Thursday, September 6, 2012

आफ्नो शरीरको तौल घटाउने सरल तरीका :

तपाईलाई थाहा भएकै कुरा हो कि तौल घटाउनका लागि नियमित व्यायाम र खानपानमा उचित ध्यान दिनुपर्छ । तर नयाँ अध्ययनले यो पनि देखाएको छ कि केही रमाइला उपायहरु अपनाउनाले पनि तौल घटाउन सकिन्छ ।  हामीले त्यसलाई विश्वास नगर्न पनि सक्छौं । तर आफ्नो नियमित व्यायामका साथ यी केही प्रमाणित उपायहरु पनि अपनाउनुस् जसले तपाईलाई अझ चाँडो तौल घटाउन सहयोग पुग्छ ।
चक्लेट खानुस
क्यालिफोर्नियाको विश्वविद्यालयका वैज्ञानिकहरुले लगभग १ हजार जना मानिसहरुमा गरेको अध्ययनले दैनिक रुपमा चक्लेट  खाने व्यक्तिहरु कहिलेकाही मात्र चक्लेट खाने भन्दा तुलनात्मक रुपमा पातलो रहेको पाइयो । जसले दैनिक चक्लेट खाँदा मोटोपन घटाउन मदत पुग्छ भन्ने बुझिन्छ ।
पपकर्नस्क्र्याटन विश्वविद्यालयको अध्ययन अनुसार पपकर्नमा फलपूmल तथा तरकारीहरुमा पाइने विभिन्न एन्टीअक्साइडहरु पाइन्छ । जसमा थोरै मात्र तेलको प्रयोग गरिन्छ भने प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।
रक्सी सेवन
नयाँ अध्ययनअनुसार दैनिक दुई ग्लास रक्सी वा रेड वाइन खाने महिलाहरु रक्सी सेवन नगर्नेहरु भन्दा ३० प्रतिशत कम तौल भएको पाइयो ।
खानाको सुगन्ध लिनुस
एक अध्ययनले देखाए अनुसार खानाको सुघेँर खाँदाखेरीे पनि खानामा रुचि कम हुन्छ । त्यसैले जब तपाइ खाना खान थाल्नुहुन्छ तब खानाको गन्ध लिनुस् जसले तपाईंलाई थोरै खान मदत पुग्छ ।
कफिको दाना सेवनस्क्र्याटन विश्वविद्यालयको अनुसार कफिको दानाको सेवनले पनि तौल कम गर्न मदत गर्छ । जसले पेटमा चिल्लो र ग्लुकोजको मात्रालाई सन्चीत गर्नबाट रोक्छ । त्यसको स्वाद तितो हुनाले चक्लेटसँग एक वा दुई दानाको सेवन लाभदायक हुन्छ ।
पानीको बोतल साथमा लिनुस
स्क्र्याटन विश्वविद्यालयको अध्ययनअनुसार हातलाई ठण्डा राख्दाखेरी तपाई लामो समय सम्म व्यायाम वा काम गर्न मदत पुग्छ । जसले तपाईलाई तौल घटाउनको लागि सहयोग पुग्छ । त्यसैले काम गर्दाखेरी सम्भव भएसम्म पानीको बोतल हातमा लिनुस ।
व्यायामबाट आराम लिनुस
विशेषज्ञहरुका अनुसार नियमित व्यायाले तपाईको शरीरलाई थकान वा पिडा हुन जान्छ । त्यसको लागि नियमित व्यायामबाट हप्तामा एक वा दुइ दिनको आराम लिनाले तपाईमा पुनर्ताजगी आउँछ । र पुन नियमित काममा फर्किनका लागि स्पूmर्ति प्राप्त हुन्छ ।
एक पिस चिज कम खानुस
अनुसन्धानकर्ताहरुका अनुसार तपाईले हरेक दिन तौल कम गर्नका लागि १० क्यालोरी खाना कटौती गर्नुभयो भने पनि मोटोपनलाई नियन्त्रणमा राख्न मदत पुग्छ ।
साथीसँग व्यायाम गर्नुसब्राउन विश्वविद्यालयका अनुसार एक्लै शारिरीक व्यायाम गर्ने व्यक्ति भन्दा समूहमा व्यायाम गर्ने व्यक्तिले धेरै तौल घटाएको पाइयो । त्यतिमात्र होइन, सामुहिक व्यायामको आयोजना गर्ने व्यक्तिले समूहमा सबैभन्दा बढी तौल घटाएको पाइयो ।
-एजेन्सीको सहयोगमा

सेक्स गर्दा हुने ५ फाइदाहरु पढ्नुहोस

हरेक मानिसको लागि सेक्स अनिवार्य आवश्यकता नै हो । यो प्रकृतिले दिएको यस्तो चिज हो केही अपवाद बाहेक हरेक व्यक्ति चाहेर वा नचाहेर पनि यसको आकर्षणमा पर्न जान्छ । अझ सर्च इन्जिन गुगलले सन् २०११ मा सेक्ससम्बन्धि सामाग्री खोजी गर्ने देशहरुको सुचि तयार पार्दा नेपाल दशौं नम्बरमा थियो । त्यसबाट नेपालीहरुको सेक्ससम्बन्धि परम्परागत धारणाहरु बदलिदै गएको र अझ भनौं नेपालीमा सेक्सुअल प्रवृत्ति बढीरहेको देखाउँछ । सेक्स गर्नु पक्कै पनि नराम्रो होइन तर हरेक सेक्स वा यौनसम्पर्क सुरक्षित हुन भने एकदमै जरुरी रहेको छ । सुरक्षित सम्पर्क गर्दाखेरी मानिसलाई शारिरीक एवम मानसिक रुपमा फाइदा पनि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । ती केही फाइदाहरु यहाँ दिइएको छ ।

