विश्वका चर्चित ५ प्रेम प्रसँग :
भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा
संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ
प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा
यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल
तथा सम्मानलाई समेत दाउमा राखे । त्यहीँ त्याग र समर्पणका कारण उनीहरु अमर
प्रेमी बने प्रेमजोडीहरुले अहिले पनि सम्भिmरहन्छन् र आफुहरुको प्रेमसँग
तुलना गर्छन् । त्यस्ता अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-
एन्टोनी र क्लियोपेट्रा
इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी
समर्पणको उच्चनमुना मानिन्छ । इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै
सुन्दरी महिला मात्र थिइनन् उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो
जसबाट मै हुँ भन्ने पुरुषसमेत हायलकायल हुन्थे । उनी पहिले रोमका राजा
जुलियस सिजरकी प्रेमिका थिइन् तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको
प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका
व्यक्ति सत्तामा हावी भए । उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक
जनरल मार्कससँग मिलेर सासन चलाउन थाले । सत्ताका सर्वेसर्वा रहेका
एन्टोनीले इशापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि
आमन्त्रण गरे । आखिर क्लियोपेट्राको सोही राजकीय भ्रमणका बेला एन्टोनीसँग
प्रेम बस्यो । एन्टोनी प्रेममा यति पागल बने कीउनी सत्ता छाडेर
क्लियोपेट्राको पछि लागेर इजिप्ट आए ।
एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनी
विवाह गरिसकेका थिए । त्यसैले बहिनीज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि
अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्रा विरुद्ध युद्ध
घोषणा गरे । आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रुपमा अघि बढ्यो र
त्यसमा इजिप्टले हार्यो र एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे ।
उनीहरुलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो
खबर सुनाइयो । प्रेमिकाको मरणको खबर सुन्ननसकी एन्टोनीले आत्महत्याका लागि
तत्काल पेटमा तरबार घोँचे । मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि
जेलमालगियो जहाँक्लियोपेट्रा थिइन् । एन्टोनीले जेलमै क्यिलोपेट्राको
काखमाअन्तिम स्वास फेरे । प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले
कोहीव्यक्तिमार्फत जेलमाविषालु सर्प मगाइन् । उक्त सर्पलाई आफ्नो छातिमा
राखेर डसाइन् र मृत्युवरण गरिन् । त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव
गाडेको ठाउँमै लगेर गाडियो ।
नेपोलियन र जोसेफाइन
फ्रान्सका सासक नेपोलियन बोनापार्ट र
एकजना सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय छ ।
नेपोलियन जब सेनाको सामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२
वर्षकीविधुवाजोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन्
१९७६ मा उनीहरुको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा
बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन् । श्रीमतीको
बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियनआगो भए र डिभोर्सको प्रस्ता गरे तर
जोसेफाइनले गल्तीको लागि माफी मागिन् र तत्कालकालागि सम्बन्ध विच्छेद
हुनपाएन ।
जब नेपोलियन सन् १८०४ मा प|mान्सको
सर्वोच्च सासक बने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी
बनाउने इच्छा जाग्यो । तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन
र उनीहरुबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्टि्रयाकी
म्यारीसँग विवाह गरे र छोरो पनि पाए । तर दुर्भाग्य भन्नुपर्छ जब
नेपोलियनले जोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिगि्रन थाल्यो ।
उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएर
इल्बा टापुमा निर्वासित हुनुपर्यो । जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेम
गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी
लेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी व्यक्तित्व नेपोलियनले
जोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी
लेखेर पठाए । तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको
मृत्यु भयो ।
जार निकोलस द्धितिय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी
राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर दुबैप्रेम
गहिरो प्रेम बस्यो र एकअर्कामा छुटिन नसक्ने अवस्थामा पुगे । उनीहरुबीच सन्
१८९३ माइन्गेेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र
उनी रुसका राजा बने । राजगद्धी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा
र निकोलस द्धितियको विवाह भयो । तर विवाहपछि जार निकोलस
रानीअलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताप्रति ध्यान दिन छाडे ।
फलतःजनतामा असन्तुष्टी बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति
भयो जसले जारशाहीको सत्ता ढाल्यो र राज दम्पत्तीलगायत राजपरिवार साइबेरिया
भाग्न बाध्य भए । रुसी जनताले साइबेरिया भागेका जार निकोलस र
रानीअलेक्जेन्ड्रा लगायतअन्य राजपरिवारलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई
१६ मा सबै राजपरिवारको हत्या गरे । यसले जार निकोलसको प्रेम कहानीमात्र
सकिएन रुसमा सदियौँदेखिको जार शासनपनि समाप्त भयो ।
राजकुमार इडवार्ड र वालिस
बेलायती वेल्सका राजकुमार इडवार्ड र
अमेरिकी महिला वालिसको प्रेमप्रसँग पनि निकै चर्चित छ । इडवार्डले वालिसको
प्रेमकालागि राजगद्धी नै त्यागेका थिए । विवाहित वालिससँग एउटा पार्टीमा
भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए । राजकुमारले कुनै सामान्य विदेशी
महिला त्यो पनि विवाहितसँग प्रेम गर्नु सामान्य कुरा थिएन । त्यो प्रेम
प्रसँगले बेलायती संसदमै ठूलो हंगामा मच्चाएको थियो । बुवाको मृत्युपछि उनी
जबर्जस्ती राजा त बने तर राजा रहिरहनको लागि उनले वालिससँगको प्रेम
सम्बन्ध त्याग्नुपर्ने थियो । इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम
रोजे र रेडियोमार्फत राजगद्धी त्यागेको घोषणा गरे ।
भोल्तेयर र इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक
भोल्तेयर र सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेम सम्बन्ध पनि निकै
चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह
नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो र दुबैजना
सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक
इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयरबीचको प्रेम सम्बन्ध बौद्धिक र
दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग
बिताएपछि इमिलीको मृत्यु भयो ।
No comments:
Post a Comment