Wednesday, October 17, 2012

आँखा स्वस्थ राख्ने १० टिप्सहरु

हामी आफ्नो शरीर तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने आदि गर्र्छौं । तर हाम्रो स्वास्थ्यको महत्त्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फभने ध्यान पुर्‍याउन सकेका हुँदैनौं । आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो । यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्‍याउन सक्छ । यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं । यहाँ आँखा जोगाएर स्वस्थ राख्ने मुख्य १० वटा टिप्सहरु दिइएको छ ।

१ नियमित जाँच
कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आर्इपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । तर बाल्यकालदेखि नै नियमित आँखा जँचाउनु जरुरी हुन्छ । पाँच वर्षुनिका बच्चाहरुमा देखा पर्ने रोगहरु जस्तै- क्रियाशील नभएको आँखा (Lazy Eye), डेढो आँखा (Crossed Eyes) लाई उपचार गरेर निको पार्न सकिन्छ । आँखामा पर्ने प्रभाव हेरेर सोहीअनुसार आँखा जँचाइरहनुपर्छ । भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि २० देखि ३० वर्षम्म कम्तीमा एक पटक र ३० देखि ४० वर्षम्ममा दुइ पटक आँखाको जाँच गराउनुपर्छ ।
आँखाको देख्ने शक्ति पनि उमेरसँगै परिवर्तन भइरहेको हुन्छ । जति उमेर बढ्दै जान्छ त्यति आँखामा समस्या थपिंदै जान्छ । बेलैमा सचेत भए मस्कुलर डिजेनरेसन (Mascular Degeneration, ग्लुकोमा (Glaucoma) जस्ता आँखामा लाग्ने खतरनाक रोग बेलैमा जँचाएर निको पार्न सकिन्छ । ग्लुकोमा भएका व्यक्तिले नियमित जँचाउनुपर्ने हुन्छ । किनभने यो रोग धेरै खतरनाक हुन्छ । जब हामी ४० वर्षकाट्छौं तब मधुमेह, रक्तचाप, मुटुको रोगजस्ता धेरै किसिमका रोग लाग्ने सम्भावना हुन्छ । मधुमेह वंशाणुगत पनि हुन सक्छ । यो रोगले आँखामा धेरै प्रभाव पार्न सक्ने भएकाले ४० वर्षछि नियमित आँखा जँचाइरहनुपर्छ ।

२ उचित चस्माको प्रयोग
चस्माले आँखालाई धूलो, धूवाँ, कीटाणु आदिबाट बचाउने मात्र होइन, यसले आँखामा चोटपटक लाग्न तथा विकिरणबाट पनि जोगाउँछ । घाममा लगाउने चस्मा (Sunglasses) सत प्रतिशत अल्ट्रा भायोलेट ( (UV)विकिरणबाट सुरक्षा दिने खालको हुनुपर्छ । म्याक्युलर डिजेनरेसन नामक पुस्तकका सह-लेखक डा. लाइलाज मोगका अनुसार नीलो तर·अर्न्तर्गत भायोलेट -रातो र नीलो मिसिएको) र नीलो विकिरणले आँखाको रेटिनालाई असर गर्छ । बजारमा व्यापारिक हिसाबमा बिक्री भइरहेका खैरा-खैरा रंगका चश्माले नीलो भायोलेट विकिरण फिल्टर गरी आँखालाई रक्षा गर्छ । बढी चमक आउने स्थान जस्तै- हिउँ, पानीको सतह, घाम लागेको स्थानमा जाँदा यस्ता चस्माको प्रयोगका साथै ह्याटले पनि आँखा जोगाउन सकिन्छ । तर डाक्टरले सिफारिस गरेको चस्मा लगाउने गर्नुपर्छ ।

३ सुरक्षा
कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना-साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ । त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ । यस अवस्थामा साधारण किसिमको चस्माको प्रयोग गर्न सकिन्छ । जो व्यक्ति वायरिङ गर्ने काम गर्छ उसले चाहिँ बेग्लै किसिमको कालो चस्माको प्रयोग गर्न आवश्यक छ । सामान्य कार्य जस्तै- कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ । त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ ।

४ कन्ट्याक्ट लेन्स
चस्मा वा लेन्स प्रयोग गर्दा पसलेको परामर्शमा होइन कि सम्बन्धित डाक्टरलाई जँचाएर मात्र प्रयोग गर्नुपर्छ । लेन्स लगाउँदा झन् विशेष ध्यान दिनुपर्छ । यसमा लागेको धूलो राम्ररी सफा गरेर मात्र प्रयोग गर्नुपर्छ । कसैले त मुखमा हालेर थुकले लेन्स सफा गर्ने गरेको पाइन्छ । यसरी थुकले सफा गर्दा आँखामा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले उचित सामान र उचित तरिकाले लेन्स सफा गर्नुपर्छ । चस्मा त आँखा बाहिर राख्ने भएकोले साधारण किसिमले सफा गरे हुन्छ तर लेन्स आँखाभित्र लगाउने हुनाले यसको सफाइ गर्दा तथा लगाउँदा निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

५ आँखाको पोषण
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्त्वमा भिटामिन ँए’ महत्त्वपूर्ण मानिन्छ । जुन तत्त्व गाजरबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ । भिटामिन ँए’ रेटिनाका लागि अति आवश्यक तत्त्व हो । यस्तै बन्दाकोपी, तोरीको साग, पालुङ्गो आदिमा पाइने लुटियन ((LUTION) तत्त्वले मस्कुलर डिजेनरेसन निको हुन्छ । आँखालाई ओमेगा-३ फ्याटी एसिडको पनि जरुरी पर्छ, जुन माछामा पाइन्छ । यसले आँखामा सुख्खापन हुनबाट बचाउँछ ।

६ नेत्ररस
पाको उमेर हुँदै जाँदा आँखा सुक्न सक्ने सम्भावना धेरै हुन्छ । आँसु बनाउने ग्रन्थिले ठीकसँग काम गर्न नसक्नु नै यसको मुख्य कारण हो । यसले आँसु मात्र नभएर आँखामा हुने श्लेष्मा (MUCUS) र तेल (OIL) लाई पनि प्रभाव पार्छ । तेल आँखाको माथिल्लो भागको सानो ग्रन्थिबाट रसाएर आउँछ । जब हामीले आँखा झिम्क्याउँछौं तब ग्रन्थिबाट तेल रसाएर आउँछ । यो तेलले आँखामा आँसु सुक्नबाट बचाउँछ । यदि तेल राम्रोसँग निस्केन भने सबै आँसु बाफ भई उडेर जान्छ, जसले गर्दा आँखा सुक्खा हुन्छ । अनि आँखा खोल्न र बन्द गर्न पनि गाह्रो हुन्छ । ओमेगा-३ फ्याटी एसिडले आँखा रसिलो पारिराख्न मद्दत गर्छ । अधिक हिटर ताप्ने, आगो ताप्ने वा ताप आउने ठाउँमा काम गर्नेहरुको आँखा सुख्खा हुन सक्छ । त्यस्तै एयर कन्डिसनरले पनि आँखा सुख्खा बनाउँछ । तेज गतिको हावा, पंखा, गाडीको एयर कन्डिसनरले पनि आँखा सुख्खा पार्ने गर्छ । त्यसैले आँखा सुख्खा हुन नदिन ताप र हावाबाट सक्दो आँखालाई बचाउनुपर्छ ।

७ धूमपान
धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन । धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ । त्यसैले आँखाका लागि धूमपान त्याग्नुपर्छ ।

