Thursday, October 18, 2012

ल्यापटप किन्नुअघि जान्नैपर्ने कुरा

–हरेक दिन नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन् । त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद गर्न जाँदा यसबारेमा पूर्व जानकारी लिनैपर्ने हुन्छ ।
– यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच बनाउनुभएको छ भने तपाइँले केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ । यदि त्यसो गर्नुभयो भने तपाइँले आफ्नो आवश्यकता तथा बजेट अनुसारको उत्तम ल्यापटप खरीद गर्न सक्नुहुन्छ ।

–विद्यार्थीमा भन्दा बिजनेसम्यान र फिल्डमा काम गर्ने मानिसहरुका लागि ल्यापटपको फिचर्सले ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद गर्नुअघि उनीहरुको मनमा यो सवाल अवश्य पनि उठ्छ की आफ्नो आवश्यकता अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम रकमको ल्यापटप किन्न चाहन्छन् त कोही केवल गेम खेल्नकै लागि वा इन्टरनेट चलाउने लगायतका सामान्य काम गर्नका लागि समेत ल्यापटप किन्दछन् ।
–कति मुल्य सम्मको ल्यापटप किन्ने – भन्ने कुराको अड्कल पहिल्यै गर्नुपर्छ । जुनसुकै मोडेलको ल्यापटप छानेपछि टिकाउ तथा मजबुतीमा कुनै सम्झौता नगर्नुहोस् । 
– ल्यापटप खरीद गर्दा त्यसका सेवा केन्द्र कति छन् – भन्ने कुरामा पनि ध्यान दिनुहोस्, ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा समस्या आएमा सजिलै बनाउन सकियोस् । कम र्सर्भिस सेन्टर भएका ब्राण्डका ल्यापटप किन्दा भविष्यमा समस्या आउनसक्छ ।
–ल्यापटपको ब्याट्री ब्याकअप, वारेन्टी तथा अन्य क्षमताको विषयमा पनि पूरै जानकारी लिएर मात्र खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ देखाइएका कमसल ल्यापटप खरीद नगर्नुहोस् ।
– ल्यापटप खरीद गर्दा त्यसमा लोड गरिएको सफ्टवेयरले सही काम गर्छ गर्दैन जाँच्नुहोस् । सामान्यतया कम्पनीले सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन् जो केही समयपछि एक्स्पायर हुन्छ वा त्यसलाई अनिवार्य रुपमा आफै हटाउनु पर्ने पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर डिलिट हुने खतरा पनि हुनसक्छ । त्यसैले त्यस्ता ट्रायल सफ्टवेयरका बारेमा पर्ूण्ा जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै हटाएर मात्र ल्यापटप खरीद गर्नुहोस् ।
–आजभोलि ल्यापटपमा मेमोरी पछि बढाउन सकिने एक्स्पान्डेबल मेमोरीको सुविधा पनि प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद गर्दा एक्स्पाण्डेबल मेमोरी स्पेस बढि भएको ल्यापटपमा जोड दिनुहोस् ता की तपाइँले ल्यापटप चलाउँदा तेज गतिमा काम गर्न सक्नुका साथै बढि सामाग्री समेत अटाउन सक्नुहुन्छ । 
–यदि तपाइँ गेमिङका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने राम्रो स्त्रिmन रिजोलुसन तथा ठूलो स्त्रिmनका साथै राम्रो ग्राफिक सपोर्ट भएको ल्यापटप खरीद गर्नुहोस् ।
–गेमिङ ल्यापटप खरीद गर्दा पकेट केही बढि नै गरम पार्नुपर्छ । किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप भन्दा गेमिङ ल्यापटपमा बढि फिचर्स तथा कन्पिmगेरेसन हुने भएकाले महंगो पर्छ ।

No comments:

Post a Comment