Tuesday, October 16, 2012

नेपाल मा पनि लिभ इन टुगेदर

जहाँ महिला र पुरुष सँगै बस्छन् र जुन सम्बन्धले धार्मिक, सामाजिक एवं कानुनी रूपले मान्यता पाएको हुँदैन, त्यस्तो सम्बन्धलाई नै लिव  इन टुगेदरको सम्बन्ध मानिन्छ। यस्तो सम्बन्धमा महिला र पुरुष शारीरिक एवं आत्मीय सम्बन्ध गाँसेर सँगै बस्छन्। लिव इन टुगेदर वर्तमान  अवस्थामा विदेशी मुलुक हुँदै नेपाल भित्रिएको छ। यो सम्बन्धले समाजमा मान्यता त पाएको छैन तर पनि महिला-पुरुष यसरी बस्ने क्रम बढ्दो छ ।

अध्ययन एवं रोजगारीको सिलसिलामा  बिदेसिएका नेपालीहरू हुँदै यो विदेशी संस्कृति नेपाल आएको हो। बिदेसिएका वा एक्ला मानिसहरू  आफूलाई सुहाउने पार्टनरसँग आफ्नो कुरा सेयर गर्न साथी खोज्न थाल्छन् फलस्वरूप लिव इन टुगेदर सम्बन्ध स्थापित हुन्छ।

विभिन्न अध्ययनअनुसार एकल महिला र पुरुषबीच पनि यस्तो सम्बन्ध देखिएको छ । धेरैजसो अविवाहित पुरुष र विवाहित महिला, विवाहित  महिला र अविवाहित पुरुष हुँदै अविवाहित युवायुवतीहरूबीच पनि यस्तो सम्बन्धले प्रश्रय पाइरहेको छ। उनीहरूमध्ये पनि सहर-बजार र विदे शमा रोजगारीको खोजीमा पुगेका एकल व्यक्तिहरूमा यस्तो सम्बन्ध बढी नै देखिन्छ।

अहिले मात्र होइन पौराणिक कालमा पनि महिला-पुरुष विवाह नै नगरी सँगै बस्ने प्रचलन थियो, जसलाई गन्धर्व विवाहका रूपमा लिइन्थ्यो।  महिला-पुरुष लुकिछिपी बस्ने चलनलाई पौराणिक कालमा पनि अपराध मानिँदैनथ्यो। अहिले पनि महिला र पुरुषबीच यस्तो सम्बन्ध कायमै छ  तर समाजमा भने अझ सजिलै बाहिर आउन सकेको छैन र लिभ इन टुगेदरलाई कुनै पनि कानुनले अपराध मानेको छैन। कानुनले पनि यो  सम्बन्धलाई रोक्न सक्दैन।  

नेपाली समाजमा महिला र पुरुष विवाहअघि सँगै बस्ने चलनलाई राम्रो मानिँदैन। महिला-पुरुष सँगै बस्ने कुरालाई समाजले सहज रूपमा  स्वीकार नगर्ने हुनाले समाजमा यो खुल्ला छैन। यस्तो सम्बन्धलाई समाजले सजिलै नपचाउने हुनाले लुकाउने प्रयास गरिन्छ। यस्तो सम्बन्धले  समाजमा समस्या पनि उब्जाउँछ। तिनीहरूको सम्बन्धबाट जन्मिएका शिशुको भविष्य कस्तो हुने हो भन्ने समस्या र ती शिशुलाई आमाबाबु  कसले पाल्ने भन्ने कुराले पनि समस्याको रूप लिन्छ। हाल यो सम्बन्धले समाजमा थुप्रै समस्या खडा गरिरहेको छ जसका कारण शिशुको  भविष्यका लागि न्याय खोज्ने क्रममा महिला आयोगमा थुप्रै उजुरी परेको कुरा सार्वजनिक भैसकेको छ।