८ आँखामा पर्ने दबाब
कम्प्युटरमा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ । जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्नेजस्ता समस्या देखा पर्छ । यसबाट बच्न छिन्-छिन्मा कम्प्युटरको स्त्रिmनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ, समय-समयमा आँखा झिमझिम गर्नुपर्छ । सुख्खा भएमा आँखामा कृत्रिम आँसु पनि लगाउन सकिन्छ । यसले आँखा रसिलो बनाइराख्ने हुनाले सजिलै आँखालाई यताउता घुमाएर हर्ेन सकिन्छ ।

९ परिवारबाट थाहा पाउनुपर्ने वंशाणुगत रोग
आँखाको रोग प्रायः वंशाणुगत हुन सक्छ । आफ्ना पूर्वजहरुलाई कुनै आँखाको रोग थियो कि भन्ने कुरा परिवारबाट थाहा पाइराख्नुपर्छ । यदि त्यस्तो रहेछ भने डाक्टरलाई जानकारी दिनुपर्छ । त्यस्तै आँखामा केही गडबड भएको महसुस भएमा आँखा ब्रि्रन नपाईकन डाक्टरसँग कुरा गरिहाल्नुपर्छ ।
रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो । त्यसैले परिवारको सहयोगमा बेलैमा आँखा जँचाएर यसमा पुग्न जाने क्षतिलाई कम गर्नुपर्छ ।

१० स्वस्थ रहने
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्त्व प्राप्त गर्न सकिन्छ । साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गर्राई आँखामा पर्ने चाप कम गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ । समय-समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फलागिहाल्नुपर्छ । सम्पूर्ण शरीर स्वस्थ भएमा आँखा पनि स्वस्थ हुन्छ ।

बिहेपछि किन मोटाउँछन् महिला ?

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् । अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।

फ्रेन्ड विथ बेनिफिट





समय बिताउन र जीवन रंगीन बनाउन किन साथ चाहियो? सेक्स बड्डी अर्थात् क्याजुअल रिलेसनभन्दा रमाइलो अरू के हुन सक्छ? हिजो आज युवाहरूले माया-प्रेमलाई यसरी नै परिभाषित गर्ने ट्रेन्ड ह्वात्तै बढेको छ। युवापुस्तामा मौलाइरहेको यस्तो सम्बन्धलाई फ्रेन्ड विथ बे निफिट भनिन्छ। छोटकरीमा यसलाई एफडब्लूबी पनि भन्न सकिन्छ। यस्तो सम्बन्ध फाइदाका लागि राखिन्छ। यसका अन्य फाइदा पनि  छन् तर युवापुस्ताले यौनलाई मुख्य रूपमा लिएको पाइन्छ। मिल्ने साथीबीच र बीनायोजना शारीरिक सम्बन्ध स्थापित हुनु नै फ्रेन्ड विथ बे निफिट हो।

कतिपयले यसलाई समय कटाउने साधनका रूपमा पनि लिन्छन्। युवायुवती जो भए पनि जोसँग सम्बन्ध हुन्छ त्यहाँ यौनलाई प्राथमिकतामा  राखिएको हुन्छ। जुन बेला चाहने हो त्यति बेला बोलाउन मिल्छ आफ्ना साथीलाई। जीवनसाथी नभेटिँदासम्म आफ्नो शारीरिक चाहना पूरा  गर्न यस्ता सम्बन्ध स्थापित गरिएका हुन्छन्। यस्तो सम्बन्ध कसरी स्थापित हुन्छ भन्न गार्‍हो छ। योजना मुताविकभन्दा पनि यो आफैं हुन्छ।

विशेषतः अहिले फेसबुक, याहु म्यासेन्जर, इबडी, निम्बज, हाइफाइफ र मिगजस्ता सामाजिक सञ्जालको माध्यमबाट युवायुवतीहरू एक- अर्काको सम्पर्कमा आउने गरेका छन्। यसबाहेक म्युचुअल फ्रेन्डहरूको माध्यमबाट पनि यस्तो सम्बन्ध स्थापित हुने गरेको छ।

पश्चिमी मुलुकका युवापुस्तामा चलेको यस्तो ट्रेन्ड विशेषतः नेपाली किशोर-किशोरीहरूमा पनि विकसित हुन थालेको छ। व्यक्तिगत स्वतन्त्रता  र खुला सोचले पनि यस्तो सम्बन्धमा वृद्धि भएको हो। एक जानकार भन्छन्- पश्चिमा मुलुकका युवामा फैलिएको यस्तो प्रवृत्ति नेपाली युवाले  पनि ठ्याक्कै पछ्याएका छन्। पूरै सुझबुझका साथ यस्तो सम्बन्ध राख्नेहरू समाजमा बढ्दै गएका छन्।

यस्तो चलनमा माया-प्रेम वा दीर्घकालीन सम्बन्ध स्थापित गर्ने सोच हुँदैन। शारीरिक अथवा संवेगको सन्तुष्टिका लागि केही क्षणको आनन्द  मात्र उठाइन्छ। यसमा दुवै पक्षले उस्तै सोच्छन् र सम्बन्ध राख्छन्। यसमा कसैले झन्झट मान्दैनन्।

फ्रेन्ड विथ बेनिफिटका विशेषता

यस्ता मित्र ब्वाइफ्रेन्ड तथा गर्लफ्रेन्ड हुन सक्दैनन्। यस्तो सम्बन्धमा रहने दुवै जना रमाइलो पाराका हुन्छन्। त्यसैले एक जना मात्र खुसी हुँदा  यस्तो सम्बन्ध राम्रो हुँदैन। जो असल माया प्रेमका लागि बनेका हुन्छन् उनीहरूका लागि यस्तो सम्बन्ध राम्रो लाग्दैन। यो विल्कुल फरक  खालको सम्बन्ध हो, त्यसैले यसमा रमाउनेहरू फरक नै हुन्छन्। कुनै बाध्यतामा बाँधिएका पनि हुँदैनन्।

यस्तो सम्बन्धमा रहनेहरू सार्वजनिक स्थानमा सँगै हिँड्नुभन्दा पनि एसएमएसबाटै आफूले माया पाएको अनुभूति गर्छन्। यस्ता मित्रले  पारिवारिक, व्यक्तिगत र मनका कुरा साट्दैनन्। भरसक आफ्नो बाहिरी रवाफ नै प्रस्तुत गर्छन्। सँगै हिंडदैनन्, साथै एक-अर्कामा मायाको  भाव जनाउने निकनेम पनि साटासाट गरेका हुँदैनन्। यस्तो सम्बन्ध व्यक्तिमा भर पर्छ। यदि दुवै जनाको चाहना र आकर्षण कायम रहे यो  सम्बन्धको सीमा पनि हुंदैन।

यस्तो सम्बन्ध यौन तिर्खामा भर पर्छ भने एक-अर्काबाट कुनै पनि किसिमको अपेक्षा गरिएको हुँदैन। एक-आपसमा सम्बन्ध कायम रहे पनि  अरूसँग विवाह गर्नेदेखि घुम्ने, डुल्ने कामका लागि उनीहरू पूर्ण स्वतन्त्र हुन्छन्। नियमित सम्पर्क र चिनजानबीच यस्तो सम्बन्धले स्थापित  हुने अवसर प्राप्त गर्छ। यसमा कुनै मायामा जस्तो उपहार आदान-प्रदान गरिँदैन।

एक-अर्कामा जिस्किने र एक-अर्कामा मिल्ने बानीबेहोराले उनीहरूमा आकर्षण बढाउँछ। यसको अर्थ सम्बन्ध एकदमै क्याजुअल हुन्छ। यसमा  चोखो माया-प्रेमको कुनै अर्थ हुँदैन। न त पैसा खर्च न त समयको बर्बादी मानिन्छ। यस्तो सम्बन्धमा दुवै एउटै उद्देश्यका लागि राजीखुसी  हुन्छन्। त्यसैले पनि हिजोआजका खुला सोच राख्ने युवाहरूमा यस्तो प्रवृत्ति बढ्दो छ। उमेर पुगेका जिज्ञासु युवामा यस्तो सम्बन्ध हुने  सम्भावना बढी हुन्छ। जीवनलाई रमाइलो मान्ने र यौनलाई मनोरञ्जनको साधन भन्नेहरू नै यस्तो प्रवृत्तिमा लागेका हुन्छन्।

