Sunday, November 4, 2012

महिलाले पुरुषबाट चाहने सात कुराहरु

महिलालाई बुझ्न अत्यन्त गाह्रो छ, तर बुझ्ने पहलै गरिएन भने झन घातक सावित हुन सक्दछ । महिला के चाहन्छन भन्ने प्रश्न सटिक उत्तर संसारमै कोही सँग छैन, तर यसो भन्दैमा पुरुषहरुले आत्तीहाल्नु पर्ने स्थिति पनि छैन् । केही कुरा छन् जुन महिलालाई अत्यन्त मन पर्छ । यी कुरा पढ्नुस, सिक्नुहोस महिलालाई खुसी राख्न । यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा तपाई पनि जानी राख्नुहोस् ।
१. सुपर म्यानः महिलाहरु सिनेमाघरका पर्दामा देखने विभिन्न चरित्रहरुबाट दैनिक जीवनमा पनि प्रभावित हुन्छन् । उनीहरु वास्तविक जीवनमा त्यस्तै पुरुषसाथी चाह्न्छन् । त्यस्ता पुरुषसाथीसँग सुरक्षित महसुस गर्छन् । त्यसैले हर तरिकाले सुरक्षा दिन र असहज परिस्थितिमा साथ दिन योग्य पुरुष बन्न प्रयत्न गर्नुहोस् ।

२. वास्नादार बस्नुसः अघि पर्दा ठुस्स गन्हाउने, पसिना गन्हाउने पुरुषबाट महिलाहरु टाढै बस्न चाह्न्छन् । त्यसैले, दिनऔं नुहाउनुस र डिओडोरेन्ट वा परफ्युम प्रयोग गर्नुस । परफ्युम प्रयोग गर्दा पनि सही सुगन्धको छनोट गर्नुहोस ।

३. सरप्राइजः लुगा, किताव, डायरी वा चकलेट नै भएपनि सरप्राइज गिफ्ट प्रति महिलाहरु हुरुक्कै हुन्छन्, बेलाबखत सरप्राइज दिन कहिलै नभुल्नु होला।

४. पारदर्शिताः इमान्दारिताको त जहाँ पनि महत्वपुर्ण हुन्छ । यदि तपाई लामोसमयको सम्वन्ध चाहनुहुन्छ भने झुट नबोल्नुस र कुनै कुरा नलुकाउनुस । झुट बोल्ने र बोली पुरा नगर्ने पुरुषलाई महिलाहरु घृणा गर्दछन्।

५. राम्रो र स्फुर्त शरिरः तपाईले सिक्स प्याक वा एट प्याकनै बनाउन नसकेपनि दिनहुँ व्यायाम गर्नुस र बडीलाई शेपमा राख्नुस । भद्दा शरिर, ठुलो पेट महिलाहरु मन पराउँदैनन ।

६. राम्रो ड्रेसअपः लुगा मिलाएर लगाउनुस, फिटिङ् लुगालाई प्राथमिकतामा राख्नुस, अस्तव्यस्त तरिका हिँड्ने पुरुषप्रति महिलाहरु आकर्षित हुँदैनन् ।

 ७. हातको जादुः तपाईले राम्रो र महँगो रेष्टुरेन्टमा लगेर खुवाएको भन्दा आफ्नै हातले केही मिठो पकाएर खुवाउन सक्नु भयो भने त्यो जिन्दगी भर भुल्दैनन् महिलाहरु । त्यसैले पकाउन पनि सिक्नुस ।

सेप्टेम्वर,अक्टोवर र नोभेम्वरमा जन्मनेहरु धेरै बाँच्ने

यदी तपाई सेप्टेम्वर, अक्टोवर या नोभम्वरमा जन्मनु भएको हो भने तपाईले आफूलाई भाग्यमानी ठान्नुभए हुन्छ किनभने यी तीन महिनामा जन्मनेहरु अन्य महिनामा जन्मेका भन्दा बढि बाँच्ने गरेको एक अध्ययनले बताएको छ । युनिभसिर्टी अफ शिकागोमा गरिएको एक अनुसन्धानमा यस्तो नतिजा आएको हो । उक्त अनुसन्धानमा १५०० भन्दा बढि मानिसहरु जो सन् १८८० देखी १८९५ बीचमा जम्मिएका थिए उनीहरुमाथी अध्ययन गरिएको थियो ।
खोजमा धेरैजसो १०० वर्ष भन्दा बढी बाँच्ने मानिसहरु सेप्टेम्वर, अक्टोवर र नोभेम्वरमा जन्मिएको पाईएको थियो । जर्नल अफ एजिङ रिसर्चमा छापिएको यो खोजमा मार्च, मे र जुलाई जन्मिएकाहरु मध्ये थोरैले मात्रै १०० वर्ष बाँचेको तथ्याङक पनि पेश गरिएको छ ।