Wednesday, September 5, 2012

...रेखालाई प्रचण्डको...

राजनीतिक रुपमा तयार हुन रेखालाई प्रचण्डको आग्रह:

एकिकृत नेपाल कम्युनिष्ट पार्टि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नायिका रेखा थापालाई राजनीतिक रुपमा तयार हुन आग्रह गरेका छन् ।

चलचित्र विकास वोर्डको अध्यक्ष बन्नका लागि प्रचण्ड निवासमा लविङ गर्न पुगेकी नायिका थापालाई प्रचण्डले राजनीतिमा आउन आग्रह गरेका हुन् । श्रोतका अनुसार, राजनितीक रुपमा तयार भए रेखालाई माओवादी पार्टिले चुनावका लागि टिकट दिने संकेत गरेको छ ।
प्रचण्डले रेखालाई पश्चिमको कुनै जिल्लाबाट चुनावमा उठाउने सोचाई बोकेका छन् । तर यसका लागि रेखा राजनितीक रुपमा तयार हुनु पर्ने प्रचण्डको भनाई थियो ।
प्रचण्डको भनाई उर्द्धत गर्दै श्रोतले भन्यो, ‘सामाजिक छवि उच्च रहेकाले तपाई सम्भावना छ, यसैले तपाई राजनीतिमा आउनुपर्दछ ।’ नायिका थापाले आफु राजनीतिमा आउन चाहेको बताउदै पार्टिले सहयोग गर्नुपर्ने धारण प्रचण्डसामु राखेकी थिईन् ।
सिनेमा क्षेत्रबाट बिस्तारै टाढा हुदै नायिका थापा राजनीतिमा आउने सोचाईमा छिन् । यसका लागि उनले पहिलो खुड्किलोको रुपमा विकास वोर्ड ताकेकी हुन् ।

No comments:

Post a Comment