Thursday, October 18, 2012

ल्यापटप किन्नुअघि जान्नैपर्ने कुरा

–हरेक दिन नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन् । त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद गर्न जाँदा यसबारेमा पूर्व जानकारी लिनैपर्ने हुन्छ ।
– यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच बनाउनुभएको छ भने तपाइँले केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ । यदि त्यसो गर्नुभयो भने तपाइँले आफ्नो आवश्यकता तथा बजेट अनुसारको उत्तम ल्यापटप खरीद गर्न सक्नुहुन्छ ।

–विद्यार्थीमा भन्दा बिजनेसम्यान र फिल्डमा काम गर्ने मानिसहरुका लागि ल्यापटपको फिचर्सले ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद गर्नुअघि उनीहरुको मनमा यो सवाल अवश्य पनि उठ्छ की आफ्नो आवश्यकता अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम रकमको ल्यापटप किन्न चाहन्छन् त कोही केवल गेम खेल्नकै लागि वा इन्टरनेट चलाउने लगायतका सामान्य काम गर्नका लागि समेत ल्यापटप किन्दछन् ।
–कति मुल्य सम्मको ल्यापटप किन्ने – भन्ने कुराको अड्कल पहिल्यै गर्नुपर्छ । जुनसुकै मोडेलको ल्यापटप छानेपछि टिकाउ तथा मजबुतीमा कुनै सम्झौता नगर्नुहोस् । 
– ल्यापटप खरीद गर्दा त्यसका सेवा केन्द्र कति छन् – भन्ने कुरामा पनि ध्यान दिनुहोस्, ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा समस्या आएमा सजिलै बनाउन सकियोस् । कम र्सर्भिस सेन्टर भएका ब्राण्डका ल्यापटप किन्दा भविष्यमा समस्या आउनसक्छ ।
–ल्यापटपको ब्याट्री ब्याकअप, वारेन्टी तथा अन्य क्षमताको विषयमा पनि पूरै जानकारी लिएर मात्र खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ देखाइएका कमसल ल्यापटप खरीद नगर्नुहोस् ।
– ल्यापटप खरीद गर्दा त्यसमा लोड गरिएको सफ्टवेयरले सही काम गर्छ गर्दैन जाँच्नुहोस् । सामान्यतया कम्पनीले सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन् जो केही समयपछि एक्स्पायर हुन्छ वा त्यसलाई अनिवार्य रुपमा आफै हटाउनु पर्ने पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर डिलिट हुने खतरा पनि हुनसक्छ । त्यसैले त्यस्ता ट्रायल सफ्टवेयरका बारेमा पर्ूण्ा जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै हटाएर मात्र ल्यापटप खरीद गर्नुहोस् ।
–आजभोलि ल्यापटपमा मेमोरी पछि बढाउन सकिने एक्स्पान्डेबल मेमोरीको सुविधा पनि प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद गर्दा एक्स्पाण्डेबल मेमोरी स्पेस बढि भएको ल्यापटपमा जोड दिनुहोस् ता की तपाइँले ल्यापटप चलाउँदा तेज गतिमा काम गर्न सक्नुका साथै बढि सामाग्री समेत अटाउन सक्नुहुन्छ । 
–यदि तपाइँ गेमिङका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने राम्रो स्त्रिmन रिजोलुसन तथा ठूलो स्त्रिmनका साथै राम्रो ग्राफिक सपोर्ट भएको ल्यापटप खरीद गर्नुहोस् ।
–गेमिङ ल्यापटप खरीद गर्दा पकेट केही बढि नै गरम पार्नुपर्छ । किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप भन्दा गेमिङ ल्यापटपमा बढि फिचर्स तथा कन्पिmगेरेसन हुने भएकाले महंगो पर्छ ।

तातो पानी पिउनुका फाइदा

 विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन् । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :
सरीरको शुद्धिकरण : तातो पानीले सरीरको शुद्धिकरण गर्छ । उमालेको पानी आफैमा शुद्ध त हुन्छ नै यसले सरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाइँको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुहोस् । बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा सरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढि लाभदायी हुने बताइएको छ ।

कब्जियतबाट छुटकारा : सरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।
मोटोपना नियन्त्रण : बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाइँको मोटोपना नियन्त्रणमा अवश्यपनि सघाउ पूराउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।
चिसोबाट सुरक्षा : यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
पसिनाको निष्कासन : जब तपाइँ कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ सरीरबाट पसिना निस्कन थाल्छ । सरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शितल हुन्छ । पसिनाले सरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरणमा सहयोग पूराउँछ ।
दुखाइ कम गर्न : प्रायः महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।

आयु वढाउछ सेक्स सन्तुस्टीले

नियमित सेक्स लाइफले उमेर वृद्धि हुने पाइएको छ । यद्यपी यसमा मात्रा होइन, गुणस्तर जरुरी हुन्छ । सेक्स कति पटक गरियो भन्ने कुराले यहाँ महत्व राख्दैन । महत्वपूर्ण त यो छ कि, सेक्सवाट दम्पतीले कति
आनन्द उठायो । अर्थात सेक्स लाइफवाट चरोमोत्कर्षप्राप्त गर्नुपर्छ ।
१. यसको प्राप्तिले रोगवाट लड्ने क्षमता २० प्रतिशत वढ्छ ।
२. एक अध्ययन अनुसार सेक्स नगर्ने पुरुषको तुलनामा नियमित चरोमोत्कर्षप्राप्त गर्ने पुरुष लामो समय वाँच्ने संभावना ज्यादा हुन्छ ।
३. हप्तामा दुइ पटक चरोमोत्कर्षप्राप्त गर्ने महिलामा मुटु सम्वन्धी समस्य ३० प्रतिशत भन्दा कम हुन्छ ।
४. चरोमोत्कर्षो प्रँप्तिले शरीरमा मूड-वूस्टिङ केमिकल्स प्रभाह हुन्छ । यसवाट दम्पतीले रिल्याक्सेसनका साथ भावनात्मक सम्वन्धलाई पनि मजवुद वनाउन सक्छन् ।

सास गन्हाउँछ ? त्यसोभए यसो गर्नुस्

मुख गन्हाउने अर्थात् सास गन्हाउने समस्याका कारण धेरै मानिस पीडित हुन्छन् । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ र ठाडो सिर पारेर बोल्नै गाह्रो हुन्छ । सास गन्हाउने मान्छेको नजिक पर्न अरु मान्छेले पनि रुची देखाउँदैनन् ।
प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन सास गन्हाउन रोक्ने केही उपाय हुन् । तर सास गन्हाइहालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्ने चलन छ ।
तर यस्तो माउथ फ्रेसनरका पनि साइड इफेक्ट हुन्छन् । त्यसै कारण हामीले नकारात्मक असर नपुग्ने गरी सास गन्हाउने समस्यालाई दूर गरी स्वासमा एक प्रकारको खुसबू ल्याउनुपर्छ ।
यसका लागि यस्ता केही भोजन छन् जसले प्राकृतिक माउथ फ्रेसनरको काम गर्छन् र तपाइँको सास गन्हाउने समस्यालाई दूर गरिदिन्छन् । ती हुन् : १.सुकमेल : भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् ।
तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ । २. धनियाको पात : भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ । ३.ल्वाङ : वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ ।
४. पदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ ।
५.सौँफ : यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ । ६.अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ ।