Wednesday, September 5, 2012

पति–पत्नीबीचको रोचक प्रसंग

मानव जातिद्वारा विकसित सँस्कारहरुमध्ये विवाह सबैभन्दा महत्वपूर्ण सँस्कार रहेको पाइन्छ । विवाहको बन्धन भावनात्मक तथा कोमल हुन्छ । आपसी समझदारीको अभावमा जब दाम्पत्य जीवनमा फाटो उत्पन्न हुन्छ, त्यसैको फलस्वरुप पारपाचुकेले जन्म लिन पुग्दछ । पारपाचुकेको पृष्ठभूमि हेर्ने हो भने प्रायशः व्यक्तिगत, आर्थिक तथा सामाजिक कारणले गर्दा भएका पाइन्छन् । यहा“ पारपाचुकेका यिनै अनौठा परम्पराहरुबारे उल्लेख गरिएको छ ।
केही समयअगाडि नीस (फ्रान्स) निवासी ९९ वर्षीया वृद्ध महिलाले अखबारमा वैवाहिक विज्ञापन छपाएकी थिइन्–‘आवश्यक छ, ज्यादाभन्दा ज्यादा २२ वर्षीय एक सुन्दर स्वस्थ युवकको । मैले अहिलेसम्म ६४ जनास“ग छोडपत्र गरिसकेकी छु ।’