सेक्स गर्दा हुने फाइदाहरु

१. सम्भोगले तपाईंलाई प्रशन्न बनाउछ ।
स्टेट युनिभर्सिटि अफ न्युयोर्क र युनिभर्सिटी अफ लिभरपुलले गरेको एक अध्ययनमा विर्यमा मानिसहरुको मनोदशा उत्तेजित गराउने रसायनहरु समेत पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानले यो पनि देखाएको छ कि, जुन महिलाहरु सँधै कन्डमको प्रयोग गर्छन वा जो सेक्सबाट टाढै रहन्छन् उनीहरुमा भन्दा यौनमा सक्रिय महिलाहरु जसले कहिले पनि कन्डमको प्रयोग गर्दैनन् उनीहरुमा तनावपूर्ण लक्षणहरु निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।
२. सम्भोगले तपाईलाई रुघा लाग्नबाट बचाउँछ ।
विल्क्स युनिभर्सिटीका वैज्ञानीकहरुले विद्यार्थीहरुमा गरेको एक अध्ययनअनुसार विद्यार्थीहरु जो हप्तामा एक वा दुइपटक यौनसम्पर्क गर्छन उनीहरुमा इम्युनोग्लोबुलिन ए वा आइजिए को मात्रा अत्यधिक मात्रामा पाइयो जसले रुघा तथा अन्य संक्रमणहरुबाट बचाउँछ ।
३. सम्भोगले प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम गराउँछ ।
अमेरिकन मेडिकल एसोसिएसनको पत्रिकामा प्रकाशित एक अध्ययनले यो बताएको छ कि, महिनामा जति बढी सम्भोग गर्छ वा विर्य निष्काशित गर्छ उति नै प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम हुन्छ ।
४. सम्भोगले तौल कम गराउन मदत गर्छ ।
सम्भोगले खानाले उत्पादन गराउने हर्माेनहरु इन्डर्फिन र अक्सिटोसिन जस्ता आनन्द अनुभूत गराउने हर्मोनहरु उत्पादन गराउँछ । जब तपाई सम्भोग गरिरहनुभएको हुन्छ, तपाईंको मष्तिस्कले सन्तुष्टिको अनुभुति गरिरहेको हुन्छ र यसले तपाईलाई खाना खाने संकेतहरु पठाउन रोक्दछ । साथै, अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनमा भनिएको छ कि सम्भोगले ८५ देखि २५० क्यालोरी शक्ति खर्च गराउँछ ।
५. सम्भोगले मृत्युदर घटाउँछ ।
हार्भर्ड मेडिकल स्कूलले यो पत्ता लगाएको छ कि मानिसहरु जो हप्तामा ३ वा बढी पटक यौनसम्पर्क गर्छन उनीहरुको मृत्युदरमा ५० प्रतिशतले कमी आएको छ ।

फेसबुक का ११ रोचक कुराहरु जानौ .

             फेसबुक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने सोसल नेटवर्किङ साइट हो । सन् २००४ देखि सुरु गरिएको फेसबुक विश्मै गुगल पछि धेरै हेरिने साइटमा पर्छ ।
तपाईँले सधैँजसो हेर्ने फेसबुकका एघार रोचक कुरा यस्ता छन् । 
१. यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । 
२. एक प्रयोगकर्ताका सरदरमा १३० जना साथी छन् । एक प्रयोग कर्ता सरदरमा ८० ओटा कम्युनिटी  पेज, ग्रुप वा इभेन्टस्मा संलग्न भएका छन् । 
३. फेसबुकमा एक दिनमा कम्तिमा २५ करोड तस्बीर अपलोड हुन्छन् । 
४. फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ । भाषाका कारण ३ लाख भन्दा धेरै प्रयोगकर्ताले कुनै न कुनै ट्रान्सलेटरको प्रयोग गरेर फेसबुक चलाउँछन् । 
५. ७५ प्रतिशत भन्दा धेरै प्रयोगकर्ता संयुक्त राज्य अमेरिका भन्दा बाहिरका छन् । 
६. फेसबुकमा ७० लाख भन्दा धेरै एप्लिकेसनहरु उपलब्ध छन् । 
७. ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउँछन् । 
८.यदी फेसबुकलाई देश मान्ने हो र प्रयोगकर्तालाई यसका नागरिक, यो चीन र भारत पछि जनसंख्याका हिसाबले सबैभन्दा ठुलो देश हुन्थ्यो । 
९. एक दिनमा एक जना फेसबुक प्रयोगकर्ताले ५५ मिनेट फेसबुक चलाउँछन् । 
१०. फेसबुकले सन् २०१० मा मात्र झण्डै १ खर्ब ६० अर्ब रुपैँया अर्थात २००० मिलियन डलर कमाएको थियो । 
११. फेसबुक चीन, भियतनाम, ईरान, उज्बेकिस्तान, पाकिस्तान र सिरियामा प्रतिबन्धित छ । बंगलादेशमा पनि यसमा अपलोड गर्ने सामाग्रीमा निकै निगरानी राख्ने गरिन्छ ।