नेपालको सन्दर्भमा लिव इन टुगेदरमा अशिक्षितभन्दा शिक्षित नै बढी देखिन्छन्। यस्तो समस्याको समाधान गर्ने क्रममा महिला आयोगले गरे को अध्ययनअनुसार हिन्दू, बौद्ध, इसाई, दलित, जनजाति, बाहुन क्षेत्रीजस्ता सबै समुदाय तथा जातजातिका परिवारभित्र यस्तो सम्बन्ध देखिन्छ।  यसरी रहेको सम्बन्धबाट महिला र पुरुष दुवैलाई कुनै न कुनै समस्या उत्पन्न भएका कारण यो सम्बन्ध बाहिर आउने तथा विवाद उत्पन्न  हुने क्रम बढ्दो छ, यस्तो सम्बन्धबाट बढी समस्या महिलालाई परेको देखिन्छ। यस्तो सम्बन्ध गाँसेर बसेका महिला-पुरुष आपसी सहमतिमा  आफ्नो घरपरिवारबाट लुकिछिपी बस्ने हुनाले सामान्य रूपमा बाहिर देखिँदैनन्, तर त्यो सम्बन्धबाट उब्जिएको समस्याको कारण नै आज  विस्तारै लिव इन टुगेदर समाजमा बाहिर आउँदैछ। नेपालको कानुनमा यस्तो सम्बन्धबाट उब्जने समस्यालाई समुचित रूपमा सम्बोधन पनि  गरिएको छैन। @ekantipur/saptahik

स्वास्थ्यका लागि हस्तमैथुन

स्वास्थ्यका लागि हस्तमैथुन


समय र धनको बर्बादीबाट बचाउँदै यौनसन्तुष्टि प्राप्त गर्ने एकमात्र विकल्प हस्तमैथुन हुँदाहुँदै पनि आममानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ, तर विज्ञहरू भने हस्तमैथुन स्वास्थ्यका लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन्।

हस्तमैथुनबाट पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टि र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन्। हस्तमैथुन महिलाको स्वास्थ्यका लागिसमेत हितकर  छ, तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका भने हुनु हुँदैन। यदि हस्तमैथुनपछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई  नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ।

यौन मनोविज्ञहरूका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ।  हस्तमैथुनका बेला हुने यौनिक श्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ। कतिपय महिलामा महिनावारीका बेला हुने पीडा  कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन्।

अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन्।  सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुनले यौनसन्तुष्टि प्राप्त गर्न मात्र नभै पाठेघर तथा मूत्रनलीको संक्रमण रोक्नसमेत सघाउ  पुर्‍याउने बताइन्छ।

पुरुषको पुरुषलाई पनि फाइदाजनक हकमा हस्तमैथुनले आनन्द दिने मात्र होइन, यसले शरीरमा जम्मा भएका बूढापूराना शुक्रकीटलाई  त्याग्नसमेत सघाउ पुर्‍याउँछ। पुराना शुक्रकीट फ्याँकिएपछि नयाँ शुक्रकिटको उत्पादन तथा विकासमा सघाउ पुग्छ। हस्तमैथुनले पुरुषमा  प्रोस्टेट क्यान्सरको खतरा समेत कम गर्ने विज्ञहरू बताउँछन्।

चिकित्साजन्य फाइदाका अतिरिक्त मैथुनका संवेगात्मक तथा मनोवैज्ञानिक फाइदासमेत छन्। यसले मुडलाई सही ठाउँमा ल्याउने तथा तनाव  घटाउने काम गर्छ। हस्तमैथुनले पार्टनरसँगको यौनसम्बन्धलाई सुधार्नसमेत सघाउ पुर्‍याउँछ। त्यसैले अब हस्तमैथुन लजाउनुपर्ने तथा  हीनताबोध गर्नुपर्ने विषय रहेन। यो यौनिक रूपमा सक्षम मानिसले सन्तुष्टि प्राप्त गर्ने नियमित क्रिया हो। @ekantipur/saptahik