दीर्घकालीन बेफाइदा

यसमा कसैको खुसी र भावनाका लागि सोच्ने फुर्सद हुँदैन। यसमा कसैसँग महत्त्वपूर्ण रूपमा प्रत्येक दिन वा प्रत्येक साता नजिकको  भावनात्मक सम्बन्ध नै स्थापित गरिरहनु पर्दैन। न त वैवाहिक जिन्दगीमा जस्तै एनीभर्सरीको ख्याल गर्नु आवश्यक मानिन्छ। मात्र फोन गरेर  बोलाउने र रमाइलो गर्न कहाँ जाने उनीहरूको चाहनामा भर पर्छ।

क्षणिक फाइदा भए पनि यसका खराब पक्ष धेरै छन्। कतिपय आफू क्याजुअल रिलेसनमा वा फ्रेन्ड विथ बेनिफिटमा छु भन्ने जान्दाजान्दै पनि  ठूलो काम मानेर हरबखत त्यसमै चिन्तित हुने गरेका छन्, जसका कारण जीवनमा प्रगतिभन्दा पनि आफूलाई यसमा डुबाएर आफ्नो भविष्य  डुबाइरहेका छन्।

जीवनमा धेरै अवसर पनि प्राप्त हुन्छन्। यसरी यस्तो सम्बन्धको फाइदा लिँदालिँदै बेला जटिल मोड पनि आउन सक्छ। असावधानी एवं अवैध  यौनसम्पर्कले खटपटसँगै ठूलो दुर्घटना हुने खतरा पनि उत्तीकै हुन्छ। अपरिपक्वताका कारण यदि युवतीको गर्भ रहन गए त्यस्तो अवस्था सिजर् ना हुन सक्छ। यस्तो अवस्थामा के गर्ने उनीहरू ठूलो चिन्तामा पर्छन्। यसमा यौनरोग सर्ने सम्भावना पनि उत्तीकै हुन्छ। स्वतन्त्रता चाहने  उनीहरू यौन सन्तुष्टिको मात्र भागीदार हुन चाहने खालका हुनाले गर्भ र यौनले हुर्काएको बढ्दो असमझदारीले हत्या वा आत्महत्यासम्म  पुर्‍याउन सक्छ। वास्तवमा यस्तो सम्बन्धमा उनीहरू आफूलाई पूर्ण स्वतन्त्रतामा राख्न चाहन्छन् र यस्तो समस्यामा फस्न चाहँदैनन्।

यस्तो सम्बन्ध स्थापित गर्दा उनीहरूले क्षणिक मनोरञ्जन प्राप्त गरे पनि त्यसको असर दीर्घकालीन हुन्छ। उमेर परिपक्व नभैसकेका कारण  पनि उनीहरूमा नकारात्मक प्रभाव एवं सामाजिक मूल्य-मान्यतामा प्रत्यक्ष असर पर्न सक्छ। यसले गर्दा सांस्कृतिक मूल्य-मान्यतामा पनि  प्रत्यक्ष असर पुग्छ। त्यसैले क्षणिक रमाइलो मानिए पनि यो एक किसिमको विकृति नै हो।

यसबाहेक आफूले फ्रेन्डविथ बेनिफिट सम्बन्ध राखे पनि एक-अर्कामा अनौठो खालको आकर्षणका कारण उनीहरू कुनै तेस्रो व्यक्ति आफूबीच  भएको देखिसहँदैनन्। यौनसाथीका लागि त्यो नै झगडा गर्ने बहाना हुन्छ। यस्ता कारणले पनि कतिपय ठाउँमा दुःखद परिणाम ल्याउनसक्छ।

