Monday, October 8, 2012

किड्नीलाइ खराब हुन बाट जोगाउने तरिका

हाम्रो शरीरमा दुइटा मृगौला हुन्छन् । हरेक मृगौला १५० ग्रामको हुन्छ । मृगौला ठूलो सिमीको बियाँ वा राजमाको आकारको हुन्छ । हरेक मृगौला ११ देखि १४ सेन्टिमिटर लामो, ६ सेन्टिमिटर चौडा र ४ सेन्टिमिटर मोटो हुन्छ । यो हाम्रो तल्लो पेटमा ढाडको दुईपट्ट िरहेको हुन्छ ।
हरेक मृगौलाभित्र १० लाख नेफ्रोनहरू हुन्छन् । नेफ्रोनले हाम्रो रगतलाई छान्ने अर्थात रगतमा रहेको विकार वस्तुलाई निकाल्ने काम गर्छ । यसरी निकालेका विकार वस्तुहरू मिलेर पिसाब बन्छ । एउटा वयष्क मानिसमा एक दिनमा समान्यतया २ लिटर पिसाब बन्छ । मृगौलाले छान्ने विकार वस्तुहरूमा युरिया, केरेटेनिन प्रमुख हुन् । मृगौलाले रगतमा रहेको विकार वस्तुलाई छान्नेबाहेक शरीरमा अम्ल र क्षारको मात्रालाई सन्तुलन गर्न पनि मद्दत गर्छ । मृगौलाले रेनिन, इरेथ्रोपोइटिन जस्ता हर्मोन पनि निष्कासन गर्छ । यस्ता हर्मोनहरूले हाम्रो रक्तचापलाई नियन्त्रण गर्छन् । यसले रगत बनाउन पनि मद्दत गर्छ । मानिसको शरीरमा दुईटा मृगौलामध्ये एउटा खराब भए पनि अर्कोले काम गरिरहन्छ । तर दुवै मृगौला एकै पटक खराब हुन पनि सक्छ । दुवै मृगौलाले काम गर्न छोडेको अवस्थामा शरीरमा विकार वस्तुको मात्रा बढेर जान्छ । यसले गर्दा मृत्यु पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रो रगतलाई मेसिन लगाएर सफा गर्नुपर्छ । यसरी रगत सफा बनाउने प्रक्रियालाई डायलासिस भनिन्छ । यसरी डायलसिस गर्नु धेरै महँगो पर्छ । त्यसैले हामीले मृगौला बिग्रनबाट जोगाउनुपर्छ ।
मृगौला जोगाउन हामीले धेरै पानी पिउनुपर्छ । नानीहरू स्कुल जाँदा पनि पानी लानुपर्छ । स्कुलमा प्रशस्त पानी पिउनुपर्छ । हामीले नियमित रूपमा ताजा फलफूल खानुपर्छ । पिसाबमा कुनै खराबी आएमा तुरुन्त डाक्टरकहाँ गएर जचाउनुपर्छ । समयमा नै ध्यान पुर्‍याएमा मृगौला बिग्रिनबाट जोगाउन सकिन्छ ।
मन पर्यो भने Share गर्नुहोस :

No comments:

Post a Comment