Saturday, February 23, 2013

पोर्चुगलमा नेपाली कामदारका लागि धमाधम माग

काठमाण्डौं, माघ २४, पोर्चुगलमा नेपाली कामदारका लागि धमाधम माग हुन थालेको छ । नयाँ आकर्षक गन्तव्य मुलुकका रुपमा पोर्चुगलमा माग आउन थालेपछि वैदेशिक रोजगारमा जान चाहने कामदारले त्यसतर्फ अभिरुचि देखाउन थालेका छन् ।

एलाइन्स ह्युमन रिसोर्सेस प्रालिले २६ मंसिरमा एकैपटक ३५ जना नेपाली कामदार पोर्चुगल पठाएर सफलता पाएपछि अन्य व्यवसायीले पनि त्यहाँको रोजगारको मागपत्र धमाधम ल्याइरहेका छन् ।
पोर्चुगलको रोजगरा व्यवसाय गरिरहेका एलाइन्स र ह्युमन रिसोर्सेसका प्रवन्ध सञ्चालक सुदीप श्रेष्ठले पोर्चुगलको रोजगारबाट नेपाली कामदारको पहुँच युरोपेली मुलुकसम्म पुगेको बताएका छन् ।
‘हामी पोर्चुगलमात्र नभएर अन्य युरोपेली मुलुकमा पनि कामदार पठाउन प्रयत्नशील छौं,’ उनले भने, ‘तर युरोपेली मुलुक नेपाली कामदार र्फकने ग्यारेन्टी नेपाल सरकारसँग मागिरहेका छन्,’ उनले भने ।
पोर्चुगल जोन कामदारका लागि त्यहाँ बसोबास गर्ने वातावरण पनि कानुन अनुसार सहज छ । पोर्चुगलले कृषिका लागि आएका नेपाली कामदारलाई ६ देखि ९ महिनाभित्र आवासीय भिसा उपलब्ध गराउने खबर नयाँ पत्रिकाले छापेको छ ।

इजरायल र लिबिया मा फेरी नेपाली का लागि रोजगारी खुल्दै

काठमाण्डौं, फागुन २, नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक इजरायल र लिबियाको रोजगार पुनः खुल्ने भएको छ । यी दुई मुलुकको रोजगार खुलाउन श्रम मन्त्रालयले आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खुड्काले लिबियाको रोजगार खुलाउन वैदेशिक रोजगार प्रवद्धन बोर्डलाई जिम्मेवारी दिईसकेको बताए ।
‘बोर्डको नेतृत्वमा व्यवसायीसमेत लिबियाको वस्तुस्थिति बुझ्न त्यसतर्फ जाने कार्यक्रम छ,’ उनले भने, ‘लिबियामा नेपाली कामदारको माग प्रशस्तै छ ।’
इजरालयलको रोजगार खुलाउन भने नेपाल र इजरायल सरकारबीच समझदारी गर्न कुटनीतिक तहबाट वार्ता अन्तिम चरणमा पुगेको मन्त्रालयलले जानकारी लिएको छ ।
सरकारले खाडी र मलेसियामा केन्दि्रत रोजगारलाई विविधीकरण गर्ने उद्देश्यका साथ इजरायल, लिबियामात्र नभई युरोपेली मुलुकसम्म श्रम गन्तव्यका रुपमा बजारीकरण गर्ने कार्ययोजनालाई अघि बढाईरहेको छ ।