Thursday, October 11, 2012

फ्राइ अण्डा खानेमा यौन इच्छा तिब्र

तपाइँलाई उसिनेको अण्डा मन पर्छ की फ्राइ गरेको ? वा अरु कुनै परिकारको रुपमा बनाइएको अण्डा मन पर्छ ? के अण्डालाई कसरी खाइन्छ भन्ने कुराबाट तपाइँको यौन झुकावका बारेमा पत्ता लगाउन सकिन्छ होला ? सायद नसकिनु पर्ने हो ।
तर बेलायतको अण्डा उद्योग परिषदले हालै गरेको एक अध्ययनले अण्डालाई कुन रुपमा खाइन्छ भन्ने कुराबाट व्यक्तिको व्यक्तित्व तथा यौन चरित्रको बारेमा जानकारी लिन सकिने देखाएको छ ।
परिषदको अध्ययन अनुसार आधा उसिनेको वा हाप ब्वाइल अण्डा मन पराउनेहरु घुमघाम गर्न रुचाउने प्रवृत्तिका हुन्छन् । संगठित हुने वा राजनीतिमा लाग्न नचाहनेहरु पूरै उसिनेका अण्डा मन पराउँछन् । त्यस्तै तिब्र यौन इच्छा भएका व्यक्तिहरुले फ्राइ अण्डा रुचाउने गरेका छन् । अध्ययनले अमलेट खान मन पराउनेहरु आत्मअनुशासनमा रहने खालका हुन्छन् ।
अध्ययन अनुसार आधा उसिनेको अण्डा खानेहरु अरु भन्दा बढि खुसी हुन्छन् भने पूरै उसिनेको अण्डा मन पराउनेहरुको वैवाहिक जिवन तनावपूर्ण रहन्छ र सधै डिभोर्सको डर हुन्छ ।
अध्ययनकर्ताहरुले अण्डा कुन रुपमा खाइन्छ भन्ने कुराले मान्छेको यावत् सामाजिक तथा मनोवैज्ञानिक स्थितिमा असर भने नपार्ने स्पष्ट पार्दै यो अध्ययनले मान्छेको अण्डा खाने रुचीबाट र उसको शारीरिक तथा मनोवैज्ञानिक अवस्थाको अनुमान गर्न सकिने कुरालाई मात्र दर्शाउन खोजेको प्रष्ट पारेका छन् । onlinekhabar

No comments:

Post a Comment