Wednesday, September 5, 2012

चर्चित र रोचक प्रेमवाणीहरु

प्रेम सम्बन्ध चाहे त्यो हप्तादिनमा टुटोस्, वर्षदिन सम्म चलोस् वा जिवनभरको लागि किन नहोस् यो मान्छेले सबैभन्दा चाहना गर्ने विषय हो । प्रेमका अर्थ विविध हुनसक्छन् वा सम्बन्धका आयाम भिन्न हुनसक्छन् तर प्रेमलाई सबैभन्दा पवित्र नाता भनिन्छ । प्रेममा विश्वका महापुरुष पनि आयलकायल थिए र छन् । प्रेमका विषयमा विश्वका चर्चित व्यक्तिहरुले आ–आफ्ना परिभाषा दिएका छन् । प्रस्तुत छ प्रेमको विषयमा भनिएका केही चर्चित भनाइहरुः

१. यदि तपाईं मानिसहरुलाई मुल्यांकन गर्न थाल्नुभयो भने तपाइँसँग उनीहरुलाई प्रेम गर्ने समय बाँकी रहनेछैन । -मदर टेरेसा
२. प्रेममा परेपछि सबै मान्छे कवि बन्दछन् । -प्लेटो
३.अनुपस्थितिले धैर्यलाई दबाउँछ र चाहनालाई बढाउँछ जसरी हावाले मैनवत्तीलाई निभाउँछ तर भुग्रोबाट आगो सल्काउँछ । – फ्रान्सेली लेखक फ्रान्कोइस डे ला रोचेफोकाल्ड
४. प्रेमको उपचार भनेको अझै बढि प्रेम गर्नु हो । -हेनरी डेभिड थोरेउ
५.प्रेम त्यो अवस्था हो जहाँ तिम्रो लागि अर्काको खुसी आवश्यक पर्छ ।-रोबर्ट ए हेनलीन
६. प्रेम पूर्ण इमान्दारिता हो । मानिस निरास हुनसक्छ, निरास देखिन सक्छ तर इमान्दारिता कहिल्यैपनि ओइलाउँदैन । तपाइँ कुनै व्यक्तिमाथि धेरै आश्रति हुनसक्नुहन्छ र उसैको आधारमा आफ्नो समय तय गर्नसक्नुहुन्छ । हो प्रेम भनेको त्यहीँ इमान्दारिता हो जुन हेर्दा उतिसारो उत्तेजनापूर्ण नहुन सक्छ । – सिल्भेस्टर स्टालोन
७.प्रेम त्यो हो जहाँ तिमीले मेरो कानमा होइन मुटुमा साउती मार्छौ र ओँठमा होइन आत्मामा चुम्बन गर्छौ । – जुडी गार्लान्ड
८.तपाइँको सम्पूर्ण चाहना नै प्रेम हो । – जोन लेनोन
९. यदि तपाइँले कोहीबाट प्रेम चाहनुहुन्छ भने उसलाई प्रेम गर्नुस् र मायालु बन्नुस् । – बेन्जामिन फ्रान्कलिन
१०. साँचो प्रेमको मार्ग सरल हुन्छ । – विलियम शेक्सपियर
११. प्रेममा तपाइँ निदाउन सक्नुहुन्न किनभने सपना भन्दा विपना नै राम्रो हुन्छ ।
१२. प्रेम किन्नु पर्दैन र आकर्षण अमुल्य हुन्छ ।
१३· प्रेमीको एक पल सामान्य मान्छेको जीवनभर भन्दा पनि मुल्यवान हुन्छ ।
१४· गुलाबले प्रेमको भाषा बोलिरहेको हुन्छ जुन भाषा मुटुले मात्र बुझ्दछ ।
१५· चुम्बन प्रकृतिले सिर्जना गरेको यस्तो हतियार हो की शव्दहरु अनियन्त्रित हुँदा त्यसलाई रोक्न यसको प्रहार हुन्छ ।
१६· प्रेमको अंकगणितमा १ प्लस १ बराबर सबैचिज हुन्छ भने दुई माइनस एक बराबर शुन्य हुन्छ ।
१७· प्रेममा दुई चिज हुन्छन्, शव्द र शरीर
१८· प्रेम आत्माको सौन्दर्य हो ।
१९· प्रेमको सुरुवातमा हुने चुम्बन सबैभन्दा मीठो हुन्छ ।
२०· कसैलाई गहिरो प्रेम गर्दा शक्ति प्राप्त हुन्छ भने प्रेम पाउँदा उत्साह प्राप्त हुन्छ ।
२१· प्रेम त्यस्तो कपडा हो जुन दुःख र प्रतिकुलताको पानीले जति धोएपनि खुइलिँदैन ।
२२· तिम्रै कारण मेरा रातहरु घमाइला बिहानी बनेका छन् ।
२३· दुनियाँमा पुरुषका लागि बनेको सबैभन्दा महंगो चिज नै महिलाको हृदय हो ।
२४· प्रेम खुसीको ढोका खोल्ने साँचो हो ।
२५· सपना र प्रेममा असम्भव भन्ने चिज केहीपनि हुँदैन ।
२६· तिमीभित्र म हराउँछु, तिमी नहुँदा फेला पर्छु तर फेरी हराउन चाहन्छु ।
२७· मलाई चुम्बन गरे तिमीले तारा देख्नेछौ । यदि माया गर्यौ भने तिमीलाई मैले तारा दिनेछु ।
२८· दुनियामा यस्ता मानिसहरु पनि हुन्छन् जसले तिम्रो मुस्कानको सपना देख्छन् ।
२९· प्रेम आगोमा बालिएको मित्रता हो ।

No comments:

Post a Comment