Thursday, October 11, 2012

यौन : केही रोचक तथ्य

हाम्रो समाजमा अझै पनि यौनका बिषयमा खुलेर कुरा गर्न सक्दैनौ हामीहरु ।जसले जे भने पनि यौन आवशयकता हो र यो बिषयमा सबैलाइ थाहा पनि छ ।बिश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन ।लुकी कुकी यौन सम्बन्धिका किताब पडने यौन कृयाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा फटाहलाज लाग्दैन भन्नु हाम्रो बानी भइसकेको छ ।तर यौन लुकाउने बिषय होइन ।यौन सम्बन्धिका केहि रोचक तथ्यहरु

1) हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
2) विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।
3) एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
4) पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।
5) २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।
6) रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् ।
7) आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणि मानिस र डल्फिन मात्र हुन् ।

No comments:

Post a Comment