Saturday, February 23, 2013

इजरायल र लिबिया मा फेरी नेपाली का लागि रोजगारी खुल्दै

काठमाण्डौं, फागुन २, नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक इजरायल र लिबियाको रोजगार पुनः खुल्ने भएको छ । यी दुई मुलुकको रोजगार खुलाउन श्रम मन्त्रालयले आवश्यक प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खुड्काले लिबियाको रोजगार खुलाउन वैदेशिक रोजगार प्रवद्धन बोर्डलाई जिम्मेवारी दिईसकेको बताए ।
‘बोर्डको नेतृत्वमा व्यवसायीसमेत लिबियाको वस्तुस्थिति बुझ्न त्यसतर्फ जाने कार्यक्रम छ,’ उनले भने, ‘लिबियामा नेपाली कामदारको माग प्रशस्तै छ ।’
इजरालयलको रोजगार खुलाउन भने नेपाल र इजरायल सरकारबीच समझदारी गर्न कुटनीतिक तहबाट वार्ता अन्तिम चरणमा पुगेको मन्त्रालयलले जानकारी लिएको छ ।
सरकारले खाडी र मलेसियामा केन्दि्रत रोजगारलाई विविधीकरण गर्ने उद्देश्यका साथ इजरायल, लिबियामात्र नभई युरोपेली मुलुकसम्म श्रम गन्तव्यका रुपमा बजारीकरण गर्ने कार्ययोजनालाई अघि बढाईरहेको छ ।

No comments:

Post a Comment