उडिसाको औराली गाउ“का ६२ वर्षीय उदयनाथले अहिलेसम्ममा ८० पटक विवाह गरिसकेका छन् । उदयनाथका ५९ जना पत्नीहरुले विवाह गरेको केही समयपश्चात् पारपाचुके गरिसकेका छन् । १४ वटी पत्नीहरु मरेर गइसकेका छन्, १० जना उनलाई छाडेर गइसकेका छन् भने ५ जना उदयनाथस“गै बसिरहेका छन् ।
प्रागका तीन वर्षीय कार्ल लुन्माकले आप्mनो विवाहको केवल ९० मिनेटपछाडि आप्mनी पत्नीस“ग पारपाचुके गरेका छन् । पारपाचुकेको प्रार्थनापत्रमा पारपाचुके गर्नुपर्ने कारण के थियो भने उसकी पत्नीले विवाहको बेला चर्चमा सुन्दर युवकलाई एकटकले हेरिरहेकी थिर्ई ।
अष्टे«लिया, सिड्नीका ४० वर्षीय फिन हेरिसले अदालतसामु न्यायको भीख माग्दै भनेका थिए–मेरी पत्नी मेरो का“धमा उभिएर एउटा काठको टुक्राले आप्mनो सुत्ने कोठामा भएको पंखा घुमाउ“दछे । यसबाट मलाई धेरै दुःख भइरहेको छ । अदालतले हेरिसको पीडालाई ध्यानमा राखी छोडपत्र मन्जुर गरेका थिए ।
न्युयोर्ककी एक महिलाले आप्mना पतिस“ग यस कारण पारपाचुके लिएकी थिइन् कि उनका पतिले आप्mना पाल्तु सुगालाई ‘भुतनी, चा“डो उठ’ भन्ने वाक्य घोकाएका थिए ।
जुझोनाइता (नर्वे) की ४१ वर्षीया महिलाले आप्mना पतिको खुइलिएको तालुको कारणले गर्दा छोडपत्र गरेकी थिइन् । उनको विवाहको बेला उनको पतिको तालु खुइलिएको थिएन ।
लस एञ्जल्सकी एक दिवानी एलविन आकमेनले आप्mना पतिले लेखेको पुस्तक ‘आत्महत्याका सयकडौं तरिका’ को भूमिकामा आप्mनी पत्नीको प्रेरणाद्वारा पुस्तक लेखिएको हो भन्ने लेखेकाले गर्दा आप्mना पतिस“ग पारपाचुके गरेकी थिइन् ।
लस एन्जल्समा नै सन् १९८५ अगष्ट ३१ का दिन एक अत्यन्त महङ्गो पारपाचुके भएको थियो । अमेरिकाका सर्वाधिक लोकप्रिय टिभी स्टार जौहिनी केरशनले आप्mनी पत्नीस“ग पारपाचुके गरे, जसमा आप्mनी पत्नीलाई २२ लाख डलर नगद, ३० वटा घर, २ वटा कारका साथै स्टकको आधा शेयर दिएका थिए ।
विष्कासिन (अमेरिका) मा इडास्टर्न (९१ वर्ष) र उनका पति साइमन (९७ वर्ष) का दुई दम्पत्तिहरुको पारपाचुके सन् १९८४ फरवरी २ मा भएको थियो । यही पारपाचुके सबैभन्दा बढी उमेरको मानिन्छ ।
विश्वका विभिन्न स्थानहरुमा पारपाचुकेका विभिन्न परम्पराहरु रहेको पाइन्छ । अमेरिकाको रेड इन्डियन समूहमा विवाहको समय दाउराको एउटा सानो भारी नवविवाहित जोडीलाई दिइन्छ । यस दाउराको भारीलाई उनीहरुले सुखद् वैवाहिक जीवनको प्रतीकको रुपमा सम्हालेर राख्दछन् । जब त्यो दाउराको भारीका एक दुईवटा दाउराहरु भा“चिइन्छन्, त्यसबेला पारपाचुके भएको मानिन्छ ।
अष्टे«लियाका केही प्रान्तहरुमा पारपाचुके गर्नु पर्दा निशानाबाजीको परीक्षा लिनु पर्दछ । यदि पत्नीले पतिबाट पारपाचुके लिनु छ भने उसलाई एउटा रुखको पेmँदमा उभ्याइन्छ र पतिले ४० पाइला पछाडिबाट भाला हान्दछ । पत्नीले आप्mनो बचाउ आपैंm गर्नु पर्दछ । यस क्रममा पत्नीले त्यहा“बाट भाग्न नपाए पनि यताउता तर्कन पाउ“दछे । पतिलाई १० पटकसम्म भाला हान्ने मौका दिइन्छ । यदि यस अवधिमा पत्नीलाई भाला नलागेमा पत्नीले पतिलाई छोडेर जान सक्छे ।
बर्माको सान प्रान्तमा पारपाचुकेसम्बन्धी अधिकार पतिलाई भन्दा पत्नीलाई बढी हुन्छ । यहा“ पत्नीहरुले आप्mनो इच्छाअनुसार पतिलाई घरबाट निकाल्दछन् । पतिलाई सम्पत्तिबाट च्युत गराउन सक्दछन् । यति मात्रै नभई उनीहरु अर्कोस“ग विवाह गर्न पनि स्वतन्त्र हुन्छन् ।
मध्य अमेरिकाका केही प्रान्तहरुमा पारपाचुकेका अनौठा परम्पराहरु प्रचलित छन् । यदि कुनै पुरुषले पत्नीस“ग पारपाचुके गर्नु छ भने पत्नीलाई ढोकाबाहिर निकालिन्छ । एक निश्चित समयपश्चात् त्यसलाई पारपाचुके मानिन्छ ।
साइबेरियामा कुनै पनि व्यक्तिले पत्नीस“ग छोडपत्र गर्नु छ भने सार्वजनिक समारोहमा पत्नीलाई बेनकाव गर्ने प्रचलन छ । यसरी सार्वजनिक स्थलमा पत्नीलाई बेनकाव बनाएपछि स्वतः विच्छेद भएको मानिन्छ ।
मध्यपूर्व अमेरिकामा एउटा यस्तो प्रचलन छ– पत्नीको मागअनुसार पतिले नया“ कपडा सिलाएर नदिएमा पत्नीले पतिसँग पारपाचुके लिन सक्दछन् ।
मलायाको जंगली क्षेत्रमा बस्ने समुदायहरुमा पारपाचुकेको एउटा अत्यन्त अश्लील परम्परा रहेको पाइन्छ । यदि कुनै व्यक्ति (पति) ले पत्नीस“ग पारपाचुके गर्नु छ भने उसले आप्mनो प्रान्त (समाज) का मानिसहरुलाई भोजमा बोलाउनु पर्दछ । यस भोजमा सबैजना नाच्ने र गाउने गर्दछन् । यसै सामुदायिक भोजमा पतिले पत्नीलाई सर्वाङ्ग बनाउ“दछ । पत्नीले सो भोज नसिद्धिउन्जेलसम्म नाङ्गै बस्नु पर्दछ । यसबीच कुनै अन्य पुरुषले विवाह गर्न चाहेमा उसलाई लुगा ओढाइदिने प्रचलन रहेको पाइन्छ ।
डेनमार्कका क्याप्टेन आगेकार्लसनको विवाह सन् १८११ मा भएको थियो । त्यसै बेला क्याप्टेनले सागरतर्फ जानुपर्ने भएको हुँदा पत्नीलाई स“गै जाने आग्रह गरे तर पत्नी क्याप्टेनस“ग जान मानिन् । जसले गर्दा क्याप्टेनले पत्नीलाई छोडपत्र दिए । क्याप्टेन धेरै समयपश्चात् सन् १९०३ मा घर फर्के । पछि फेरि उनले पारपाचुके दिएकी पत्नीस“ग विवाह गरे । त्यस बेला दुवैजनाको उमेर यति बढी भइसकेको थियो कि उनीहरुले आप्mनो विवाहको १०० औं विवाहोत्सव मनाएका थिए । समाचार प्रकाशित मिती : Thursday, 1 September, 2011 (ब्लाष्ट डेस्क)

No comments:

Post a Comment