विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि
फाइदाजनक हुने बताउँछन् । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :
सरीरको शुद्धिकरण : तातो
पानीले सरीरको शुद्धिकरण गर्छ । उमालेको पानी आफैमा शुद्ध त हुन्छ नै यसले
सरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाइँको पाचन प्रणालीमा
गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुहोस् । बिहान उठ्ने बित्तिकै
तातो पानी पिउँदा सरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर
जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह
मिसाएर पिउँदा अझ बढि लाभदायी हुने बताइएको छ ।
कब्जियतबाट छुटकारा : सरीरमा
पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले
दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर
हुनेछ ।
मोटोपना नियन्त्रण : बिहान
वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने
गर्नुहोस् । यसले तपाइँको मोटोपना नियन्त्रणमा अवश्यपनि सघाउ पूराउनेछ ।
कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।
चिसोबाट सुरक्षा : यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
पसिनाको निष्कासन : जब
तपाइँ कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ सरीरबाट पसिना निस्कन थाल्छ ।
सरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र
शितल हुन्छ । पसिनाले सरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको
शुद्धिकरणमा सहयोग पूराउँछ ।
दुखाइ कम गर्न : प्रायः
महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट
दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल
महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।
No comments:
Post a Comment