Thursday, October 11, 2012

अब कम्प्युटरको माउसले नै गर्नेछ मसाज

यदि तपाइँलाई लगातार कम्प्युटरमा काम गरिरहनुपर्ने कारणले गर्दा दिक्क महसुस हुने गरकेो छ भने अब चिन्ता नगर्नुहोस् । किनकी अब बजारमा यस्तो अनौठो माउस आउँदैछ जसले तपाइँको सरीरमा मालिस समेत गरिदिनेछ ।
अमेरिकी कम्पनी आर्ट फ्याक्ट्रीले यस्तो मसाज गर्ने माउस तयार गरेर बजारमा ल्याउन लागेको हो । यो माउसमा शक्तिशाली मसाजर जडित गरिएको हुन्छ जसले लगातार कम्प्युटरमा काम गर्दा थाकेकाहरुलाई मसाज गरिदिएर केही आनन्द दिनेछ । आउँदो जनवरीमा अमेरिकाको लस भेगासमा हुने एक समारोहका बीच कम्पनीले मसाज गर्ने माउस र्सार्वजनिक गर्नेछ ।
यो माउसको स्टाइलिस डिजाइन हुनुका साथै १० भाइब्रेसन मोड,२ प्रकारका भाइब्रेसन प्याट्रन, वायरलेस प्रविधि तथा विन्डोज तथा म्याकिन्टोस प्रविधि सपोर्ट गर्ने खालको रहनेछ ।
कम्प्युटरमा काम गर्दागर्दै थकाइ लागेमा यो माउसको मसाज मोड अन गरेपछि चाहेको ठाउँमा मसाज गर्ने, दुखाइ भगाउने र फेरी स्फर्ूर्तीका साथ काम गर्न थाल्ने कुरा अब यो मसाज माउसबाट सम्भव हुने दाबी गरिएको छ ।onlinekhabar

No comments:

Post a Comment