसकी पत्नीले विवाहको बेला चर्चमा सुन्दर युवकलाई एकटकले हेरिरहेकी थिर्ई ।
अष्टे«लिया, सिड्नीका ४० वर्षीय फिन हेरिसले अदालतसामु न्यायको भीख माग्दै भनेका थिए–मेरी पत्नी मेरो का“धमा उभिएर एउटा काठको टुक्राले आप्mनो सुत्ने कोठामा भएको पंखा घुमाउ“दछे । यसबाट मलाई धेरै दुःख भइरहेको छ । अदालतले हेरिसको पीडालाई ध्यानमा राखी छोडपत्र मन्जुर गरेका थिए ।
न्युयोर्ककी एक महिलाले आप्mना पतिस“ग यस कारण पारपाचुके लिएकी थिइन् कि उनका पतिले आप्mना पाल्तु सुगालाई ‘भुतनी, चा“डो उठ’ भन्ने वाक्य घोकाएका थिए ।
जुझोनाइता (नर्वे) की ४१ वर्षीया महिलाले आप्mना पतिको खुइलिएको तालुको कारणले गर्दा छोडपत्र गरेकी थिइन् । उनको विवाहको बेला उनको पतिको तालु खुइलिएको थिएन ।
लस एञ्जल्सकी एक दिवानी एलविन आकमेनले आप्mना पतिले लेखेको पुस्तक ‘आत्महत्याका सयकडौं तरिका’ को भूमिकामा आप्mनी पत्नीको प्रेरणाद्वारा पुस्तक लेखिएको हो भन्ने लेखेकाले गर्दा आप्mना पतिस“ग पारपाचुके गरेकी थिइन् ।
लस एन्जल्समा नै सन् १९८५ अगष्ट ३१ का दिन एक अत्यन्त महङ्गो पारपाचुके भएको थियो । अमेरिकाका सर्वाधिक लोकप्रिय टिभी स्टार जौहिनी केरशनले आप्mनी पत्नीस“ग पारपाचुके गरे, जसमा आप्mनी पत्नीलाई २२ लाख डलर नगद, ३० वटा घर, २ वटा कारका साथै स्टकको आधा शेयर दिएका थिए ।
विष्कासिन (अमेरिका) मा इडास्टर्न (९१ वर्ष) र उनका पति साइमन (९७ वर्ष) का दुई दम्पत्तिहरुको पारपाचुके सन् १९८४ फरवरी २ मा भएको थियो । यही पारपाचुके सबैभन्दा बढी उमेरको मानिन्छ ।
विश्वका विभिन्न स्थानहरुमा पारपाचुकेका विभिन्न परम्पराहरु रहेको पाइन्छ । अमेरिकाको रेड इन्डियन समूहमा विवाहको समय दाउराको एउटा सानो भारी नवविवाहित जोडीलाई दिइन्छ । यस दाउराको भारीलाई उनीहरुले सुखद् वैवाहिक जीवनको प्रतीकको रुपमा सम्हालेर राख्दछन् । जब त्यो दाउराको भारीका एक दुईवटा दाउराहरु भा“चिइन्छन्, त्यसबेला पारपाचुके भएको मानिन्छ ।
अष्टे«लियाका केही प्रान्तहरुमा पारपाचुके गर्नु पर्दा निशानाबाजीको परीक्षा लिनु पर्दछ । यदि पत्नीले पतिबाट पारपाचुके लिनु छ भने उसलाई एउटा रुखको पेmँदमा उभ्याइन्छ र पतिले ४० पाइला पछाडिबाट भाला हान्दछ । पत्नीले आप्mनो बचाउ आपैंm गर्नु पर्दछ । यस क्रममा पत्नीले त्यहा“बाट भाग्न नपाए पनि यताउता तर्कन पाउ“दछे । पतिलाई १० पटकसम्म भाला हान्ने मौका दिइन्छ । यदि यस अवधिमा पत्नीलाई भाला नलागेमा पत्नीले पतिलाई छोडेर जान सक्छे ।
बर्माको सान प्रान्तमा पारपाचुकेसम्बन्धी अधिकार पतिलाई भन्दा पत्नीलाई बढी हुन्छ । यहा“ पत्नीहरुले आप्mनो इच्छाअनुसार पतिलाई घरबाट निकाल्दछन् । पतिलाई सम्पत्तिबाट च्युत गराउन सक्दछन् । यति मात्रै नभई उनीहरु अर्कोस“ग विवाह गर्न पनि स्वतन्त्र हुन्छन् ।
मध्य अमेरिकाका केही प्रान्तहरुमा पारपाचुकेका अनौठा परम्पराहरु प्रचलित छन् । यदि कुनै पुरुषले पत्नीस“ग पारपाचुके गर्नु छ भने पत्नीलाई ढोकाबाहिर निकालिन्छ । एक निश्चित समयपश्चात् त्यसलाई पारपाचुके मानिन्छ ।
साइबेरियामा कुनै पनि व्यक्तिले पत्नीस“ग छोडपत्र गर्नु छ भने सार्वजनिक समारोहमा पत्नीलाई बेनकाव गर्ने प्रचलन छ । यसरी सार्वजनिक स्थलमा पत्नीलाई बेनकाव बनाएपछि स्वतः विच्छेद भएको मानिन्छ ।
मध्यपूर्व अमेरिकामा एउटा यस्तो प्रचलन छ– पत्नीको मागअनुसार पतिले नया“ कपडा सिलाएर नदिएमा पत्नीले पतिसँग पारपाचुके लिन सक्दछन् ।
मलायाको जंगली क्षेत्रमा बस्ने समुदायहरुमा पारपाचुकेको एउटा अत्यन्त अश्लील परम्परा रहेको पाइन्छ । यदि कुनै व्यक्ति (पति) ले पत्नीस“ग पारपाचुके गर्नु छ भने उसले आप्mनो प्रान्त (समाज) का मानिसहरुलाई भोजमा बोलाउनु पर्दछ । यस भोजमा सबैजना नाच्ने र गाउने गर्दछन् । यसै सामुदायिक भोजमा पतिले पत्नीलाई सर्वाङ्ग बनाउ“दछ । पत्नीले सो भोज नसिद्धिउन्जेलसम्म नाङ्गै बस्नु पर्दछ । यसबीच कुनै अन्य पुरुषले विवाह गर्न चाहेमा उसलाई लुगा ओढाइदिने प्रचलन रहेको पाइन्छ ।
डेनमार्कका क्याप्टेन आगेकार्लसनको विवाह सन् १८११ मा भएको थियो । त्यसै बेला क्याप्टेनले सागरतर्फ जानुपर्ने भएको हुँदा पत्नीलाई स“गै जाने आग्रह गरे तर पत्नी क्याप्टेनस“ग जान मानिन् । जसले गर्दा क्याप्टेनले पत्नीलाई छोडपत्र दिए । क्याप्टेन धेरै समयपश्चात् सन् १९०३ मा घर फर्के । पछि फेरि उनले पारपाचुके दिएकी पत्नीस“ग विवाह गरे । त्यस बेला दुवैजनाको उमेर यति बढी भइसकेको थियो कि उनीहरुले आप्mनो विवाहको १०० औं विवाहोत्सव मनाएका थिए । समाचार प्रकाशित मिती : Thursday, 1 September, 2011 (ब्लाष्ट डेस्क)