Saturday, October 20, 2012

दवाइ होइन दिनचर्या वदलौ


 आफ्नो जीवनशैलीलाई थोरै मात्र वदल्ने हो भने पनि रोगवाट धेरै हदसम्म छुटकारा पाउन सकिन्छ । औषधीको एक गोली खान सजिलो हुन्छ दिनचर्या वदल्नुभन्दा तर औषधीले क्षणिक समाधान दिन्छ भने दिनचर्या वदल्नाले दीर्घकालिन समाधान दिन्छ । दिनचर्या वदल्नका लागि थोरै मात्र कोशिस गर्‍यौ भने हामी सुन्दर जिन्दगीको मालिक वन्न सक्छौ ।
१. नियमित व्यायम -     दैनिक ३०-४० मिनेट व्यायाम गर्नुपर्छ । यसले शरीरमा स्फूर्ति पैदा गर्छ । रक्तसंचार सूचारु गराउँछ ।

२. प्रशस्त पानी पिउने -   पानीले शरीरको विषालु पदार्थ वाहिर निकाल्न सहयोग गर्छ । साथै छालालाई पनि स्वस्थ्य राख्छ । शरीरको तापमान नियन्त्रण गर्छ

३. नियमित व्रेकफास्ट गर्ने -    यो दिनको महत्वपूर्ण आहार हो । यसले हामीलाई दिनभर काम गर्ने उर्जा प्रदान गर्छ । साथै मासंपेशीको तलमेल पनि मिलाउछ ।

No comments:

Post a Comment