जीवनसाथीमा रूपान्तरण

दिनेश र बीनाको चिनजान भएको छ महिना भैसकेको छ। उनीहरूबीच धेरैपल्ट सहमतिमा यौनसम्बन्ध स्थापित भएको छ। एक दिन जीवनले  बसमा सँगै भएकी बीनालाई गाडीबाट ओर्लने क्रममा उनको औलामा स्नेहपूर्वक चुमे। त्यो देखेर बीना केही लजाइन्, तर उनको मुखबाट  अनायासै फुत्कियो— म पनि निकै पहिलेदेखि यही चाहन्थें। भर्खरै साहस बटुलेका जीवनले अर्को साता बीनालाई प्रपोज नै गरे। अहिले उनी  भन्छन्— मित्रताले मलाई मायामा डुबाएको छ।

यस्तो सम्बन्ध एक-अर्कामा कुरा साट्ने माध्यम पनि बनिदिन्छ। त्यसैले कसैले यसलाई जीवनसाथी खोज्ने माध्यमका रूपमा पनि बुझेका  हुन्छन्। नजिकको सम्बन्ध स्थापित गरिदिने र नियमित भेटघाटले उनीहरूमा एक खालको माया-प्रीतिको भावना पनि जगाइदिन्छ। त्यसैले  यस्तो सम्बन्ध राख्ने कतिपयले आफूहरूलाई जीवनसाथीमा पनि रूपान्तरण गर्छन्।

सम्बन्धको प्रक्रिया लामो र छोटो खालको हुन्छ। लामो प्रक्रियामा जानुको परिणाम यस्तो सम्बन्धमा रहेकाहरू वैवाहिक जीवनमा बाँधीनु हो।

कसरी बच्ने?

सबैभन्दा राम्रो यस्तो संस्कृतिमा आफूलाई सहभागी नगराउनु नै हो। यदि भैहाले पनि त्यसको सीमाभन्दा अघि बढ्नु हुँदैन। आफ्नो मित्र  आफूप्रति आकषिर्त भए पनि उसलाई सम्झाउनु उपयुक्त हुन्छ। यदि शारीरिक सम्बन्धबाहेक अन्य कुनै कुरा मन नपरे उसलाई भुल्नुको  विकल्प छैन। भरसक आफ्नो मित्रतामा कुनै चोट नपुग्ने गरी बिस्तारै टाढा हुनुपर्छ।

पहिलेको जस्तो बाक्लो भेटघाटलाई पातलो बनाउँदै जानुपर्छ। कुनै पनि कुरालाई सम्झनामा राख्नुभन्दा कम्प्युटरलाई फर्मेट गरेझैं सबै कुरा  बिर्सिदिनुपर्छ। यो सम्पर्कबाट टाढिनुपर्छ। भरसक कहीं भेट भैहाले पनि टाढिनु राम्रो हुन्छ। भरसक उसले बुझ्ने गरी सम्झाएर एक-अर्कासँग  टाढिनु उपयुक्त हुन्छ। यसबाहेक जीवनसाथीका रूपमा एक-अर्कामा समाहित हुनु पनि अर्को सुखद पाटो हो। दीर्घकालिन मित्रता राख्नु पनि  यस्तो सम्बन्धको बलियो आधार हो। कहिल्यै माया नगर्नुभन्दा पनि मायामा डुब्नु, एक-अर्कामा भावना साट्नु, एकअर्कामा भएका कमी  कमजोरी साट्नु, आफ्नो जीवनका खुसीका साथ रहनु यस्तो सम्बन्धको विशेषता हो। जीवनसाथीमा रूपान्तरण गर्दा भने आफ्नो साथीका  कतिपय खराब पक्षलाई बुझी आत्मसात् गर्ने साहस भने बटुल्नै पर्छ। @ekantipur/saptahik